Nepal Electricity Authority

Call Directions Website Contact the organization

Nepal Electricity Authority Nepal Electricity Authority Official Page Board Chairman: Minister for Energy, Water Resources and Irrigation.

17/10/2026

दशैं मनाउन निस्कनुअघि, एकपटक घरका सबै बत्ती र विद्युतीय उपकरणहरू जाँच गरौँ।

घरमा कोही नहुने भए, सबै उपकरण बन्द गरी मुख्य स्विच पनि अफ गरौँ।

सानो सावधानी, ढुक्कको दशैं!

नेपाल विद्युत प्राधिकरण

16/10/2026

बडादशैं, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा नेपाल विद्युत प्राधिकरण आफ्ना सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, सहयोगी संस्था निकायहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

यी पावन पर्वहरूले सबैमा आपसी सद्भाव, एकता, खुसी र नयाँ उत्साहको सञ्चार गरून्। साथै, यहाँहरूबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दछौँ।

दिर्घायु कुमार श्रेष्ठ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण

बडादशैं, शुभ दीपावली तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना!

#नेपालविद्युत्प्राधिकरण #दशैं२०८३ #शुभदीपावली #छठपर्व

15/10/2026
13/10/2026

२०८३ भदौ १० गते रसुवा तथा नुवाकोट जिल्लामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न कार्यालयमा कार्यरत ४७ जना कर्मचारी तथा कामदारहरू बेपत्ता हुनुभएकोले निजहरूको नजिकको हकवालालाई प्राधिकरण सञ्चालक समितिको निर्णयानुसार तत्काल राहतस्वरूप पाँच लाख रुपैयाँ र छ महिनासम्म कार्यरत पदको सुरू तलबको आधा बराबरको रकम प्रदान गर्ने निर्णय भए बमोजिम हालसम्म तोकिएका आधार प्रमाणसहित निवेदन दिनुहुने ६ जना व्यक्तिहरुले उक्त राहत रकम प्राप्त गर्नुभएको जानकारी गराइन्छ।

​साथै उक्त राहत रकम प्राप्त गर्न बाँकी रहेका नजिकका हकवालाहरूले समेत उक्त राहत रकम प्राप्त गर्नका लागि निम्नानुसारको आधार प्रमाण सहित निवेदन दिनुहुन सम्बन्धित सबैमा प्राधिकरण पुन: अनुरोध गर्दछ।

​१) बेपत्ता भएका कर्मचारी।कामदार संगको नाता प्रमाणित खुल्ने प्रमाण पत्र
​२) नजिकको हकवालाको नागरिकता प्रमाण पत्र
​३) नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्र
​४) बेपत्ताको नजिकको हकवाला भएको भन्ने व्यहोराको स्थानीय तहको सिफारिस पत्र
​५) हकवालाको खाता रहेको बैंक र खाता नम्बर
​६) हकवालाले राहत पाउँ भनी प्राधिकरण समक्ष गरेको निवेदन

​साथै उल्लेखित व्यहोराको विस्तृत सूचना एवं जानकारी WhatsApp group: NEA Information Centre for Rasuwa flood मा राखिएको छ। सम्बन्धित पक्षले उक्त group मा आवद्ध भई आफ्ना कागजात तथा निवेदन मागदावि सोही माध्यमबाट पेश गर्न सक्नुहुने व्यहोरा समेत सूचित गरिन्छ।

बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना!यस शुभ अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको उज्यालो छाओस्। माता...
12/10/2026

बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना!

यस शुभ अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको उज्यालो छाओस्। माता दुर्गाको आशीर्वादले हरेक घरमा खुसी र हरेक मनमा सकारात्मक ऊर्जा भरियोस।

नेपाल विद्युत प्राधिकरणको तर्फबाट सम्पूर्ण नेपालीहरूमा विजयादशमीको हार्दिक शुभकामना!

11/10/2026

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुँदै

आज असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् वितरण प्रणालीमा क्षति पुग्दा प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको कार्य तीव्र रूपमा अघि बढाइएको छ।

आज साँझसम्म भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा आरुघाट गाउँपालिकाको आरुघाट बजार, डाँडा गाउँ ब्रान्च र आरु पोखरी ब्रान्चमा विद्युत् सेवा पुनःसुचारु गरिएको छ।

बाँकी क्षेत्रमा समेत विद्युत् सेवा विस्तार गर्दै आजै आर्खेतसम्म विद्युत् लाइन सञ्चालन गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रका प्राविधिक तथा कर्मचारीहरू रातिसमेत खटिएर काम गरिरहनुभएको छ।

विपद्को कठिन परिस्थितिमा विद्युत् सेवा पुनःस्थापनाका लागि निरन्तर खटिनुहुने सम्पूर्ण प्राविधिक, कर्मचारी तथा सहयोगी निकायप्रति नेपाल विद्युत् प्राधिकरण हार्दिक धन्यवाद व्यक्त गर्दछ।

नेपाल विद्युत् प्राधिकरण
विद्युत् सेवाको निरन्तरता, हाम्रो प्रतिबद्धता।

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुँदैआज असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण...
11/10/2026

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुँदै

आज असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् वितरण प्रणालीमा क्षति पुग्दा प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको कार्य तीव्र रूपमा अघि बढाइएको छ।

आज साँझसम्म भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा आरुघाट गाउँपालिकाको आरुघाट बजार, डाँडा गाउँ ब्रान्च र आरु पोखरी ब्रान्चमा विद्युत् सेवा पुनःसुचारु गरिएको छ।

बाँकी क्षेत्रमा समेत विद्युत् सेवा विस्तार गर्दै आजै आर्खेतसम्म विद्युत् लाइन सञ्चालन गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रका प्राविधिक तथा कर्मचारीहरू रातिसमेत खटिएर काम गरिरहनुभएको छ।

विपद्को कठिन परिस्थितिमा विद्युत् सेवा पुनःस्थापनाका लागि निरन्तर खटिनुहुने सम्पूर्ण प्राविधिक, कर्मचारी तथा सहयोगी निकायप्रति नेपाल विद्युत् प्राधिकरण हार्दिक धन्यवाद व्यक्त गर्दछ।

नेपाल विद्युत् प्राधिकरण
विद्युत् सेवाको निरन्तरता, हाम्रो प्रतिबद्धता।

11/10/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Electricity Authority posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Electricity Authority:

Shortcuts

Share