NCRC-National Child Rights Council

Call Directions Website Contact the organization

NCRC-National Child Rights Council राष्ट्रिय बाल अधिकार परिषद्
(1)

भोटेकोशी बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन हेरचाह तथा स्याहार योजनामा सहकार्य तथा योगदा...
06/10/2026

भोटेकोशी बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन हेरचाह तथा स्याहार योजनामा सहकार्य तथा योगदान गर्न परिवारमा आधारित हेरचाह गर्ने इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्था सूचीकृत हुने सम्बन्धी सूचना ! !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२०)

बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएका छौँ।विप...
14/09/2026

बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएका छौँ।
विपद्ले बालबालिकाबाट घर, परिवार वा अभिभावक खोस्न सक्छ, तर उनीहरूको बालापन र भविष्य खोसिन हामी दिने छैनौँ।
बाढीबाट प्रभावित, आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण, स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलन सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएका छौँ।
यस योजनामार्फत बालबालिकालाई सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पारिवारिक पुनर्मिलनलगायतका आवश्यक सेवासँग जोडिनेछ। दीर्घकालीन संरक्षण आवश्यक पर्ने बालबालिकाको अवस्था र सर्वोत्तम हितका आधारमा उपयुक्त स्याहार तथा संरक्षणको व्यवस्था गरिनेछ।
ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा विशेष संरक्षण आवश्यक भएका उद्धार गरिएका बालबालिकाका लागि अस्थायी बाल संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ। प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, विस्तृत लेखाजोखा तथा आवश्यक संरक्षण सेवा सुनिश्चित गर्न आवश्यक संयन्त्रसमेत परिचालन गरेका छौँ।
हाम्रो प्रयास उद्धार र राहतमा मात्र सीमित रहने छैन। सुरक्षित बालापनदेखि शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनर्स्थापना र सुरक्षित भविष्यसम्म राज्यको संरक्षण सुनिश्चित गर्ने दिशामा हामी अघि बढिरहेका छौँ।
कुनै पनि बालबालिका विपद्का कारण आफ्नो बालापन, सुरक्षा र भविष्यबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन हामी प्रतिबद्ध छौँ।
बालापनको रक्षा : भविष्यको सुरक्षा।

बिज्ञप्ति
14/09/2026

बिज्ञप्ति

सम्पूर्ण बालबालिकालाई राष्ट्रिय बाल दिवस २०८३ को शुभकामना
14/09/2026

सम्पूर्ण बालबालिकालाई राष्ट्रिय बाल दिवस २०८३ को शुभकामना

विज्ञप्तिराष्ट्रिय बाल दिवस २०८३ मनाउने सम्बन्धमा ।  बालबालिकाको अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन तथा पर...
11/09/2026

विज्ञप्ति
राष्ट्रिय बाल दिवस २०८३ मनाउने सम्बन्धमा । बालबालिकाको अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन तथा परिपूर्ति र सुनिश्चितताका लागि प्राकृतिक बाबुआमा, परिवारका सदस्य, संरक्षक तथा राज्यको साझा दायित्व हो। यीनै जिम्मेवारी र दायित्व पूरा गरी बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आइएकोछ । मिति २०८३ साल भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा अपूरणीय धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, वेपत्ता भएका वा बालबालिका स्वयम् नै घाइते वा वेपत्ता भएका बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण र मनोसमाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन समग्र राज्य तल्लीन रहेकोछ। राष्ट्रिय बाल दिवस २०८३ भदौ २९ मनाउन यस पटक "बालापनको रक्षाः भविष्यको सुरक्षा” भन्ने नारा निर्धारण गरी मनाउने तयारी भएकोमा उल्लिखित विनाशकारी बाढीका कारण राष्ट्र नै पीडा र शोकमा डुबेको छ। अतः उल्लिखित विद्यमान अवस्थालाई ख्याल गरी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा सुरक्षा गर्न गराउन प्रभावित बालबालिका हराउने, परिवारबाट छुट्टिने, हिंसा तथा शोषणमा पर्ने, बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने तथा आधारभूत सेवा र संरक्षणबाट बञ्चित हुन सक्ने भएकोले बालमैत्री उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास र पुनर्मिलनलाई प्राथमिकतामा राखी सर्वोत्तम हितको सिद्धान्त बमोजिम सम्बन्धित सरोकारवाला निकाय, विद्यालय, संघ संस्था र नागरिक समाजले "बालापनको रक्षाः भविष्यको सुरक्षा" नाराका साथ बालबालिका केन्द्रित कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाउन सकिने व्यहोरा अनुरोध छ।
२६ भदौ २०८३
नेपाल सम्वत् ११४६

राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत श्री डम्बरबहादुर रोकायज्यूका पूजनीय पिता श्री श्रवण बहादुर रोकायको निधनको खब...
04/09/2026

राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत श्री डम्बरबहादुर रोकायज्यूका पूजनीय पिता श्री श्रवण बहादुर रोकायको निधनको खबरले हामी अत्यन्त मर्माहत छौं। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

02/09/2026

बालक उद्धार तथा अस्थायी संरक्षण ।
मिति २०८३ साल भदौ १६ गते बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ र जिल्ला रुपन्देही, प्रहरी चौकी खैरेनीको संयुक्त पहलमा वेवारिसे अवस्थामा फेला परेका ४ दिन देखि सडकमा फेला परेका १० वर्षीय बालकलाई उद्धार गरिएको छ।
बालकको परिवार तथा अभिभावकको खोजतलास भइरहेको र हालसम्म परिवार पत्ता नलागेकाले परिवार पत्ता नलागेसम्म अस्थायी संरक्षणका लागि श्री सिर्जनशील संस्था नेपाल, भलबाडी, रुपन्देहीमा राखिएको छ।
#बालबालिकाकोसंरक्षण #बालउद्धार

आज मिति २०८३ साल भाद्र १६ गते राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोज...
01/09/2026

आज मिति २०८३ साल भाद्र १६ गते राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोजनामा विपदमा बालबालिकाको संरक्षणका विषयमा अनलाईन बैठक सम्पन्न भयो ।मिति २०८३ भाद्र १० गते रसुवा, नुवाकोट, धादिङ र चितवनमा आएको वाढी र त्यसवाट सृजित विपदका कारण मृत्यू भएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित वेपत्ता नागरिकको सकुसल उद्धारको कामना गर्दै विपदमा परेका बालबालिकाहरुलाई शिक्षा, पालनपोषणका वहानामा विभिन्न ठाउँमा ओसारपसार हुने सम्भावना हुने हुँदा कोशी प्रदेशका विभिन्न नाकाहरुको प्रयोग भई भारत तर्फ लैजान सक्ने भएकोले कोशी प्रदेशको सुनसरी जिल्लास्थित भण्टाबारी नाका, विराटनगर स्थिति जोगवनी नाका, भद्रपुर स्थित गलगलिया नाका, मेचिनगर स्थित काकडभिट्टा नाका र सूर्योदय नगरपालिकास्थित पशुपतिनगर नाका प्रयोग हुन सक्ने भएकोले उक्त नाकाहरुमा बालबालिकाको विषयलाई नाकामा कार्यरत संस्थाहरु, सम्वन्धित स्थानीय तहको बालकल्याण अधिकारीले प्रभावकारी अनुगमन गर्ने र सबैमा बालबालिकाको ओसारपसार, श्रमजन्य कार्यमा बालबालिकाको प्रयोगको विषयमा व्यापक प्रचार प्रसार गर्ने ।
मिति २०८३ भाद्र १५ गते राष्ट्रिय बालअधिकार परिषद्वाट जारी गरिएको विज्ञप्ति अनुसार विपदमा परेका बालबालिकाहरुको विभिन्न प्रकारका फोटो भिडियोहरु अनाधिकृत रुपमा सामाजिक सञ्जालहरुमा प्रकाशन तथा प्रशारण नगर्न नगराउन यस प्रदेशका सबै सरोकारवालाहरुले प्रभावकारी प्रचार प्रसार गर्ने ।
यस कोशी प्रदेशमा विगत केही वर्षदेखी भदौ असोजमा वाढी पहिरोवाट धेरै धनजनको क्षती भएको अझै डेढमहिना जोखिमको अवस्था रहेको हुँदा यस प्रदेशमा रहेका सबै बालहेल्पलाईन सेवा १०९८, सरोकारवाला संस्थाहरु, अस्थायी संरक्षण गृहहरुले बालसंरक्षणको पूर्व तयारी गर्ने ।
बालसंरक्षणको विषयलाई प्रभावकारी समन्वय र सञ्चार गर्न सबै बालहेल्पलाईन सेवा १०९८, अस्थायी संरक्षण केन्द्र, दीर्घकालिन संरक्षण केन्द्र, बालबालिकासँग कार्यरत सबै सरोकारवालाहरुको ह्वाटसएप ग्रुप बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशवाट तयार गरी आपसी समन्वय गर्ने । विषयमा साझा निष्कर्ष निकालिएको छ । उक्त बैठकमा कोशी प्रदेशका प्रमुख सिमानाका जोडिएका ४ स्थानीय तहका बालकल्याण अधिकारी, कोशी प्रदेशका ५ वटा हेल्पलाईन सेवा १०९८, माईती नेपाल र साना हातहरुको प्रतिनिधित्व रहेको थियो ।

Address

Shree Mahal
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9775550121

Alerts

Be the first to know and let us send you an email when NCRC-National Child Rights Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NCRC-National Child Rights Council:

Shortcuts

Share