25/05/2026
Bharat Ayer
In. This world Everybody. were searching for. an. opportunity.... in case when they. Grab it. they Forget. their responsibility. ....
25/05/2026
22/05/2026
If you stand with truth, you may earn enemies — but you also earn self-respect and peace within.
15/05/2026
मानिस जीवनको आँधीमा डुबिरहेको बेला
उसलाई उपदेश होइन, सहाराको हात चाहिन्छ।
पीडाले थिचिएको मनले
त्यो क्षण ज्ञानका शब्द होइन,
आफ्नोपनको अनुभूति खोजिरहेको हुन्छ।
डुब्दै गरेको मानिसलाई किनारासम्म तानिन्छ,
त्यसै बेला उसलाई पौडिन सिकाउने प्रयास गरिँदैन।
साँचो मानवता भनेकै
समयअनुसार शब्द होइन, साथ बन्न सक्नु हो। 🙏
सबैलाई परिवर्तन चाहिएको छ,
तर त्यो परिवर्तन आफ्नो सुविधा नहल्लिने गरी।
सबैलाई न्याय चाहिएको छ,
तर आफ्नो स्वार्थ अदालतमा नउभिने गरी।
सबैलाई समाज सुध्रिएको हेर्न मन छ,
तर आफ्नै अहंकारको ढोका खोल्न कसैलाई मन छैन।
उत्तम संस्कार केवल व्यवहारका आभूषण होइनन्,
यी त जीवनलाई सही मार्ग देखाउने उज्याला दीप हुन् ।
असल संस्कारले नै मानिसभित्र मानवता, विवेक र कर्तव्यबोध जगाउँछन्,
र उसलाई समाजका लागि हितकारी कर्म गर्न प्रेरित गर्छन् ।
संस्कार भएको व्यक्ति केवल सफल होइन,
उसले आफ्नो चरित्रले समाजलाई पनि उज्यालो बनाउँछ ।
12/05/2026
आशा छ, त्यो GPA को चम्किलो अंकभित्र
केवल किताबी ज्ञानको घमण्ड होइन,
मानवताको न्यानोपन, नैतिकताको उचाइ,
सद्भावको सुवास, आदर–सम्मानको संस्कार
र मातृभूमिप्रतिको निस्वार्थ माया पनि मौन रूपमा बाँचेको हुनेछ।
किनकि अंकले केवल बुद्धिको स्तर देखाउँछ,
तर चरित्र, चेतना र देशप्रेमले मात्रै
मानिसको वास्तविक उचाइ मापन गर्छ।
दशकौँदेखि कुनै बाटो प्रयोग हुँदै आएको भन्दैमा त्यसले सार्वभौमिकताको आधार तय गर्दैन। ऐतिहासिक प्रयोगले कानुनी रूपमा स्थापित सीमालाई परिवर्तन गर्न सक्दैन। सुगौली सन्धिअनुसार महाकाली नदीको वास्तविक उद्गमस्थल लिम्पियाधुरा नै नेपालको पश्चिमी सीमाको आधार हो। नेपालको अडान ऐतिहासिक नक्सा, सन्धि तथा अन्तर्राष्ट्रिय मान्यतामा दृढ रूपमा आधारित छ।
सीमा सम्बन्धी विवादहरूलाई कृत्रिम दाबी भनेर अस्वीकार गर्नु समाधान होइन। यस्ता विषयहरू इमानदार संवाद, ऐतिहासिक तथ्यप्रतिको सम्मान र पारस्परिक समझदारीमार्फत समाधान गरिनुपर्छ।
इतिहासको सम्मान गरौँ, सन्धिको सम्मान गरौँ, नेपालको सार्वभौमिकताको सम्मान गरौँ।
22/04/2026
धूर्ततामा डुबेर प्रज्ञाको आडम्बर रच्नेहरू, स्मरण रहोस्—अतिक्रमणको अन्त्य सधैं विनाशमै टुंगिन्छ।
BREAKING NEWS- गृहमन्त्री सुदन गुरुङ्ले राजीनामा दिएका छन्। 😲
20/04/2026
केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका बिच केरै केरा ले हानाहान गरीराछन ! 😂
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
00977
