10/03/2026
MCA-Nepal welcomed U.S. Embassy Nepal Chargé d’Affaires a.i. Scott Urbom to our office today for a working discussion with the team. CDA Urbom reviewed progress across the MCC Nepal Compact and highlighted the impact this work will deliver.
Through this partnership, we are not only creating power lines and economic infrastructure but also accelerating Nepal’s long-term growth. The MCC compact is a cornerstone of cooperation between Nepal and the United States, and we’re proud to be moving forward together to benefit all citizens of Nepal.
एमसिए-नेपालले नेपालस्थित अमेरिकी राजदूतावासका नियोग उप-प्रमुख श्री स्कट अर्बमलाई आज मङ्गलबार आफ्नो कार्यालयमा स्वागत गरेको छ। नियोग उप-प्रमुख श्री अर्बमले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको प्रगतिबारे समीक्षा गर्दै कम्प्याक्ट सम्पन्न भएपछि नेपाललाई हुने लाभबारे चर्चा गर्नुभयो।
यस साझेदारीमार्फत हामी केवल विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई तीव्र पनि पारिरहेका छौँ। एमसीसी कम्प्याक्ट संयुक्त राज्य अमेरिका र नेपालबीचको सहकार्यको आधारशिला हो। यसबाट नेपालीलाई लाभान्वित गर्न सँगैसँगै अगाडि बढ्न पाउँदा हामी गर्व गर्छौँ।
03/03/2026
On 16 -17 February 2026, MCA-Nepal provided a routine capacity building training on Counter Trafficking in Persons (C-TIP) and Prevention of Sexual Harassment and Violence Against Women and Children (VAWC) in Nuwakot for Techno Electric and Engineering Company, the contractor working on the Ratmate Substation.
The training focused on creating a safe and respectful environment for workers and the surrounding community. It helped workers and managers understand their role in keeping the workplace safe, preventing human trafficking and sexual harassment, and protecting women and children from violence. Participants also learned how to report misconduct and concerns through the available reporting channels.
A total of 28 people took part in the training.
एमसिए-नेपालले २०८२ साल फागुन ४ र ५ गते नुवाकोट जिल्लामा रातमाटे सबस्टेशन निर्माणका लागि छनोट भएको निर्माण कम्पनी टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिहरूका लागि मानव बेचबिखन विरुद्ध र महिला तथा बालबालिका माथि हुने यौन उत्पीडन र हिंसाको रोकथामसम्बन्धी नियमित क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।
उक्त तालिम सबस्टेशन निर्माणमा खटिने कर्मचारीहरू र स्थानीय समुदायका लागि सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्ने विषयमा केन्द्रित थियो। तालिमले सबस्टेशन निर्माणमा खटिने कर्मचारीहरूलाई कार्यस्थल सुरक्षित राख्न, मानव बेचबिखन र यौन उत्पीडन रोक्न र महिला तथा बालबालिकालाई हिंसाबाट जोगाउन आफ्नो भूमिका बुझ्न मद्दत गर्यो। सहभागीहरूले उपलब्ध माध्यम मार्फत दुर्व्यवहारको उजुरी कसरी गर्ने भन्ने जानकारी पनि प्राप्त गरेका छन्।
तालिममा कुल २८ जना सहभागी थिए।
24/02/2026
एमसिए–नेपाल विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा गरिने रुख कटानका कारण जैविक विविधतामा पर्ने प्रभाव न्यूनीकरण गर्न प्रतिवद्ध छ। यसै प्रतिवद्धता कार्यान्वयन गर्ने क्रममा हामीले सर्लाही जिल्लाको ईश्वरपुर–४ स्थित सागरनाथ वन विकास परियोजनाको ४५० हेक्टर वन क्षेत्रमा वृक्षरोपण तथा प्राकृतिक स्रोत व्यवस्थापन कार्य गर्न लागेका छौँ।
एमसिए–नेपालले २०८२ साल माघ २६ गते कार्यस्थल तथा कामका किसिमबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनका लागि सम्भावित बोलपत्रदाताहरूलाई सागरनाथ वन विकास परियोजनाको स्थलगत भ्रमण पनि गराएको थियो। उक्त कार्यका लागि २०८२ साल चैत ४ गते दिउँसो २ बजेसम्ममा बोलपत्र पेश गर्न सकिन्छ।
MCA-Nepal intends to restore biodiversity impacted due to forest clearance affected by the Electricity Transmission Project and the Road Maintenance Project. As part of this effort, we will carry out tree plantation and forest management activities across 450 hectares of land under the Sagarnath Forest Development Project in Ishworpur–4, Sarlahi.
On 9 February 2026, MCA-Nepal conducted a site visit and orientation of the Sagarnath site to prospective bidders of the Like-for-Like Compensatory Plantation works, to familiarize with the project location and the scope of activities. The bid submissions are due on or before 2:00 pm local time on 18 March 2026.
22/12/2025
एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव २.३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छन्।
विस्तृत जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्।
https://mcanp.org/np/Content/IndividualData/News/31428
26/11/2025
एमसिए–नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ। माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक श्री डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको समुपस्थितिमा उक्त निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो।
विस्तृत जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्।
https://mcanp.org/np/Content/IndividualData/News/31419
19/11/2025
एमसीसी नेपाल कम्प्याक्टमा ५ करोड अमेरिकी डलर अनुदान थप!
29/09/2025
२०८२ सालको बडा दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
26/09/2025
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ। यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ। कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यो महत्वपूर्ण हो। यससम्बन्धी विस्तृत जानकारी तलको लिङ्कमा उपलब्ध छ: https://mcanp.org/np/Content/IndividualData/News/31407
एमसिए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता सम्पन्न
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजन...