Khatri chaap

Khatri chaap

Share

information of village

05/11/2024

चाडपर्व बिदा लगायतमा नचल्ने भएपछि यो खत्रीछापमा चल्ने यातायातको के काम मनलाग्दी नगर्नुस हो यातयात व्यवसायी महोदयहरु

दिगो चलोस र निरन्तरता सँगै पाण्डेछाप सम्म बिस्तार होस

06/10/2024

शुभकामना है सबैलाई

27/09/2024

काम कसले गर्न लाको थाहा भएन तर गर्न लाको समय लाजावाफ
#प्रसंग राराहिल जाखा खत्रीछाप दल ब्यवस्थापन कार्य

16/09/2024

Fact !
• स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, ‘एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।' उसले भन्यो, 'मलाई त आउँदैन ।' मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।'
• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?
• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?'
• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।'
• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।' भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ ?'
म सोचिरहेछु खोइ देश किन बनेन ?
#साभार

17/08/2024

दिगो चलोस र निरन्तरता सँगै पाण्डेछाप सम्म बिस्तार होस

15/08/2024

दिर्घ्रकालिन रहोस चलोस अल्पकालिन नहोस

29/07/2024

कुरोमा दम छ ।
समाजसेवी सोम शर्मा लेख्छन : "करोडौं खर्च गरेर भारतिय कलाकार सलमानलाइ नेपाल ल्याउंदा हामी स्वागत गर्न तत्पर थियौं त्यो पनि केबल र केबल मनोरञ्जनको निम्ति मात्रै र दारु पानी खाएर उफ्रीनको निम्ति पनि।
अर्जित सिंहलाइ करोडौं खर्च गरेर नेपालमा ल्याउंदा पनि हामी उनैको कन्सर्टमा गएर झुमेउं रमायौं कसैले किन हाम्रो पैसाले यत्रा कलाकार बोलाको ? हाम्रो पैसा किन सक्दिएको ? भनेर कदापी भनेनौं सोधेनौं । बरु उनकै कार्यक्रममा झुमेका क्पिल अप्लोड गर्दै बस्दियौं ।
आज एक नेपाली चेली भारतको टप ३ कथाबाचिकामा पर्न सफल भएकी छन त्यो गर्वको बिषय छुट्टै छ । तिनै नेपाली चेली कुनै मनोरन्जनको उद्देश्य मात्र हैन जिवनपयोगी दर्शन दिन र हाम्रो पुर्विय सभ्यता सनातनी संस्कार र धर्मको उपयोगिताको बारेमा बिश्वबन्धुत्वको भावना सहित आएर कथाबाचन गरिरहेकी छन जस्बाट उठेको रकम एक बालआश्रम बनाउने भनेर पवित्रताको उद्देश्यले प्रेरित भएको छ । तर यो समाज सम्पुर्ण कार्यक्रम र कथाबाचिका द्वय प्रतिभा देवि र राधिका दासी मातालाइ ब्यक्तिगत तबरले बडिगार्ड र उनको पारिश्रमिकको प्रश्न उठाउन तल्लिन छ । हाम्रो समाज महिलालाइ अघि बढेको अझै नि खुल्ला हृदयले स्वागत गर्न सकिरहेको छैन भन्ने यो एउटा पुष्ट्याइं हो ।
भक्तजनको पैसाले त्यत्रो पारिश्रमिक दिन मिल्छ भनेर प्रश्न गर्नेले सायद एक सुको दान दिएका छैनन होला अनि त्यहां आफ्नो इक्षाले जसजसले दान दिएर पुण्य कार्यमा सहभागी भए उनिहरुकै पुण्यतामा उनिहरुले उछिटो काडिरहेका छन ।
