Mukti Khabar

Call Directions Website Contact the organization

Mukti Khabar Social Justice Self-esteem, Liberation Campaign for Human Rights, including Social Rights!

Continuous information message will flow through the online leaflets of liberation for the development, prosperity, good governance and financial prosperi,

प्रहरी जवान दीपक तिमिल्सेना २०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषितकाठमाडौं। प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा...
10/10/2026

प्रहरी जवान दीपक तिमिल्सेना २०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित

काठमाडौं। प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा कार्यरत प्रहरी जवान दीपक तिमिल्सेना २०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनु भएको छ।
नेपाल प्रहरीको गौरवमय परम्परा, कर्तव्यनिष्ठा, अनुशासन तथा जनसेवाप्रतिको समर्पणलाई आत्मसात् गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न सफल तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
कर्तव्यप्रतिको इमानदारी, मेहनत, लगनशीलता र जिम्मेवारीबोधले प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्नुका साथै नागरिकमैत्री सेवा प्रवाहमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तिमिल्सेनाको यस उपलब्धिले नेपाल प्रहरी संगठनका अन्य प्रहरी कर्मचारीलाई समेत आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
२०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनुभएकोमा प्रहरी जवान दीपक तिमिल्सेनालाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरिएको छ।
#नेपालप्रहरी #प्रहरीवृत्तनयाँबानेश्वर #दीपकतिमिल्सेना #जनसेवा #कर्तव्यनिष्ठा

आईजीपी दानबहादुर कार्कीको निर्देशन सम्बोधन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेसहित वरिष्ठ अधिकृतहरूको भर्चुअल सहभाग...
10/10/2026

आईजीपी दानबहादुर कार्कीको निर्देशन सम्बोधन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेसहित वरिष्ठ अधिकृतहरूको भर्चुअल सहभागिता

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समसामयिक विषयवस्तुमा केन्द्रित रहेर आयोजना गर्नुभएको निर्देशन सम्बोधन कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको छ।

आज आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।
निर्देशन सम्बोधन कार्यक्रमले समसामयिक विषयवस्तुमा प्रहरी संगठनको कार्यसम्पादन, जिम्मेवारी तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा साझा बुझाइ विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रहरी संगठनको व्यावसायिकता अभिवृद्धि, नागरिकमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा कायम तथा जिम्मेवारीप्रति जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले यस्ता निर्देशन सम्बोधन कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा लिइन्छ।

चितवनमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ शुभारम्भचितवन। चाडपर्वको समयमा यात्रुका समस्या समाधान, सवारी दुर्घटना न्यूनी...
10/10/2026

चितवनमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ शुभारम्भ

चितवन। चाडपर्वको समयमा यात्रुका समस्या समाधान, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा ‘यात्रु सहायता कक्ष’ शुभारम्भ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। चाडपर्वका बेला यात्रुहरूले भोग्नुपर्ने विभिन्न समस्या समाधान गर्न, यात्रालाई सहज तथा सुरक्षित बनाउन र सम्भावित सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो।
सहायता कक्षको शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापा, ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु थापालगायत प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सहायता कक्षमार्फत यात्रुका गुनासा तथा समस्याको सुनुवाइ, आवश्यक सहजीकरण र सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित, सहज र मर्यादित यात्रा गराउने तथा सडक सुरक्षाप्रति नागरिकलाई सचेत बनाउने कार्यमा यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

कोशी प्रदेशमा डीआईजी शेखर खनालको कमाण्डमा चाडपर्व सुरक्षा कडा, ८ हजारभन्दा बढी प्रहरी परिचालनदसैँ, तिहार र छठ पर्वलाई लक...
10/10/2026

कोशी प्रदेशमा डीआईजी शेखर खनालको कमाण्डमा चाडपर्व सुरक्षा कडा, ८ हजारभन्दा बढी प्रहरी परिचालन

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले ८ हजार १३३ सुरक्षाकर्मी परिचालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेशका १४ वटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको हो।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालको कमाण्डमा सञ्चालन गरिएको सुरक्षा योजनाअन्तर्गत बजार, राजमार्ग, सार्वजनिक यातायात, धार्मिक स्थल, सीमानाका तथा आर्थिक कारोबार हुने क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

प्रहरीले यात्रुको सुरक्षा र सहायताका लागि प्रदेशभरका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। आकस्मिक घटनामा तत्काल प्रहरी परिचालन गर्न ४५३ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) र १५ वटा स्ट्राइकिङ टोली तयारी अवस्थामा राखिएको छ।

सवारी आवागमनलाई सुरक्षित बनाउन २२ स्थानमा स्कर्टिङको व्यवस्था गरिएको छ। त्यस्तै, ९८ मोबाइल गस्ती, २१५ पैदल गस्ती र ५०३ स्थानमा पिकेट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति तथा दुर्घटना नियन्त्रणका लागि १७९ स्थानमा संयुक्त चेकिङ गरिनेछ।

खुला सीमानाकाबाट पटाका तथा विस्फोटक पदार्थ भित्रिन नदिन ८३ स्थानमा निगरानी बढाइएको छ। संवेदनशील नाकामा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ भने भीडभाड हुने बजार र सार्वजनिक स्थलमा सीसी क्यामेरा तथा आवश्यकताअनुसार ड्रोनबाट निगरानी गरिनेछ।

