21/02/2026
निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल
निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल - sansarnews.com
काठमाडौं । जेनजी २.० ले आगामी निर्वाचन स्वच्छ, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको छ। शनिब.....
21/02/2026
चुनावी अभियान संयमित बनाउन जेनजी २.० को अपिल
चुनावी अभियान संयमित बनाउन जेनजी २.० को अपिल
enepalese, news portal by Nepalese People who lives on USA
20/02/2026
चुनावी अभियान संयमित बनाउन जेनजी २.० को अपिल
चुनावी अभियान संयमित बनाउन जेनजी २.० को अपिल
काठमाडौं। देश निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका बेला जेनजी २.०
20/02/2026
प्रेस विज्ञप्ति
देश निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको वर्तमान सन्दर्भमा जेनजी २.० सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवार तथा पार्टी कार्यकर्ताहरुलाई संयमित, जिम्मेवार र मर्यादित ढंगले चुनाबी अभियान सञ्चालन गर्न हार्दिक अपिल गर्दछ।
निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो। यसलाई स्वस्थ प्रतिस्पर्धा, नीति र कार्यक्रमको बहस, विचार र दृष्टिकोणको प्रतिस्पर्धाबाट सशक्त बनाइनुपर्छ। व्यक्तिगत आक्षेप, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने गतिविधि वा हिंसात्मक प्रवृत्तिले न त लोकतन्त्रलाई मजबुत बनाउँछ, न त जनताको विश्वास जित्छ।
जेनजी २.० स्पष्ट रुपमा विश्वास गर्दछ कि मतदाताको निर्णय सर्वोपरि हुन्छ। त्यसैले मतदातालाई प्रभाव पार्ने नाममा डर, दबाब, प्रलोभन वा दुष्प्रचारको सहारा नलिई आफ्ना एजेण्डा र योजनालाई स्पष्ट रूपमा जनसमक्ष राख्न हामी सबैलाई आग्रह गर्दछौँ।
हामी राज्यका सम्बन्धित निकायलाई समेत निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न ध्यानाकर्षण गराउँछौँ।
लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको परिचय दिँदै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नु आजको आवश्यकता हो।
मिति:२०८२/११/०८
ने.सं.:-११४६ ,चिल्लाथ्व तृतीया
अविन लिम्बू
प्रबक्ता
19/02/2026
राष्ट्रिय प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा जेनजी २.० सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
यो दिवस केवल औपचारिक उत्सव होइन, निरंकुश शासन विरुद्ध जनताको संघर्ष, बलिदान र अटुट लोकतान्त्रिक आस्थाको स्मरण हो। प्रजातन्त्र जनताको सार्वभौम अधिकार हो र यसको रक्षा, सुदृढीकरण तथा संस्थागत विकास प्रत्येक सचेत नागरिकको दायित्व हो भन्नेमा जेनजी २.० स्पष्ट छ।
आजको दिनले हामीलाई राज्य सञ्चालन विधि, उत्तरदायित्व, पारदर्शिता र विधिको शासनप्रति पुनः प्रतिबद्ध हुन आह्वान गर्दछ। संविधानको मर्म र भावना अनुरूप नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक सहभागिताको सुनिश्चितता नै सुदृढ प्रजातन्त्रको आधार हो।
यस राष्ट्रिय दिवसले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन र समावेशिताको दिशामा हाम्रो सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं।
अविन लिम्बू
प्रबक्ता
मिति:२०८२/११/०७
ने.सं.११४६,चिल्लाथ्व द्वितीया
17/02/2026
प्रेस विज्ञप्ति
जेनजी २.०
देशको वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनका सन्दर्भमा जेनजी २.० आफ्नो स्पष्ट धारणा पुनः सार्वजनिक गर्दछ।
जेनजी २.० कुनै पनि प्रकारको निर्वाचन बहिष्कारको पक्षमा छैन। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नै जनताको सार्वभौम अधिकार प्रयोग गर्ने संवैधानिक माध्यम हो भन्ने हाम्रो ठोस विश्वास छ। त्यसैले देशमा शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा हामी स्पष्ट र दृढ छौँ।
साथै, निर्वाचनको वातावरण सिर्जना गर्ने नाममा कसैलाई लक्षित गरी पक्राउ गर्ने, अनावश्यक रूपमा थुन्ने वा दबाब सिर्जना गर्ने कार्यहरू लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जेनजी २.० ठान्दछ। वाक स्वतन्त्रता, विचार अभिव्यक्ति र शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार संविधान प्रदत्त मौलिक हक हुन्। यस्ता अधिकारको हनन हुन नदिन सम्बन्धित निकायलाई हामी गम्भीर ध्यानाकर्षण गराउँछौँ।
निर्वाचन प्रक्रिया भयमुक्त, पारदर्शी र समान अवसरयुक्त हुनुपर्छ। नागरिकले कुनै प्रकारको त्रास, दमन वा प्रलोभनबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ। राज्यका सबै निकाय, राजनीतिक दल र सरोकारवालाहरूले संयमता, जिम्मेवारी र कानुनी मर्यादा पालना गर्नुपर्छ भन्नेमा जेनजी २.० स्पष्ट छ।
हाम्रो उद्देश्य अस्थिरता होइन, लोकतान्त्रिक सुदृढीकरण हो। देशको समग्र हित, सामाजिक सद्भाव र संवैधानिक प्रक्रियाको संरक्षण नै हाम्रो प्राथमिकता हो।
शान्तिपूर्ण, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने सामूहिक दायित्व पूरा गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न जेनजी २.० हार्दिक अपिल गर्दछ।
17/02/2026
प्रेस बिज्ञाप्ती
देश निर्वाचनको प्रक्रियामा अघि बढिरहेको संवेदनशील घडीमा राज्यको व्यवहारप्रति जेनजी २.० गम्भीर आपत्ति प्रकट गर्दछ। सरकार साँच्चिकै शान्तिपूर्ण निर्वाचन चाहन्छ कि चाहँदैन भन्ने प्रश्न आज जनताको बीचमा उठिरहेको छ। संवाद र सहमतिको बाटो रोज्नुपर्ने बेला दमन, नियन्त्रण र गिरफ्तारीको बाटो किन रोजिँदैछ?
