31/03/2025
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सुनिश्चितता को लागी नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस इकाइले शान्ति पुर्ण दबाममुलक कार्यक्रम गर्दै आएको कुरा सम्पुर्णमा अबगत नै छ। निर्वाचन समिति गठन गर्दै सो वि यु निर्वाचन सुनिश्चितताको निम्ति बिगत ६ दिन देखि नेपाल विद्यार्थी संघ रिले अनसनमा रहेको र निर्वाचन समिति गठन गर्नको लागि हाम्रो प्रमुख माग रहेको थियो जसमा आज क्याम्पस प्रशासनले हाम्रो माग लाइ सम्बोधन गर्दै निर्वाचन समिति गठन गरेको व्यहोरा जानकारी गराउदछु साथै रिले अनसन आजको मिति बाट स्थतगन गरि भोलिका दिनबाट निर्वाचन का निम्ति अगाडि बढ्ने कुराहरु प्रतिबद्धता जाहेर गरेको कुरा सम्पूर्ण मा जानकारी गराउदै आजको दिन सम्म रिले अनसन को लागि साथ सहयोग गर्नुहुने सम्पुर्ण अग्रज नेता, बिद्यार्थी साथीहरू एबम सम्पूर्ण सरोकारवालहरु लाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछु । साथै भोलिका दिन बाट स्वतन्त्र विद्यार्थी युनियन को चुनाबको लागि निर्वाचन समिति , क्याम्पस प्रशासन,प्रध्यापक ज्युहरु,अग्रज नेता तथा बिद्यार्थी साथिहरुमा साथ सहयोग तथा सद्भभाब को अपेक्षा गर्दछु। जय नेपाल!!! सभापती : महेश मणि पौडेल 🙏🙏🇳🇵🇳🇵
15/11/2024
ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले बिद्यार्थीका शैक्षिक समस्या समधान गरि आफ्नो अहम् भुमिका निभाउँदै आएको सम्पुर्णलाई अबग्त नै छ । बिद्यार्थिहरूका पक्षमा रहि उनिहरूकाे हकहितका लागि आवाज उठाउँदै यसभन्दा अगाडि पनि क्याम्पस प्रशासनलाई विभिन्न बुदाहरूसहित बिज्ञप्ती बुझाउँदै ध्यानाकर्षण गराउँदै अाएकाे ने. वि संघ हिजाे पनि बिद्यार्थिहरूकाे साथमा छ, अाज पनि छ र भाेलि पनि हुनेछ र सधै विद्यार्थी काे मुद्दामा बहस गर्न तत्पर रहनेछ ।
-जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏
13/11/2024
ग्रामीण अादर्श बहुमुखी क्याम्पस भित्रका अनियमितता लगाएत विभिन्न बिषयहरूमा क्याम्पस व्यवस्थापन समितिकाे लाचारिपन र अव्यवस्थित शैक्षिक, भाैतिक र अार्थिक व्यवस्थापनले गर्दा विद्यार्थीकाे शिक्षामा पर्न गएकाे प्रत्यक्ष तथा अप्रत्यक्ष असर बिरूद्ध नेपाल विद्यार्थी संघ ग्रामीण अादर्श बहुमुखी क्याम्पस इकाई समितिद्वारा खबरदारी गर्दै व्यवस्थापन समितिकाे कार्यलयमा तालाबन्दि गरिएकाे छ । सम्पुर्ण मागहरू यथाशीघ्र सम्बाेधन गर्नकाे लागि क्याम्पस व्यवस्थापन समितिकाे ध्यानाकर्षण गराउँदै हाम्राे अान्दाेलन निरन्तर जारि रहने कुरा समेत अबगत गराउन चाहान्छाैं ।
जय नेपाल !
नेपाल बिद्यार्थी संघ
ग्रामीण अादर्श बहुमुखी क्याम्पस इकाई परिवार🙏
22/08/2024
स्नातक तह तेस्रो वर्षको परीक्षाको तयारीमा रहनु भएका सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको हार्दिक सुभकामना। ग्रामीण आदर्श बहुमुखी क्याम्पसको निम्न सङ्कायको निम्न क्याम्पसमा परीक्षा केन्द्र परेको जानकारी गराउन चाहान्छु। समयमा नै परीक्षा केन्द्र पुगी परीक्षामा सहभागी हुन अनुरोध गर्दछु।
24/07/2024
congratulations dear sister.
23/07/2024
congratulations dear sister.
21/07/2024
गुरुपुर्निमाको अवसरमा नेपाल विधार्थी संघ ग्रामिण आदर्श बहुमुखी क्याम्स द्वारा आयोजित शिक्षकहरुलाई सम्मान र कक्षा ११ मा उतिर्ण टप १० बिधार्थीलाई प्रमाणपत्र तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्याम्स प्रमुख राजेन्द्र ध्वज थापाको प्रमुख आतित्थ्यमा, नेपाली कांग्रेस ता.न.पा. - ४, उप-सभापति जीवन रानाको विशेष आतिथ्य , अन्य अग्रज अतिथी , शिक्षक - शिक्षिका, अतिथी एवं विधार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सफल गराउन सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छै ।
11/07/2024
गाेर्खा ग्रामीण सम्पर्क समितिकाे सभापति पदमा सर्वसम्मत चयन भएकाेमा नेपाल बिद्यार्थी संघ ग्रामीण अादर्श बहुमुखी क्याम्पसका बिद्यार्थी नेता पृय भाई सन्दिप अधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना साथै उच्च सामाजिक एवं राजनीतिक जिवनकाे शुभकामना व्यक्त गर्दैछौं ।