19/08/2024
In Loving Memory of Mr. Ram Hari Shrestha.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रामहरीलाई न्याय देऊ - Justice for Ram Hari, Koteshwor, Kathmandu.
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको २०६५ सालमा नेकपा माओवादीद्वारा अपहरण पछि निर्मम रूपमा हत्या गरियो। राजनितिक संरक्षणका कारण दोषीहरु कानुनको दायरामा ल्याउन नसकेता पनि १५ वर्षपछि मुख्य अभियुक्त काली बहादुर खाम् (विविध) पक्राऊ परेका छन्। कार्वाही होस्! कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको २०६५ सालमा नेकपा माओवादीद्वारा अपहरण पछि निर्मम रूपमा हत्या गरियो। राजनितिक संरक्षणका कारण दोषीहरु कानुनको दा
19/08/2024
In Loving Memory of Mr. Ram Hari Shrestha.
Join us in our 16 year long fight against injustice.
01/08/2024
हाम्रो परिवार निरन्तर न्यायको खोजीमा लागी परेको छ।
21/06/2024
हेटौडा उच्च अदालतबाट अपडेट : हत्यारा काली बहादुर खाम (विविध) लाई पूर्पक्षका लागी थुनामा पठाउने चितवन जिल्ला अदालतको निर्णय सदर भएको छ। मुद्दामा सहयोग गर्नुहुने कानुन व्यवसायी, विभिन्न संघ संस्था, प्रहरी प्रशासन, आफन्तजन तथा शुभचिन्तकहरु प्रति हामी श्रेष्ठ परिवार आभार व्यक्त गर्दछौं।
हेटौंडा उच्च अदालतबाट अपडेटः आजका न्यायधीस श्रीमान् सानु माया डंगोलले पहिले नै रामहरी हत्या प्रकरणका अर्का अभियुक्त गोबिन्द बहादुर बटाला (जीवित) को पक्षबाट मुद्दा लडेको हुनाले उहाँले यो मुद्दा हेर्न नमिल्ने भनेर आदेश जारी गरियो। श्रेष्ठ परिवारको सुरक्षामा विशेष ध्यान दिनु भएको मकवानपुर प्रहरीलाई आभार व्यक्त गर्दै यदि कुख्यात अपराधि काली बहादुर खाम (विविध) लाई राजनीतिक शक्तिको आडमा रीहा गरिएमा कडा रूपमा प्रस्तुत हुने जानकारी गराउँद छौं।
26/04/2024
वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादिका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), रामहरी श्रेष्ठका परिवार र कोटेश्वर नागरिक संघर्ष समिति बिच गरिएको ७ बुंदे सहमति कार्यान्वयन गरियोस्। सहमतिका मुख्य बुँदाहरु :
१. रामहरी श्रेष्ठ माथि लगाइएको आरोप सहि नभएको - अर्थात रामहरी निर्दोष छन्।
२. छानविनका क्रममा दोषी ठहरिएका काली बहादुर खाम (विविध) लगाएतलाई प्रचलित कानुन अनुसार कडा कार्वाही गर्ने।
थप प्रमाणहरू आउने दिनमा सार्वजनिक गर्नेछौं।