राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal

राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal

Share

" समृद्ध जनता , समृद्ध राष्ट्र "

04/12/2025

माटोको सुगन्ध, पसिनाको पहिचान
कृषककै हातले चल्छ विकासको जहाज
बीउ छर्ने हातमै छ देशको उन्नति
कृषक नै देश, कृषकमै छ समृद्धि।

✍️राष्ट्रिय जनसमृद्धि कृषक संघ

21/11/2025

हार्दिक अपिल
नेपालमा वि .सं. २०८२ भदौ २३ र २४ गते जेनजीहरुले गरेका क्रान्ति पश्चात घटेको विध्वंश घटनाबाट नेपालको लागि ऐतिहासिक रुपमै ठूलो क्षति व्यहोनु परेको छ । मुलत : नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका जनआन्दोलन ,जनयुद्द , मधेश आन्दोलन , आदिवासी जनजाति आन्दोलन , थरूहट आन्दोलन, महिला आन्दोलन , दलित आन्दोलन शिक्षक आन्दोलन लगाएत हालै मात्र भएको जेनजी युवाहरुले गरेका क्रान्ति नेपाली जनताले गरेका यस्ता ऐतिहासिक परिवर्तनकारी आन्दोलनम सहादत प्राप्त गर्ने महान सहिदहरु , घाईते र अपाङहरुका महान त्याग , जीवनको बलिदानको उच्च कदर र सम्मान गर्दै अहिलेको २१ औं शताब्दिको युगमा डिजिटल प्रविधी र आधुनिक नेपाल निर्माणको आवश्यकता भए बमोजिम एक नयाँ सोच , विचार र भिजनका साथ वैकल्पिक राजनीतिक शक्तिको निमांण गरी देशमा रहेका व्यापक भ्रष्टाचार , बेतिथि, कुशासन, सरकारी कार्यमा भएको ढिलासुस्तीलाई तुरुन्तै हटाई ठाउँको ठाउँ नागरिकको कामलाई रिजल्ट दिने गरी नागरिकको हक अधिकार स्थापना गरी नागरिकलाई सरकार रहेको अनुभूती स्थापित गर्न देशमा आर्थिक , सामाजिक र राजनीतिक रुपान्तरण गरी सहि दिशा निर्देशन गर्न र देशको नेतृत्व लिई प्रत्यक्ष रुपमा जनतासँग सरोकार रहेको सुशासन , भ्रष्टचार मुक्त देश , उत्पादन र रोजगार, सरकारी उद्योगको स्थापना , शिक्षा - स्वास्थ्य , आवास नि : शुल्क गराउने नयाँ लक्ष्य , उद्देश्य र दृष्टिकोणका साथ समुन्नत आधुनिक समाज निर्माण गर्ने ध्येयले २०८२ भदौं १४ गते नयाँ राजनीतिक शक्तिको रुपमा राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल स्थापना गरिएको छ ।

