Akhil Nepal Hindu Mahasabha

Akhil Nepal Hindu Mahasabha

Share

A religious political party registered in National Election Commission, Nepal

राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृती, संस्कार र गौं रक्षार्थ बैदिक सनातन धर्मालम्वीहरूद्धारा निर्वाचन आयोगमा दर्ता गरेको एक मात्र धार्मिक दल हो ।

01/11/2025

🌿 हरिबोधनी एकादशी तथा तुलसी विवाहको हार्दिक मंगलमय शुभकामना 🌿

सम्पूर्ण श्रद्धेय गुरुजन, साधु–सन्त, धर्माचार्य, भक्तजन तथा शुभेच्छुक महानुभावहरूमा अखिल नेपाल हिन्दू महासभाका तर्फबाट हार्दिक शुभकामना प्रकट गर्दछौं।

आजको पवित्र हरिबोधनी (प्रबोधिनी) एकादशीका दिन भगवान् श्रीहरि विष्णु चातुर्मासको निद्राबाट जाग्रत हुनुहुने तथा भगवान् विष्णु र देवी तुलसीको दिव्य विवाह सम्पन्न हुने धार्मिक परम्परा रहिआएको छ। यस दिवसले धर्म, सत्य, भक्ति र सत्कर्मप्रतिको निष्ठा पुनः जागृत गराउने सन्देश दिन्छ।

यस पावन अवसरमा भगवान् श्रीहरि र तुलसी माताको दिव्य कृपा सबैमा रहोस्, शान्ति, समृद्धि, स्वास्थ्य र सद्भाव फैलियोस्, र श्रीहरि विष्णु भगवान र तुलसी माताको सबैका जीवनमा आध्यात्मिक प्रकाश फैलियोस् भन्ने हार्दिक कामना गर्दछौं।

27/10/2025
29/09/2025

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

नेपालीहरूको महान चाड बडा दशैं २०८२, विजया दशमी, दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा समस्त आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

सत्यमाथि असत्यको विजयको यस उत्सवले भगवान राम र माता दुर्गाको आशीर्वाद सँगै तपाईँलाई सदैव सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको उर्जा प्रदान गरोस्। टीका, जमरा र ज्येष्ठहरूको आशीर्वादले यो पर्व अझ विशेष र अविस्मरणीय बनोस्।

हामी सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाउँदै, आगामी दिनहरू हर्ष उल्लास, प्रगति र समृद्धिले भरिनुहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।

12/09/2025

अखिल नेपाल हिन्दू महासभाको तर्फबाट पूर्वप्रधानन्यायाधीश सम्माननीय श्रीमती सुशिला कार्की ज्यूलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ति भएको यस ऐतिहासिक अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

महामहिम राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा–६१ बमोजिम आफ्नो संवैधानिक अधिकार प्रयोग गरी तपाईँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ। नयाँ संविधान जारी भएपछि यसअघि गठन भएका सबै सरकारहरू संविधानको धारा–७६ अन्तर्गत गठन भएका थिए भने, यसपटक युवा पुस्ता (जेन–जी) आन्दोलनको जनशक्ति र ऐतिहासिक योगदानको बलमा नेपालको संविधानकै धारा–६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको घटना नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण अध्यायको रूपमा रहनेछ।

अखिल नेपाल हिन्दू महासभा विश्वास गर्दछ—तपाईँको नेतृत्वमा राष्ट्रले शान्ति, स्थायित्व, सुशासन, धार्मिक सहिष्णुता र समृद्धिको नयाँ मार्ग अवलम्बन गर्नेछ।

यसै अवसरमा, हामी तपाईँलाई प्रधानमन्त्रीको पदमा रहँदा सफल, ऐतिहासिक र जनताको आकांक्षाअनुरूप परिणामदायी कार्यकालको लागि हार्दिक शुभकामना प्रकट गर्दछौं।

जय जय काली! जय जय गोरख!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


3rd Floor (Opposite Of Singhadurbar Entrance/East Gate), Anamnagar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00