Sujit gupta

Sujit gupta

Share

समाजलाई सुधार्नु छ भने सुरुवात आफू बाट हुनुपर्छ।

20/12/2025

बंगलादेशमा भएको हिन्दू युवाको हत्या निन्दनीय अपराध हो—धर्म, जाति वा पहिचान जे भए पनि निर्दोषको हत्या गलत हो। नेपाली मुस्लिम समुदायबाट सार्वजनिक रूपमा ठूलो विरोध नदेखिनुको कारण होला ??

17/12/2025

नेपाल ट्रस्टको दरबारमार्गस्थित बहुमूल्य जग्गा लिज प्रकरणमा गम्भीर अनियमितता र राजनीतिक संलग्नताको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानअनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा यती समूहलाई नियम मिचेर जग्गा लिज दिने निर्णयहरू भएका र सोही क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव पिए राजेश बज्राचार्यले यती समूहबाट घुुसवापत बालकोटस्थित रोजभिलेज हाउजिङमा घरजग्गा प्राप्त गरेको देखिएको छ ।

सिआइबीका अनुसार २०७५ साउन १ गते तारा एयरमार्फत बज्राचार्यकी श्रीमती रश्मि शाक्यको नाममा झन्डै चार आना जग्गामा बनेको साढे दुई तले घर पास गरिएको थियो । तर, घर खरिदमा कुनै बैंकिङ कारोबार नदेखिएकाले सो सम्पत्ति ‘घुसबापत’ हुन सक्ने निष्कर्ष निकाल्दै सिआइबीले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन सिफारिस गरेको छ ।

दरबारमार्गको एक रोपनी १४ आना नेपाल ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङ ९यती समूह०लाई लिज दिँदा राज्यलाई करिब ६ अर्ब २४ करोड रुपैयाँ नोक्सानी भएको सिआइबीको ठहर छ । यस प्रकरणमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध संगठित अपराध, ठगी र आपराधिक विश्वासघातमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सिआइबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ र मुद्दा दर्ताको अन्तिम तयारी भइरहेको छ । उच्चपदस्थ व्यक्तिहरू जोडिएकाले थप छानबिनका विषयमा महान्यायाधिवक्ता कार्यालयसँग छलफल भइरहेको स्रोतले जनाएको छ । यती समूहलाई गोकर्ण रिसोर्टसहित विभिन्न स्थानका नेपाल ट्रस्टका जग्गा विनाप्रतिस्पर्धा लिज दिइएको विषय यसअघि नै विवादित रहँदै आएको छ । यो प्रकरणलाई ओली सरकारकालीन ठूलो नीतिगत भ्रष्टाचारको मुद्दाका रूपमा हेरिएको छ ।

17/12/2025

नेपाली राजनीतिमा आजको आवश्यकता सत्ता प्राप्तिको प्रतिस्पर्धाभन्दा माथि उठेर नीति, नैतिकता र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु हो । दलहरूले व्यक्तिपूजा र गुटबन्दी त्यागेर विचार, कार्यक्रम र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानूनको समान कार्यान्वयन, सक्षम र इमानदार नेतृत्वको विकास, तथा युवाको ऊर्जा र दक्षतालाई नीति निर्माण र कार्यान्वयनमा समेट्नु आजको आवश्यकता हो । केन्द्र देखि स्थानीय तहसम्म पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक लोकतन्त्र बलियो बनाइयो भने मात्र राजनीति जनसेवाको माध्यम बन्छ र देश स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढ्छ ।

16/12/2025

नेपालको वर्तमान राजनीतिक अवस्था अस्थिरता, अविश्वास र जनआक्रोशको चरणमा छ । बारम्बार सरकार परिवर्तन, सत्ताका लागि दलहरूबीचको गठबन्धन-टुटफुट, भ्रष्टाचारका आरोप र सुशासनको अभावले जनतामा गहिरो निराशा पैदा गरेको छ । विशेषगरी युवाहरू बेरोजगारी, महँगी र अवसरको कमीबाट आक्रोशित छन्, जसको असर सडक आन्दोलन र सामाजिक असन्तोषमा देखिन्छ । प्रमुख राजनीतिक दलहरू आन्तरिक शक्ति संघर्ष, अहंकार र भागबन्डामा अल्झिँदा नीति निर्माण र विकास कार्य प्रभावित भएका छन् । संघीयता कार्यान्वयन, अर्थतन्त्रको सुस्तता र विश्वासको संकटले देशलाई चुनौतीपूर्ण मोडमा पुर्‍याएको छ, जहाँ अब जनताले स्थिर, उत्तरदायी र इमानदार नेतृत्वको कडा अपेक्षा गरिरहेका छन् । जेन्जी पुस्ताले आन्दोलन गरी सत्ता परिवर्तन गराई बनाएका अन्तरिम सरकारबाट जनतालाई धेरै आशा र विश्वास छ तर पुराना दलहरुले गरेको असहयोगले अन्तरिम सरकारले जनताको मर्म अनुरूप कार्य नसक्ने आशंका जनता माझ अनुभूति हुन थालेको छ किनकि पुराना दलको सत्ता गएको छ तर तिनीहरूले बनाएको भ्रष्ट सिस्टम अझै क्रियाशील छ तसर्थ जनताले अझ साँच्चै नै न्याय चाहिएको छ भने आउने दिनहरूमा पनि सतर्क रहनु आश्यक देखिन्छ।

15/12/2025

Sydney attack

15/12/2025

अस्ति नेपालका सम्मानीय प्रधानमन्त्री ज्यूले मुस्लिम समुदायको बारेमा सत्य बोल्दा देशैभरि विरोध गर्नेहरू हिजो तिमीहरू बाट नै दुई जनाले अस्ट्रेलियामा सोझा जनता जो शान्तिपूर्वक आफ्नो पर्व मनाउँदै थिए तिनीहरू माथि अन्धा धुन गोली चलाई १२ जनाको ज्यान लिएको तथा ३० भन्दा बढीको अवस्था गम्भीर बनाएको छन् । तिनीहरूको पनि विरोध गर्छौं की आफ्नो धर्मको मान्छे हो भनी silent 🔕 भई समर्थन गर्नेछौं सधैं झैं ??

Want your business to be the top-listed Government Service?

Website