हाम्रो मुलुक चार वर्ण छत्तीस जातको फूलवारी सरह रहेका छन । जसमा बहुजातिय , बहुभाषिक , बहुधार्मिक र बहुसंस्कृती युक्त विशेषताहरु रहेको राष्ट्र हो । अहिलेको यस विषम परिस्थितिमा नेपाली नागरिकहरु ज्ञान , विज्ञान र विचारको निरन्तर विकास हुने कुराहरुमा विश्वास गर्दछौं । त्यसैले विगतमा हुने विभिन्न रूढिवादी विचारका राजनीतिक दल तथा संयन्त्रहरुमा टॉसी रहेर बसिरहनुपर्छ भन्ने मान्यता राख्दैनौं । हालसम्म मानव जातिले आविष्कार गरेका विभिन्न ज्ञान र विज्ञानलाई अंगिकार गर्द नयाँ डिजिटल आधुनिक प्रविधिको आविष्कारद्वारा देश विकासमा निरन्तर अगाडी बढिरहन्छौं । अहिलेको २१ औं शताब्दीको आवश्यकता र नेपालना भौगोलिक विशेपता अनुरूप एक सशक्त शक्तिको रुपमा संगठीत हुँदै देश विकासको लागि निरन्तर अगाडी बढनेछौं । नागरिक स्वतन्त्रताको लागि राजनैतिक रूपम व्यवस्था परिवर्तन मात्र गरेर नभई आर्थिक रुपमा पनि समृद्ध हुन आवश्यक छ । नेपालका पुराना राजनीतिक शक्तिहरू हिजोकै पुरान सोँच , स्कुलिङ र पूर्वाग्रहबाट चलिरहेका छन । पछिल्लो जेनजीहरुको क्रान्तिका प्रश्चात बदलिएको नयाँ डिजिटल प्रविधिको युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व गर्न सक्दैन । तसर्थ हाम्रो युगको नयाँ विचार हामी आफैले बनाउनुपर्दछ । तर पुराना दलहरुको जुन सोंच र कार्यशैली छ , जे जस्तो संस्कार र संस्कृतिलाई मलजल गरिरहेका छन , त्यसले देशलाई कहिंकतै फाइदा पुऱ्याउने छैन , केवल एकप्रकारको भूमरिमा मात्र फसाइरहनेछ भन्ने कुरा विगत ५० वर्ष देखिको अभ्यासले पुष्टी भइसकेको छ । यस मुलुकका सबै पुराना पार्टी र शक्तिहरु देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका छन । लोकतन्त्र कागजमा सिमित हुदै गएको छ । लोकतन्त्रको नाममा दलतन्त्र , दलतन्त्रको नाममा नेतातन्त्र र नेतातन्त्रको नाममा विचौलिया र दलात सिन्डिकेट जताततै हावी भएको छ । जुनसुकै क्षेत्रमा भ्रष्टाचारको विगविगी व्याप्त छ । ८० लाख युवाहरु रोजगारीको खोजीमा विदेशिन बाध्य पारिएको छ । सार्वभौम नागरिकहरु निरिह र आवाज विहिन हुन पुगेका छन । जनता निराश र आजित भैरहेका छन । यस्तो अवास्थामा देशलाई प्रष्ट नेतृत्व दिन सक्ने , दुरगामी सोंच , उन्नत विचार र प्रभावकारी कार्यशैली भएको बैकल्पिक राजनीतिक शक्ति अनिवार्य भएको छ ।

तसर्थ , हाल देशमा व्याप्त रहेको बरोजगार, सबै निकाय क्षेत्रमा भ्रष्टाचार , कुशासनलाई हटाई सुशासन, भ्रष्टाचार मुक्त देश , उत्पादन र रोजगार,सरकारी उद्योग व्यवसाय स्थापना , शिक्षा , स्वास्थ्य , आवास नि :शुल्क गराई नेपाललाई विश्वको विकसित राष्ट्रमा परिचित गराउन सबै राजनीतिज्ञ , समाजसेवी व्यक्तित्व ,विज्ञ ,शिक्षक ,कर्मचारी ,विधार्थी ,जेनजी युवा युवती ,पत्रकार सबै क्षेत्र तप्काका नेपाली नागरिकहरुमा आधुनिक नेपाललाई डिजिटल प्रविधिको माध्यमबाट देश विकास गर्न राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल देशै भरी ७७ वटै जिल्लामा उत्पादन र स्वरोजगार अभियान लिएर तपाईँहरुको गाउँ ठाउँमा आइरहेको हुँदा सम्पूर्ण नेपाली नागरिकहरु हातमा हात , साथमा साथ रहँदै एकतामा एकजुट भई साथ सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
प्रचार प्रसार समिति

रास्ट्रीय जनसमृद्धि पार्टीको ' गान ' 21/11/2025

राष्ट्रिय जनसमृद्धि पार्टीले आफ्नो बिचार सहित परिकल्पना गरेको नेपालको दृश्य यो गानमा प्रस्तुत गरिएको छ । यदि हजुर पनि यस्तै सुन्दर नेपाल बनाउन चाहानुहुन्छ भने आउनुहोस ! राष्ट्रिय जनसमृद्धि पार्टीमा आवद्द होऔ...!
धन्यबाद ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
प्रचार प्रसार समिति

रास्ट्रीय जनसमृद्धि पार्टीको ' गान ' रास्ट्रीय जनसमृद्धि पार्टीले आफ्नो बिचार सहित परिकल्पना गरेको नेपालको दृश्य यो गानमा प्रस्तुत गरिएको छ । यदि हज....

16/11/2025

देशको वर्तमान परिवर्तनीय राजनीतिक यात्रामा युवाहरूको सक्रियता, ऊर्जा र कल्पनाशीलता अत्यन्त महत्त्वपूर्ण मोडमा पुगेको छ। यही कारणले हाम्रो पार्टी राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले सबै क्षेत्रमा रहेका युवा नागरिकहरूलाई जिम्मेवार, सचेत र सकारात्मक भूमिकासहित राष्ट्रनिर्माणको प्रक्रियामा अघि बढ्न आग्रह गर्दछ।समाजिक रूपान्तरणदेखि विकासका अवसरसम्म, प्रत्येक निर्णयमा युवाको दृष्टिकोण महत्वपूर्ण हुन्छ। यो विश्वासका साथ, हामीले अघि सारेका सुधार, पारदर्शिता र सुशासनका प्रयासमा युवाहरूको सहभागिता, सुझाव र सहकार्य अपेक्षित रहेको जानकारी गराउन चाहन्छौँ।
देशलाई स्थिर, न्यायपूर्ण र समृद्ध बनाउने यात्रामा युवा पुस्ताको विचार, सीप र सिर्जनशीलता नै मुख्य शक्ति हो। त्यसैले प्रत्येक युवाले आ–आफ्नो स्थानमा रहँदै सत्य, समानता र उत्तरदायित्वका मूल्यलाई अंगिकार गर्दै अघि बढ्न हार्दिक अनुरोध गर्दछौँ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल

16/11/2025

प्रेस विज्ञप्ति

राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले पार्टीका प्रमुख दस्तावेज तथा संरचनागत आधारहरूलाई आधिकारिक रूपमा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।
आगामी मंसिर ५ गते, पार्टीले निम्न महत्वपूर्ण सामग्रीहरू सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। संस्थागत गान , विधान, घोषणापत्र र अधिकृत वेबसाइट यी सबै सामग्रीहरू राष्ट्रियता, सुशासन, सामाजिक न्याय, र समृद्धिको स्पष्ट रोडम्याप सहित तयार पारिएका छन्। पार्टीले पारदर्शी, आधुनिक र जनमुखी राजनीतिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले यी आधारभूत दस्तावेजहरू सार्वजनिक गर्न लागिएको हो।पार्टीका समर्थक, सदस्य तथा शुभेच्छुकहरूलाई उक्त मितिमा आधिकारिक प्रकाशन अवलोकन गरी सुझाव तथा प्रतिक्रिया दिन पनि अनुरोध गर्दछौँ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल

15/11/2025

आज पनि हाम्रो समाजमा केही मानिसहरू छन्। जसले देशको भविष्य होइन, आफ्नो पद र लाभ मात्र देख्छन्। पदलिप्सा र व्यक्तिगत स्वार्थमा अड्किएका यस्ता मान्यताले देशलाई कहिल्यै अघि बढाउन सक्दैन।
हामीले बुझ्नुपर्ने कुरा के हो भने, राष्ट्र निर्माण उनिरुले गर्छन्। जसले विचार राख्छन्, मूल्य मान्छन्, र देशका लागि खुट्टा टेक्छन्। त्यसकारण, यतिखेर सही विकल्प छान्नु अत्यावश्यक छ।आउँदा पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न चाहने हामी सबले, व्यक्तिगत स्वार्थमा अन्धो भएर नहीं, राष्ट्रिय हितलाई केन्द्रविन्दु बनाएर अघि बढ्नुपर्छ।त्यसैले, हामी सबैसँग अनुरोध गर्दछौं । विचारविहीन पदलिप्सी खेलमा लाग्नेहरूबाट टाढा रहौँ,र राष्ट्र, जनताको भविष्य र साझा समृद्धिलाई पहिलो प्राथमिकता मान्ने राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल लाई साथ, सहयोग र विश्वास गरौँ।
हामी एउटै लक्ष्य लिएर अघि बढ्यौँ भने—समृद्ध नेपाल अब कल्पना होइन, वास्तविकता बन्छ।

