हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि 'वाम एकता' को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?
नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।
Surendra Pandey
Official Page of Surendra Pandey सुरेन्द्र पाण्डे, Former Vice - President of CPNUML, Ex Finance Minister of Nepal & Member of the Constituent Assembly
Surendra Pandey, is not a new name in Nepali Communist revolution. He's one of the elected Vice President of the largest Communist Party of Nepal - Unified Marxist and Leninist during the historic 10th General Convention held in his own parliamentary district - Chitwan from November 26 - 28, 2021. He's Ex- Finance Minister of Government of Nepal. Surendra Pandey was born on August 25, 1958 in Gaj
13/04/2026
नयाँ वर्ष २०८३ को अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना।
राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति हो। नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै संघर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ।
हामीले स्पष्ट हुनुपर्छ - 'माओवादी जनयुद्ध' को भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन। एमालेको मूल बाटो 'जनताको बहुदलीय जनवाद' (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ।
पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झण्डामुनि गोलबद्ध हुन्छौं, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्तावेजसँग मेल खानुपर्छ। संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई 'पार्टी लाइन' भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ। त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन्।
आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु हो। एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न हामीले आफ्नो वैचारिक धरातल कहिल्यै बिर्सनु हुँदैन।
कमरेड विष्णु चित्रकार हामि विच रहनु भएन। वहांसंग मेरो लामो सहकार्य रह्यो।हामी तत्कालिन उपत्यका संगठन कमिटी मा रहेर लामो समय काम पनि गर्यौं । पहिले वहां भक्तपुर को सचिव र पछि ललितपुरको सचिव भएर काम गर्नु भयो। मैले काठमाण्डौंको सचिव रहेर काम गरें। तर म भक्तपुर र ललितपुरमा पनि समय समयमा कमिटी को वैठकमा पुग्दथें वहासंग।वहांमा कहिल्यै अहम र स्वार्थ रहेन। ०४६ को मालेको चौथो महाधिवेसन पछि पार्टीको संगठन संरचनामा हेरफेर भयो र म कोशि खटाइएं । तर वहां कमिटी मा रहनु भएन छ र छुटेको छुट्यै हुनु भयो।तर वहां सामाजिक कार्यमा लगातार सकृय रहनु भयो। ठिमिमा स्कुल खोल्ने, नेपाल भाषाको संवर्धन र विकासमा लगातार सकृय रहनुभयो । नेपाल भाषाको व्याकरण को प्रकासन मा समेत वहां लाग्नु भयो ।।कमरेड विष्णु चित्रकार प्रति भावपुर्ण श्रद्धान्जली! परिवारजनमा हार्दिक समवेदना।
07/04/2026
https://lokaantar.com/story/316343/2026/4/6/interview/surendra-pandey
केपी ओलीबाट अब एमाले चल्दैन, पार्टीको व्यापक पुनर्गठनमा लाग्छौं– सुरेन्द्र पाण्डे [अन्तर्वार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि नेकपा एमालेभित्र अहिले उकुसमुकुस चलिरहेको छ ।भ...
05/04/2026
धादिङको माटोमा जन्मिई प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय जिम्मेवारीमा सर्वसम्मतिका साथ निर्वाचित हुनुभएकोमा सम्माननीय डि. पि. अर्यालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
04/04/2026
ईन्जिनियर कमरेड MrGuru Bhattarai गुरु भट्टराईका ममतामयी आमा ८९ बर्षको उमेरमा दुखद निधन भएको खवर आज मात्र सामाजिक संजालबाट थाहा पाए, यो दुखद् खवरले स्तब्ध बनायो।
म दिवंगत आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दुखको यस क्षणमा माधवजी, गुरुजी सहित सम्पूर्ण शोकाकुल भट्टराई परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो - सबै दोष अरूलाई! हामी पनि दोषी छौं - यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो ‘घेराबन्दी’मा पर्यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन्।
आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं। २३/२४ छानबिन हुनुपर्छ - तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।
02/04/2026
माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्य र सफलताको हार्दिक शुभकामना!
संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ। एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो।
जब नेतृत्व "म नै पार्टी र पार्टी नै म" भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ।
९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने? अब स्पष्ट छ - पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको 'निजी क्लब' होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ।
मैले अघिल्लो पोस्टमा राखेको धारणालाई अझ प्रष्ट पार्न चाहन्छु।
केपी जी र मेरो राजनीतिक यात्रा उतारचढावले भरिएको छ। हामी एउटै पार्टीमा छौं र कैयौँ पटक हाम्राबीच गम्भीर मतभेद भए - यो लुकाउनुपर्ने कुरा होइन। तर आज म जे भन्दैछु, त्यो राजनीतिक पक्षधरताले होइन - एउटा जिम्मेवार नागरिकको रूपमा भन्दैछु।
७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ। तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि?
मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन। त्यसैले न्याय होस् - तर निष्पक्ष र प्रक्रियागत।
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Address
Kathmandu
