02/02/2026
नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको तर छिमेकी मुलुकमा देखिएकोले नेपाल पनि जोखिममा रहेको विषयलाईजखल मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा राख्नुका साथै शङ्कास्पद बिरामीको नमुना सङ्कलन र परीक्षणको उचित व्यवस्थापन समेत गरिसकेको सम्वन्धी जानकारीमूलक मन्त्रालयको विज्ञप्ति ।
29/01/2026
https://edcd.gov.np/resource-detail/testing-algorithm-for-nipah-virus-interim
Testing Algorithm for Nipah Virus (Interim)
This is an Interim guideline for sample collection and testing Algorithm for Nipah Virus detection in Nepal.
31/12/2025
Community Based Disease Surveillance Guideline 2082
Community-Based Disease Surveillance Guideline 2082.pdf
24/12/2025
कतै धेरै व्यक्तिहरुमा एकैपटक ज्वरो र स्वास्प्रश्वास समस्या भएको देखिएमा हामीलाई खबर गर्नुहोस। सम्पर्क गर्न निशुल्क हटलाईन नं "हेल्लो स्वास्थ्य १११५"
हामी समाधान खोज्ने छौं।
24/12/2025
समुदायबाट जनस्वास्थ्यका घटना तथा रोगबारे समयमै सूचना प्राप्त गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यले "समुदायमा आधारित रोग निगरानी प्रणाली" को माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ ।यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तयार पारिएको “समुदायमा आधारित रोग निगरानी निर्देशिका–२०८२” समेत सार्वजनिक गरिएको छ। उक्त कार्यक्रममा मन्त्रालय र विभागका उच्च अधिकारीहरू, सातै प्रदेशका स्वास्थ्य सचिव तथा निर्देशकहरू, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधि र साझेदार संस्थाहरूको उपस्थिति रहेको थियो।
संक्रामक रोगहरूको सम्भावित प्रकोपलाई न्यूनीकरण गर्न सुरु गरिएको यस प्रणाली अन्तर्गत अब आम नागरिकले आफ्नो समुदायमा कुनै पनि अनपेक्षित जनस्वास्थ्य घटनाहरू देखेमा वा थाहा पाएमा, यदि धेरै व्यक्तिहरू एकै पटक बिरामी परेमा, नौलो रोग देखिएमा, पशु-पंक्षीको अस्वाभाविक मृत्यु भएमा, वा ज्वरो, झाडापखाला र श्वासप्रश्वास जस्ता समस्याहरू आम स्तरमा देखिएमा तुरुन्त नि:शुल्क हटलाइन "हेलो स्वास्थ्य १११५" मा फोन गर्न वा नजिकैको स्वास्थ्य संस्थामा खबर गर्नुपर्नेछ। यसरी प्राप्त हुने सूचनाले तत्काल प्रतिकार्य गरी सम्भावित महामारी रोकथाम र जनधनको क्षति हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
19/07/2025
श्रावण महिनालाई डेंगी सचेतना महिना मनाउने घोषणा अनुरुप स्वास्थ्य सेवा विभाग प्राङ्गणमा मिति २०८२।०४।०२ गते श्रीमान् महानिर्देशक डा टंक प्रसाद बाराकोटीको नेतृत्वमा खोज र नष्ट गर्ने कार्य गरियो। सबै सरोकारवालाहरुले पनि यसै गरि कार्यप्रारम्भ गर्नु भए होला भन्ने विश्वास लिएका छौं। सबै मिलि डेंगी नियन्त्रण गरौं। डेंगी सार्ने लामखुट्टेको वासस्थान नष्ट गरौं। धन्यवाद।