बिबेक बिन्द्राको एक शोमा जांदा २००० तिर्न तयार हुने नेपाली निशुल्क प्रबेशको ब्यबस्था भएको ठाउंमा गएर सित्तैमा आफ्नो सनातनी संस्कार धर्म र मानवताको शिक्षा लिन आउनुस भनेर आब्वान गरिएको ठाउं जहाँ न कसैले कसैलाइ तैंले यती दान दिनैपर्छ यो गर्नैपर्छ नत्र त यहाँ आउन पाउंदैनस प्रबेश निषेध छ भनेर पनि भनिएको छैन । जहाँ हर कोहि गएर दिनभरी कथा श्रवण गरेर बस्न सक्नुहुन्छ। यसमा समेत बिरोध । छि हाम्रो मानसिकता ।
यो सानो प्लानिङ होइन । काठमाडौमा पांच तारे होटलमा धर्म प्रचारको नाममा होल वाइनको उत्सव गरेर करोडौं खर्च गर्नु यिनिहरुलाइ सहि लाग्छ । आज पछिल्लो समयमा सनातनी संस्कार धर्म नियम बिस्तारै बिलिन हुँदै गैरहेको अबस्थामा एक राम्रो प्रयास थालेर श्रीकृष्णमुर्ती महाराजको कल्पना र मानव सेवा फाउन्डेसनले सुरुवात गर्नुभएको यहि कोटिहोमले आज धेरैलाइ आफ्नो गुम्दै गएको संस्कारको बारेमा चिन्तन मनन गर्ने अबस्थामा ल्याइदिएको छ। यस्ता धार्मिक अनुष्ठानमा जानुपर्छ भने सन्देश दिएको छ । देशबिदेशका कुनानन्दराबाट उपस्थिती र कथा श्रवणको निम्ति मात्र आउंदा पनि सनातनी धर्मप्रतिको आस्थालाई फेरि जुर्मुराउने काम गरिदिएको छ । कम्सेकम कोटिहोमको नाम मात्रै जप्दा समेत थुप्रै नयां पुस्तालाइ यसले एकताबद्दमा बांध्ने कोसिस त गरेको छ । तर यसबाट आत्तिएका र डराएका मिसिनिरी दलालहरुले यसलाइ आलोचित बनाउने र बिबादमा ल्याएर हाम्रो सनातनी धर्म संस्कारलाइ कमजोर तुल्याउने कोसिसमा लागेका छन । मलाइ केही पैसा लेउ अनि बिरोध गर्न छोड्छु भन्नेहरुले बार्गेनिंग गरिरहेका छन रे । अब भन्नुस यिनिहरुले के का निम्ति आखिर बिरोध गरिरहेका छन त ? यतातर्फ हामी बेलैमा सचेत रहनुपर्ने आबश्यकता छ ।
पशुपतिको कोटिहोमको भव्य सफलताको शुभकामना ।"🕉️❣️

24/07/2024

like comment follow this link

travel diary explore Nepal beauty natural

18/07/2024

like & follow this page

Sport Corner “Sport Corner” is a wonderful choice! If you need any help with content ideas, activities, or anything else for your page, feel free to ask.

Fish meet fish 17/07/2024

Watch & Subscribe this channel

Fish meet fish Lyric ChatgptMusic Suno aivideo Noisee AI

16/07/2024
16/07/2024

Verse 1:
Ancient streets of Kirtipur,
Where history's whispers endure,
Khatri Chhap, a hidden gem,
In Kathmandu's sacred realm.
Chorus:
Khatri Chhap, oh Khatri Chhap,
Where tradition and time overlap,
Nestled in Kirtipur's embrace,
A treasure of the Nepali race.
Verse 2:
Newari culture thrives and grows,
In courtyards where the wind still blows,
Temple bells and prayer flags,
Echo tales that never drag.
(Repeat Chorus)
Bridge:
From hilltop views to valley floor,
Khatri Chhap has so much more,
A living museum of the past,
Where memories are built to last.
(Repeat Chorus)
Outro:
Khatri Chhap in Kirtipur town,
Kathmandu's jewel, history's crown.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
977