डिआइजी खनालका अनुसार दसैँमा भक्तजनको भीड हुने ५० वटा शक्तिपीठ, मठमन्दिर तथा पर्यटकीय गन्तव्यमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। त्यस्तै, ३४ वटा सरकारी तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षासमेत सुदृढ बनाइएको छ।

चाडपर्वका बेला आर्थिक कारोबार बढ्ने भएकाले बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसलमा सादा पोसाक तथा नियमित प्रहरीमार्फत निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वमा घर छाडेर जाँदा घरको सुरक्षा सुनिश्चित गर्न, यात्राका क्रममा अपरिचित व्यक्तिलाई व्यक्तिगत विवरण नदिन र अनलाइन तथा नगद कारोबार गर्दा सतर्क रहन नागरिकलाई आग्रह गरेको छ। कुनै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन आईजीपी दान बहादुर कार्कीको निर्देशनकाठमाडौ । प्रहरी आईजीपी दान कार्कीले आसन्न ...
10/10/2026

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन आईजीपी दान बहादुर कार्कीको निर्देशन

काठमाडौ । प्रहरी आईजीपी दान कार्कीले आसन्न चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्।

भर्चुअल कन्फरेन्समार्फत आयोजित कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा गुल्मलगायत प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयका प्रमुखहरू सहभागी थिए। कार्यक्रममा प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो।

आईजीपी कार्कीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी समयमै नियन्त्रण गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा यातायात व्यवस्थालाई सहज बनाउन निर्देशन दिएका छन्।

चाडपर्वका बेला शान्ति सुव्यवस्था कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न जिम्मेवारीपूर्वक काम गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका हुन्।

https://muktikhabar.com/mukti-news/88280.html
10/10/2026

https://muktikhabar.com/mukti-news/88280.html

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले आम नागरिकको दुः....

https://muktikhabar.com/mukti-news/88277.html
10/10/2026

https://muktikhabar.com/mukti-news/88277.html

काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममार्फत शुभकामना आदानप्रदान, चाडपर्व लक्ष....

चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न : जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप ...
10/10/2026

चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न : जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न

काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममार्फत शुभकामना आदानप्रदान, चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–३१ वडा कार्यालय, प्रहरी वृत्त नयाँ बानेश्वर तथा सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। सामुदायिक विकास तथा सेवा समितिका उपाध्यक्ष उज्जन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिलिप घिमिरे प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।
काठमाडौं महानगरपालिका–३१, मिनभवनस्थित भोज ब्याङ्क्वेटको सभाहलमा आयोजित कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्यहरू, प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक यज्ञराज जोशी, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, आषा कलेजका सञ्चालक बालमुकुन्द मैनाली, साहित्यिक मञ्च बानेश्वर बहुमुखीका अध्यक्ष सुदिप घिमिरे लगायत विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसएसपी घिमिरेले समुदाय र प्रहरीबीचको सहकार्य, आपसी विश्वास तथा समन्वयलाई थप सुदृढ गर्दै शान्तिपूर्ण, सुरक्षित र अपराधमुक्त समाज निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा जनचेतना अभिवृद्धि गर्न नागरिक र प्रहरीबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नजिकिँदै गरेका चाडपर्व सुरक्षित र हर्षोल्लासपूर्ण रूपमा मनाउन आग्रह गर्दै घिमिरेले सबैलाई चाडपर्वको शुभकामना व्यक्त गरे। नागरिकबाट प्राप्त सल्लाह, सुझाव तथा जिज्ञासाले प्रहरीलाई आफ्नो कार्यसम्पादन अझ प्रभावकारी बनाउन प्रेरणा मिल्ने उल्लेख गर्दै उनले सहभागी सबैलाई धन्यवाद समेत दिए।

सो अवसरमा काठमाडौं महानगरपालिका–३१ का बासिन्दा तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्न सफल खेलाडी सम्पन्न बस्नेतलाई बधाई तथा आगामी खेलजीवनको सफलताको शुभकामनासहित सम्मानपत्र प्रदान गरिएको थियो। साथै, समाजमा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न सामाजिक संघसंस्थालाई पनि सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

10/10/2026

आम नागरिक दुख र सुखका साथि हुन् : काठमाडौ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरे
Dilip Ghimire

गृहसचिवको अध्यक्षतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको सातौँ बैठक सम्पन्न:राष्ट्रिय प्रहरी प्रशिक्षण प्र...
10/10/2026

गृहसचिवको अध्यक्षतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको सातौँ बैठक सम्पन्न:

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को सातौँ बैठक सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहसचिव केदारनाथ शर्माको अध्यक्षतामा बसेको बैठकमा भारत सरकारको विदेश मन्त्रालयअन्तर्गत डेभलपमेन्ट पार्टनरसिप एडमिनिस्ट्रेसन (डीपीए–३) की प्रमुख सहसचिव प्रियंका चौहानसहित दुवै पक्षका प्रतिनिधि तथा समितिका सदस्यहरूको उपस्थिति थियो ।

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mukti Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mukti Khabar:

Shortcuts

Share