SEEP Nepal

SEEP Nepal

Share

Social Worker

16/05/2019

विध्यालयका बालबालिकालाई कुंनै पनी बहानामा प्रयोग गर्नु, विध्यालय बन्द गर्नु बाल अधिकारको हनन तथा उनिहरुको बालपन माथीको अन्याय हुने भएकोले हामीले यस बिषयमा ध्यान दिनु हुन सम्बन्धित निकाय तथा सरोकारवालाहरुमा सुचित गर्दछौ ।

Photos 14/05/2019


Photos 14/05/2019

#कालिज_प्रजातिका_पन्छीहरूको_संरक्षणसम्बन्धी_कार्ययोजना

सरकारले वन्यजन्तु र पन्छी पालन गरी त्यसको मासु बेचबिखन गर्न सकालिज प्रजातिका पन्छीहरूको संरक्षणसम्बन्धी कार्ययोजना'किने गरी राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधन गरिसकेको छ । विभागले सर्वसाधारणले पाल्न पाउने वन्यजन्तु र पन्छीको सूची बनाइरहेको छ ।पन्छीमा काम गरिरहेका संस्था, सरोकारवाला निकाय र विशेषज्ञहरूको सहयोग लिएर तयार गरिएको 'कालिज प्रजातिका पन्छीहरूको संरक्षणसम्बन्धी कार्ययोजना' कार्यान्वयन यसै वर्षबाट हुनेछ । कालिज प्रजातिभित्र डाँफे, मुनाल, चीर, चिलिमे, फोकराँस, कालिज, लुइँचे (वन कुखुरा) र मयूर पर्छन् । साइटिसले डाँफे र चीरलाई अनुसूची १ मा राखेको छ ।

Photos 05/04/2019

यस विषम परिस्थितिमा सहयोग र सद्भावनाको सबैमा हार्दिक अपिल ।
ेपालीलाई पिडा हुँदा अर्को नेपालीलाई दु:खछ ।
#बारा_र_पर्सा रोइरहेको छ आउनुहोस् हामी सबै मिलिजुली सहयोग गरौं।

Photos 04/04/2019

स्याङ्जाको वालिङ नगरपालिका–१०, ढकालडाँडाका ४२ वर्षीय युवा रुक्मागत ढकालले बाख्रा पालन शुरु गरेको पहिलो वर्षमा नै ४ लाख भन्दा बढि आम्दानी गर्न सफल हुनु भएको छ ।
१९ वर्ष विदेशमा काम गर्नुभएका ढकाल स्वदेशमै आफ्नो परिवारसँगै बसेर केही गरौँ भन्ने भावनाले बाख्रा पाल्न सुरु गरेको बताउनु भयो ।

Photos 04/04/2019

आदर्शको कुरा होइन अहिलेको समय काम गर्ने हो। सबै जाना मिलिजुली यो दु:खद समयमा बारा र पर्सा लाई सहयोग गरौं ।

Photos 04/04/2019

नेपाल जस्तो प्रकृतिक र धर्मिक विविधता भएको मुलुकमा गरिबी आफैंमा समस्या होइन यो त राज्यको अव्यवस्थित व्यवस्था र असमान बितरणको उपज हो। आउनुहोस हामी सबै मिलिजुली गरिबी निवारणमा अघि बडौ।
#उत्पादित_कृषिजन्य_तरकारीको_व्यवस्थित_बिक्री_बितरन_गरिनु_पर्छ ।

Photos 04/04/2019

#प्रेरणाका_श्रोतहरु
उहाँले एक हातले खनी रहनु भएको छ। के हामीले अब बिकास निर्माणका कार्य नगर्ने ।
#आफ्नो_गाउँ_आफैं_बनौं
#तस्वीर_कलङ्की_काठमाडौंबाट_सभार।