15/11/2025

राष्ट्रिय जनसमृद्धि पार्टी
जनसमुदायलाई आवद्धता अपिल
विकास, सुशासन र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढिरहेको राष्ट्रिय जनसमृद्धि पार्टी देशभरका सम्पूर्ण नागरिकहरूलाई हार्दिक आव्हान गर्दछ—अब राष्ट्र परिवर्तन गर्ने अभियानमा तपाईं सबैको सक्रिय सहभागिता अत्यावश्यक छ।आज हाम्रो देश एक निर्णायक मोडमा उभिएको छ। वर्षौँदेखिका राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, अव्यवस्थित सेवा–सुविधा र अवसरको असमान पहुँचले आम नागरिक निराश छन्। यही परिस्थितिको अन्त्य गर्दै नयाँ आशा, नयाँ दिशा र नयाँ नेतृत्व निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी राष्ट्रिय जनसमृद्धि पार्टीले कन्धामा लिएको छ।
हाम्रो पार्टीको मूल लक्ष्यहरु : सुशासन र जवाफदेहितामा आधारित स्वच्छ राजनीति,
दिगो, आत्मनिर्भर र वैज्ञानिक आर्थिक विकास,
हरेक नागरिकलाई समान अवसर, समान सम्मान र व्यापक समृद्धि,राष्ट्रिय एकता, सामाजिक सद्भाव र स्थिर शासन,स्थापना गर्दै देशलाई नयाँ युगतर्फ डोर्याउनु हो।
यस महत्त्वपूर्ण यात्रामा तपाईं जस्ता जागरूक, जिम्मेवार र परिवर्तनका पक्षधर नागरिकहरूको साथ बिना यो अभियान अपूर्ण छ।राष्ट्रिय जनसमृद्धि पार्टीमा आवद्ध हुनुहोस्,परिवर्तन निर्माणमा सहयात्री बन्नुहोस्। हामी तपाईंको आवाजलाई प्रतिनिधित्व गर्ने, तपाईंको मुद्दालाई प्राथमिकता दिने, तपाईंको भविष्यलाई सुरक्षित बनाउने प्रतिबद्धता गर्दछौं। अब देश बदल्ने हो भने सही नेतृत्व छान्नुको विकल्प छैन। आउनुहोस्, राष्ट्रिय जनसमृद्धि पार्टीसँग हातेमालो गरेर समृद्ध नेपाल निर्माणमा सक्रिय सहभागी बनौँ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
विकास, सुशासन र समृद्धिको विश्वसनीय विकल्प

15/11/2025

अब एकताको समय!
पुराना असफलताबाट अघि बढौं, नयाँ सोचका साथ समृद्ध नेपालको अभियानमा हातेमालो गरौं।
हामी सबै नेपाली, एउटै सपना — जनसमृद्ध नेपाल!

15/11/2025

राष्ट्रिय समृद्वि पार्टी नेपाल का नाराहरु
आत्मनिर्भर र साझा समृद्ध बनाउन – एकजुट हौँ !
नागरिक अधिकार – सुनिश्चित गर !
संविधान व्यावहारिक – कार्यान्वयन गर !
नेपालमा गरिखाने – व्यवस्था गर !
गैर–आवासीय नेपालीहरूको अधिकार – सुनिश्चित गर !
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल – जिन्दाबाद !

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Head Office
Kathmandu
44600