31/08/2026
🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
Mount Everest Summiters Club का सम्पूर्ण सदस्यहरूको तर्फबाट Helpings Hands तथा रोल्वालिङका सम्पूर्ण सहयोगी गाउँवासीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारहरूका लागि राहत सामग्री संकलन तथा सहयोग अभियानमा यहाँहरूले देखाउनुभएको सहयोग, सद्भाव र मानवीय भावना अत्यन्तै प्रशंसनीय छ।
यस अभियानमार्फत खाद्यान्न सामग्री, आवश्यक सरसफाइ तथा हाइजिन किट, कम्बल, लत्ताकपडा, टेन्ट, स्लीपिङ ब्याग लगायतका अत्यावश्यक राहत सामग्री संकलन गर्न सहयोग पुर्याउनु भएकोमा हामी विशेष आभारी छौँ।
विपद्को कठिन समयमा पीडितहरूको साथमा उभिएर मानवीय सेवामा हातेमालो गर्नु भएको यस अमूल्य सहयोगले प्रभावित परिवारहरूलाई ठूलो राहत र हौसला प्रदान गरेको छ।
सहयोगी हातहरू नै विपद्मा आशाको आधार हुन्।
तपाईंहरूको सहयोग र एकताप्रति Mount Everest Summiters Club परिवार हार्दिक नमन गर्दछ।
धन्यवाद!
माउन्ट एभरेस्ट समिटर्स क्लब
रोल्वालिङ