Photos 31/03/2019

#प्रेरणाका_श्रोतहरु
स्याङ्जाका गौतम पोखरेल जो सानै देखि दृष्टिबिहिन भएपनि प्लस टुमा बिज्ञान बिषयमा Distinction ल्याई यसैवर्ष मात्र मानविकी संकायबाट स्नातक उत्तीर्ण गरि केही दिन अघि लोकसेवाले लिएको परीक्षामा उत्तीर्ण भइ नेपाल टेलिकमको सरकारी सेवामा छनोट हुनुभएको छ । यसरी नियमित विद्यार्थीको रुपमा स्नातक उत्तीर्ण गर्नु र स्नातक उत्तीर्ण हुनसाथ सरकारी सेवामा प्रवेश गर्न निकै मिहिनेतको आवस्यकता पर्छ । साच्चै उहाँ प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँलाई पढ्नमात्र हैन कम्प्युटर तथा फेसबुक चलाउन पनि राम्ररी आउछ, नेपाली र अङ्ग्रेजी टाइपिङ्ग पनि निकै तिब्र गतिमा गर्नुहुन्छ । अझ उहाँ निकै मिठा कविता पनि लेख्नुहुन्छ । उहाँबाट हामीले केहि प्रेरणा लिन सकिन्छ ।

31/03/2019

#ध्वाँसे_चितुवा_दिवस
नेपालमा पहिलो पटक कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा दिवस मनाइयो l बिधार्थी, शिक्षक र संरक्षणकर्मीले एकदिनभर सो उत्सव मनाएका थिए l हिमालय मावि ताङतिङ तथा प्रकृतिका साथीहरूले चैत्र ५ मा सो कार्यक्रम संयुक्त रूपमा आयोजना गरेका थिए l

Photos 30/03/2019

#ललितपुरमा_Water_ATM
ललितपुरमा Water ATM संचालमा ल्याइएको छ जसलाई पानी पधेरोको नामले पनि चिनिन्छ । यस Water ATM बाट रु २ मा २०० मि. लि र रु १० मा १ लिटर पानी पिउन सकिन्छ ।

30/03/2019

#रोजगार_संयोजकको_सूची_सार्वजनिक
२ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । तीमध्येबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।
प्रदेश १ मा ६६ जना शाखा अधिकृतका लागि १ हजार ३ सय ८७ जनाको आवेदन परेकोमा पहिलो चरणमा १ सय ९८ जना छनोटमा परेका छन् । यस्तै ५ जना नायब सुब्बाका लागि ८ सय ७२ जनाको आवेदन परेकोमा १५ जना छनोटमा परेका छन् ।
प्रदेश २ मा ४५ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ४ सय २२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १ सय ३५ जना पहिलो चरणमा छनोट भएका छन् ।
प्रदेश ३ मा ३१ जना शाखा अधिकृतका लागि १ हजार ६ सय २० जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट ९९ जनालाई छनोट गरिएको छ भने ३ जना नायब सुब्बाका लागि ५ जनाको आवेदन परेकोमा ९ जना छनोटमा परेका छन् ।
गण्डकी प्रदेशका लागि १४ जना शाखा अधिकृत माग गरिएकोमा ४ सय ७८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४२ जना पहिलो चरणबाट छनोट भएका छन् । यस्तै एक जना नायब सुब्बाका लागि १ सय ५४ जनाले आवेदन दिएकोमा ३ जनालाई छनोट गरिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा ५१ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ३ सय २ जनाको आवेदन परेको थियो । माग गरिएको सङ्ख्याको तीन गुणा हुने गरी अधिकृतका लागि १ सय ५३ जनाको सूची सार्वजनिक गरिएको छ । यस्तै एक जना नायब सुब्बाको पदका लागि २ सय ४२ जनाले आवेदन दिएकोमा ३ जना पहिलो चरणबाट छनोट भएका छन् ।
सरकारले पहिलो पटक कम्प्युटरका माध्यमबाट लिएको परीक्षामा आवश्यक सङ्ख्यामा उत्तीर्ण हुन नसकेपछि दोस्रो पटक आवेदन माग गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पर्नेहरुको चैत २३ गते कम्प्युटरबाट परीक्षा लिइने छ । परीक्षा काठमाण्डौमा हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu