हाम्रो भोजपुर

हाम्रो भोजपुर

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो भोजपुर, Library, Bhojpur, Kathmandu.

Photos from हाम्रो भोजपुर's post 26/05/2025

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो ।

26/05/2025

सलाम छ नेपाल प्रहरीलाई!
अझ विशेष सालाम ती वीर नारी प्रहरीलाई, जसले प्रसव पीडामा रहेकी महिलालाई बाटोमै सुरक्षित सुत्केरी गराइन् र आमाछोरी दुबैको जीवन जोगाइन्।
यो मात्र ड्युटी होइन, यो मानवता हो।
यो मात्र कर्तव्य होइन, यो समर्पण हो।
जसरी एक आमाले आफ्ना सन्तानलाई जोगाउँछिन्, त्यसरी नै ती प्रहरी दिदिले अर्को आमाको जीवन र नयाँ जीवनको आगमन सुनिश्चित गरिन्।
यो नै हो नेपाल प्रहरीको असली अनुहार — सेवा, सुरक्षा र समर्पण!
जय नारी! जय नेपाल प्रहरी!🙏🇳🇵👮‍♀️👮‍♀️

Photos from हाम्रो भोजपुर's post 26/05/2025

दक्षिण भारतमा कार्गाेजहाज डुब्यो, चालक दलका सबै सदस्यको सकुशल उद्धार

26/05/2025

बराहक्षेत्रको नडाहामा गाँजा तस्करीको आरोपमा प्रहरीको गोली, तर घटनास्थलमा न गाँजा न प्रमाण

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्।

शनिबार साँझ च्याउ खोज्न गएका उनी जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। घटनापछि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय चक्रघट्टी चौतर्फी विवादमा तानिएको छ।

घटनाबारे जानकारी दिँदै वडा सदस्य ध्वजवीर लिम्बूले भने, “साँझ ७ बजेतिर जंगलबाट निस्किँदै गर्दा रामप्रसादको जम्काभेट ४–५ जना अपरिचित युवासँग भएको थियो। त्यहीबेला सादा पोसाकका प्रहरीले गोली चलाउँदा निहत्था रामप्रसाद घाइते भए।” उनको पिँडुलामा गोली लागेको छ र अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरीको "एम्बुसिङ" थियो भन्ने दाबी प्रहरीको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार, “रामप्रसाद लिम्बूले खुकुरी निकालेर प्रहरीमाथि प्रहार गर्न खोजेपछि आत्मरक्षार्थ गोली चलाउनु परेको हो।” प्रहरीका अनुसार घटनास्थलबाट खुकुरी, खन्ती, आरा जस्ता औजार बरामद गरिएको छ।

तर, रामप्रसादको परिवार, छिमेकी र स्थानीय जनप्रतिनिधिहरूले उनको साथमा कुनै हतियार नभएको दाबी गरेका छन्। “प्रहरीले खुकुरी प्रहारको बहाना बनाए पनि रामप्रसादसँग त्यो बेला एउटा प्लास्टिकको झोला बाहेक केही थिएन,” वडा सदस्य लिम्बूले स्पष्ट पारे।

घटनापछि स्थानीयबासी र जनप्रतिनिधिहरू आक्रोशित छन्। उनीहरूले "काम देखाउने हतारोमा" निहत्था नागरिकमाथि गोली चलाएको भन्दै प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। घटनासँग गाँजा वा काठ तस्करीको सम्बन्ध देखिए पनि प्रहरीले हालसम्म त्यससम्बन्धी प्रमाण सार्वजनिक गर्न सकेको छैन।

घटनालगत्तै प्रहरीले रामप्रसादलाई लागुऔषध तस्करको संलग्नता देखाएको थियो, तर पछि आएर काठ तस्करीको अभियोग थोपरेको छ। प्रहरीको यस्ता बदलिँदो बयान र प्रमाणविहीन आरोपले घटनालाई ढाकछोप गर्न खोजिएको आशंका जनाइएको छ। “प्रहरीले गल्ती ढाकछोप गर्न रामप्रसादलाई जबर्जस्ती ‘मैले खुकुरी बोकेको थिएँ’ भन्न लगाइरहेको छ,” एक स्थानीयले बताए।

वडाध्यक्ष राजदीप लामाले घटना हुँदा आफू बाहिर रहेको बताउँदै अनुसन्धान चलिरहेकोले तत्काल टिप्पणी गर्न नमिल्ने बताए। तर, प्रारम्भिक जानकारी अनुसार रामप्रसाद न त काठ तस्कर हुन् न गाँजा कारोबारी।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख इन्स्पेक्टर दिवश कुँवरले रामप्रसादको साथमा जहिल्यै खुकुरी हुने दाबी गर्दै गोली आत्मरक्षाका लागि चलाएको बताए।
(प्रदेश खबर बाट साभार )

24/05/2025

सुनसरीमा गोली चल्यो, १ जना घाइते
सुनसरीको बराहक्षेत्रमा अहिले केही बेरअघि गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए ।
त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आक्रमणको प्रयास गरेका हुन् ।
‘प्रहरीमाथि आक्रमणको प्रयास भयो । खुकुरीले हान्न खोजेपछि सुरुमा २ राउण्ड हवाईफायर गरिएको थियो । झन् आक्रामक बनेपछि आत्मरक्षाका लागि थप गोली चलाउनु पर्यो,’ कार्कीले भने । उनका अनुसार गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले हानेको गोली लागेर लिम्बू घाइते भएका छन् । उनको घुँडादेखि तलको भागमा गोली लागेको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले गाँजा बरामद गर्यो कि गरेन भनेर खुल्न बाँकी छ । घटनाको थप विवरण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

12/05/2025

आज नेपालमा बुद्ध जयन्ती मनाइदैछ। यसै अवसरमा विश्‍वका अन्य केही देशमा पनि प्रार्थना लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरी बुद्धको जन्मदिन मनाइन्छ। हेर्नुहोस् केही तस्बिरहरू।

10/05/2025

कस-कस्लाइ मन पर्छ

10/05/2025

भारतीय हमलाहरूको उचित जवाफ दिने पाकिस्तानी सेनाकाे चेतावनी
वैशाख २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
882

भारतीय हमलाहरूको उचित जवाफ दिने पाकिस्तानी सेनाकाे चेतावनी

काठमाडौं । पाकिस्तानी सेनाले भारतीय हमलाहरूको उचित जवाफ दिने चेतावनी दिएको छ। पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफ चौधरीले पाकिस्तानले पहिल्यै प्रतिक्रिया दिएको र त्यसलाई विफल पारिएको भन्ने भारतीय दाबीलाई अस्वीकार गर्नुभयो।

पाक सेनाले पछिल्लो दुई दिनमा आफ्नो क्षेत्रमा इजरायलमा निर्मित मोडलसहित ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। बुधबारदेखि भएका भारतीय हमलाहरूमा ३३ जना मारिएका र ६२ जना घाइते भएका छन ।

घाइतेमध्ये १४ जना सेना भएको चौधरीले बताउनुभयो । शनिबार टेलिभिजनमा दिएको वक्तव्यमा चौधरीले भारतले ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको र ती भारतीय क्षेत्रमै खसेको दाबी गर्नुभयो ।

तर, दाबीलाई पुष्टि गर्ने विवरण भने उहाँले दिनुभएन । यसैबीच, पाकिस्तान प्रशासित कश्मिरको चकोठी गाउँका बासिन्दाले शुक्रबार गोलाबारीबाट बच्न बंकरमा रात बिताएका छन।

पाकिस्तान अधिनस्थ कश्मिरका अधिकारीहरूले सीमापारबाट भएको भीषण गोलाबारीमा हिजो बिहान सबेरै एक शिशुसहित पाँच जना नागरिकको मृत्यु भएको र २९ जना घाइते भएको बताएका छन।

भारतले गत अप्रित २२ मा कश्मिरमा हिन्दू पर्यटकमाथि भएको हमलाको बदलास्वरूप बुधबारदेखि पाकिस्तानका धेरै स्थानमा "आतंकवादी शिविरहरू" भएको भन्दै हमला गरेपछि द्वन्द्व सुरू भएको हो।

Image
अन्तर्राष्ट्रिय ब्युरो

10/05/2025

#सेल्फि_हानौला

10/05/2025

भारत र पाकिस्तानले 'युद्धविराम गर्न सहमति' गरेको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले के भने?
पूरा समाचार: https://bbc.in/3GMNFxg

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bhojpur
Kathmandu