यत्रो देश चुनावमा होमिसक्दा राजनीतिक मतभेदलाई वार्ता र सहमतिबाट टुंग्याउनु सरकारको कर्तव्य हो। तर त्यसको सट्टा राज्यले तानाशाही शैली अपनाउँदै असहमति राख्ने आवाजलाई दबाउने प्रयास गर्नु लोकतान्त्रिक मूल्य र संविधानको मर्मविपरीत छ। यस्तो व्यवहारले निर्वाचनको विश्वसनीयता र शान्तिपूर्ण वातावरणमाथि नै प्रश्न उठाउँछ।
जेनजी २.० स्पष्ट रूपमा भन्छ—यदि सरकार साँचो अर्थमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन चाहन्छ भने दमन होइन, संवाद रोज्नुपर्छ। गिरफ्तारी र धम्कीबाट होइन, विश्वास निर्माणबाट मात्र चुनावी वातावरण बन्छ।
यसै सन्दर्भमा, जेनजी २.० तत्काल दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न सरकारसँग कडा शब्दमा माग गर्दछ। राजनीतिक असहमति अपराध होइन। फरक मत राख्नु लोकतन्त्रको आधार हो। व्यक्तिको स्वतन्त्रता खोस्दैमा चुनाव निष्पक्ष हुँदैन।
हामी अन्तरिम सरकारलाई स्पष्ट चेतावनी दिन चाहन्छौं—यदि जनताको आवाजलाई दबाउने र राजनीतिक प्रतिशोधको शैली जारी रह्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ। लोकतन्त्रको नाममा दमन स्वीकार्य छैन।
जेनजी २.० शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचनको पक्षमा दृढ छ। त्यसका लागि तुरुन्तै दमनकारी कदम फिर्ता लिई संवादको वातावरण सिर्जना गर्न र पक्राउ परेका सबैलाई रिहा गर्न पुनः जोडदार अपिल गर्दछ।
यदि शान्तिपुर्ण ढंगले चुनाब गराउने हो भने तत्काल दुर्गा प्रसाइलाइ रिहा गरि बार्ता र सम्बाद बाट समस्याकोहल खोजिनुपर्छ नभए देशमा चुनाब हुदैन चुनाबको बिकल्प आन्दोलन हो र नागरिक बचाउ महाअभियानको आन्दोलन प्रती जेनजी २.० को पनि स्पष्ट सहमति रहेको उल्लेख गर्न चाहान्छौ।
अविन लिम्बु
प्रबक्ता
17/02/2026
प्रेस विज्ञप्ति
जेनजी २.०
सामाजिक अभियन्ता दुर्गा प्रसाईं लाई गरिएको पक्राउप्रति जेनजी २.० को तीव्र र स्पष्ट आपत्ति छ।
राज्य शक्ति प्रयोग गर्ने नाममा फरक मत राख्ने आवाजलाई नियन्त्रणमा लिने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य छैन। लोकतन्त्रमा असहमति अपराध हुँदैन, आलोचना देशद्रोह हुँदैन, र नागरिकलाई डर देखाएर मौन बनाउने प्रयास शासनको कमजोरीको संकेत हो।
यदि सरकारसँग ठोस प्रमाण र कानुनी आधार छ भने सार्वजनिक गरोस्। होइन भने अस्पष्ट आरोप र राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो कदम प्रत्यक्ष दमन हो। विधि, प्रक्रिया र पारदर्शितालाई लत्याएर गरिएको पक्राउले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ। संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो, त्यसको उल्लंघन गर्नु होइन।
जेनजी २.० स्पष्ट चेतावनी दिन्छ— अन्यायलाई सामान्य घटनाजस्तै प्रस्तुत गर्ने प्रयास असफल हुनेछ। नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदमको सशक्त प्रतिवाद हुनेछ। देशलाई भय र नियन्त्रणको बाटोमा होइन, विधि र न्यायको बाटोमा अगाडि बढाउनुपर्छ।
यदि तत्काल उनलाइ रिहाइ नगर्ने हो भने, जेनजी २.० शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछ। लोकतन्त्र बचाउने जिम्मेवारी नागरिकको पनि हो, र हामी त्यो जिम्मेवारीबाट पछि हट्ने छैनौं।
अविन लिम्बू
प्रबक्ता
14/02/2026
आगामी निर्वाचनमा योग्यतामूलक समर्थन गर्ने जेनजी २.० को घोषणा
आगामी निर्वाचनमा योग्यतामूलक समर्थन गर्ने जेनजी २.० को घोषणा - Suchana Chautari
काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै जेनजी २.० ले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। जेनजी २.० का प्रवक्....
12/02/2026
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवे....
11/02/2026
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
eheraldpost.com