Nepal APF Hospital

Nepal APF Hospital

Share

A general hospital specially for armed police personnel and their dependents.

Photos from Nepal APF Hospital's post 12/05/2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल ए.पी.एफ. अस्पतालमा मिति २०८३ बैशाख २८ गतेदेखि जेष्ठ १ गतेसम्म सरसफाई सप्ताह कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको छ ।
यस अभियानमार्फत स्वच्छ, स्वस्थ तथा व्यवस्थित वातावरण निर्माण गर्नुका साथै सरसफाई सम्बन्धी सकारात्मक आचरण विकास गर्ने उद्देश्य राखिएको छ ।

Photos from Nepal APF Hospital's post 28/04/2026

मिति २०८२/१२/२८ गते Society of Anaesthesiologists of Nepal को नियमित मासिक CME (Continued Medical Education) Program नेपाल ए.पी.एफ. अस्पतालमा पहिलोपटक सफलतापूर्वक आयोजना भयो। उक्त कार्यक्रम यस अस्पतालको Department of Anesthesiology, Intensive Care and Pain Medicine Department ले SAN संग संयुक्त रूपमा संचालन गरेको थियो। सो कार्यक्रममा विभिन्न अस्पतालहरूबाट आउनुभएका एनेस्थेसियोलोजी विशेषज्ञ चिकित्सक, SAN का पदाधिकारीहरू लगायत रेजिडेन्ट एवं अन्य चिकित्सकहरूको उपस्थिति थियो। उक्त कार्यक्रम अन्तर्गत प्रा.स.प्र.उ. डा. प्रभात रावल र प्रा.स.प्र.नि. डा. पुष्कर विश्वकर्माद्वारा एक-एक प्रस्तुती गरी दुईवटा विषयगत कक्षाहरू संचालन गरिएका थिए।

Photos from Nepal APF Hospital's post 16/02/2026

नेपाल ए.पी.एफ. अस्पतालको २४औं बार्षिकोत्सवका केही झलकहरू

Photos from Nepal APF Hospital's post 23/01/2026

स.प्र.बल नेपाल वार्षिक चादमारी २०८२ मा प्रथम हुनुभई स.प्र.बल नेपालको २५औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्षयमा पुरस्कृत हुनुभएको प्रा.स.प्र.उ. डा. भरत चन्दज्यूलाई यस नेपाल ए.पी.एफ. अस्पतालको तर्फबाट हार्दिक बधाई ।

Photos from Nepal APF Hospital's post 31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा स्थापित APF Nepal Institute of Health Sciences को निरीक्षण भ्रमण गर्नुभएको छ।

Photos from Nepal APF Hospital's post 31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा "नेपाल ए. पी. एफ. अस्पताल सुपथ सेवा क्यान्टिन"को उद्घाटन गर्नुभएको छ ।

Photos from Nepal APF Hospital's post 31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा मेडिकल जर्नलको विमोचन तथा मेडिकल जर्नल Website : https://mjapfn.org.np/ को सुभारम्भ गर्नुभएको छ ।

Medical Journal: https://mjapfn.org.np/

Photos from Nepal APF Hospital's post 16/08/2025

मिति २०८२/०४/३१ गते
Rotary Club Tripureshwor र Nepal APF Hospital को सहकार्यमा Nepal APF Hospital को प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो।

उपस्थित:
१. घनश्याम गिरी (मेयर - चन्द्रागिरी न. पा.)
२. प्रा.स.प्र.ना.म.नि. डा. रुपक महर्जन (अस्पताल प्रमुख -
Nepal APF Hospital)
३. भरत कुमार लकाई (President - Rotary Club Tripureshwor)
४. Nepal APF Hospital मा कार्यरत स.प्र.क. हरु।

Photos from Nepal APF Hospital's post 05/08/2025

Breastfeeding Class conducted at Nepal APF Hospital on the occasion of "33rd World Breastfeeding Week"

Photos from Nepal APF Hospital's post 25/07/2025

आज मिति 2082/04/09 गते नेपाल ए.पी.एफ. अस्पतालमा Associate Professor of Neurology and Emergency Medicine at the University at Buffalo, USA का डा. अमित कंडेल ज्यूबाट “Think Fast, Act Faster: Stroke Systems and Neuro Care That Work When Seconds Matter” सम्बन्धि भएको प्रस्तुतिकरणमा यस अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी र Zoom को माध्यमबाट ८ वटा क्षेत्रिय तथा फिल्ड अस्पताल र UN Lavel 1 Hospital, South Sudan मा कार्यरत स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेको थियो ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Balambu
Kathmandu