23/01/2026
नेपाली कांग्रेसले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री पदका लागि उम्मेदवार हुने घोषणा गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको पार्टीका उपसभापति विश्वप्रकाश शर्माले पत्रकारहरूलाई जानकारी दिए।
बैठकअघि आजै थापाले पार्टी कार्यालयमा पदबहाली गरेका थिए।
