District Police Office Lamjung

Directions Website Contact the organization

District Police Office Lamjung Welcome to District Police Office Lamjung, Official page. For Emergencies, Dial 100 for Police Support.

CAP निरीक्षण तथा अनुगनम सम्पन्न ========================आज मिती २०८३ कात्तिक १६ गते तालुक नेपाल प्रहरी प्रदेश कार्यालय प...
02/11/2026

CAP निरीक्षण तथा अनुगनम सम्पन्न
========================
आज मिती २०८३ कात्तिक १६ गते तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीबाट CAP निरीक्षणको क्रममा प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीज्यू समेतको टोलिले यस जिल्ला प्रहरी कार्यालय लमजुङको अपराध अनुसन्धान शाखा,उजुरी तथा छानविन शाखा,महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र,CFD र CCIS शाखाको कार्य सम्पादन तथा हिरासत कक्षको निरीक्षण गर्नु भई सुधार गर्नुपर्ने पक्षहरु औल्याई अनुसन्धानको प्रकृयाहरु,विभागीय निर्देशन,CAP निर्देशनको लक्ष्य उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको।

" सामाजिक सञ्जाल प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम गरिएको"‌‌**********************************************************...
28/10/2026

" सामाजिक सञ्जाल प्रयोग सम्बन्धि अनुशिक्षण कार्यक्रम गरिएको"
‌‌***********************************************************************
मिती २०८३।०७।११ गते यस कार्यालयका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुलाई "सामाजिक सञ्जाल प्रयोग सम्बन्धि " एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको ।

जेन्जी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ=====================================
22/10/2026

जेन्जी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ
=====================================

🌺विजया दशमी २०८३ को शुभकामना तथा टीका ग्रहण कार्यक्रम 🌺=====================================आज मिति २०८३ साल कात्तिक ०४ ...
21/10/2026

🌺विजया दशमी २०८३ को शुभकामना तथा टीका ग्रहण कार्यक्रम 🌺
=====================================
आज मिति २०८३ साल कात्तिक ०४ गते विजया दशमीको पावन अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङको एक विशेष कार्यक्रमका बीच टीका तथा जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत ज्यूबाट दशैँको पावन आशिर्वाद स्वरूप टीका तथा जमरा र सुभकामना आदानप्रदान कार्यक्रम समापन गरियो ।🙏✨
सत्य, सेवा, सुरक्षणम् 👮‍♂️🇳🇵
– जिल्ला प्रहरी कार्यालय, लमजुङ

हराएको पर्स  फेला पारी सम्बन्धित धनीलाई बुझाइएको‍===================================४कात्तिक २०८३, लमजुङ ।जिल्ला लमजुङ ब...
21/10/2026

हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाइएको
‍===================================
४कात्तिक २०८३, लमजुङ ।
जिल्ला लमजुङ बेसिशहर वडा नम्बर ०८ बस्ने दिल बहादुर गुरुङ्गको कालो रंगको पर्स सो भित्र रु १३,५०० र कागजपत्र फेला पारी मिति २०८३।०७।०४ गते सम्बन्धित पर्स, रकम र कागजपत्र दिल बहादुर गुरुङ्गलाई बुझाइएको ।

विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।।।
21/10/2026

विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।।।

मौला पूजा सम्पन्न============  महानवमीको अवसर पारी आज मिति २०८३-०७-०३ गते, बिहान ०७:३५ बजेको समयमा यस कार्यालयका कार्याल...
20/10/2026

मौला पूजा सम्पन्न
============
महानवमीको अवसर पारी आज मिति २०८३-०७-०३ गते, बिहान ०७:३५ बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूले कार्यालय परिसर भित्र रहेको भगवती मन्दिर, मौला पूजा तथा संकल्प समेत गर्नु भई सम्पन्न भएको थियो ।

यस कार्यालय तथा मातहत समेतबाट असोज महिनामा सम्पादित कार्यहरुको विवरण
19/10/2026

यस कार्यालय तथा मातहत समेतबाट असोज महिनामा सम्पादित कार्यहरुको विवरण

धेरै धेरै हार्दिक बधाई एवं शुभकामना‌‌‌=================‌===== ७१ औँ प्रहरी दिवसको अवसरमा यस कार्यालयका कार्यालय प्रमुख श...
16/10/2026

धेरै धेरै हार्दिक बधाई एवं शुभकामना
‌‌‌=================‌=====
७१ औँ प्रहरी दिवसको अवसरमा यस कार्यालयका कार्यालय प्रमुख श्रद्देय श्रीमान प्रहरी नायव उपरीक्षक श्री जितेन्द्र कुमार बस्नेत ज्यू तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट पुरस्कृत हुनु भएको हुदाँ हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ ।

“ ७१ औं प्रहरी दिवस-२०८३ ” को अवसरमा विविध कार्यक्रम गरी सम्पन्न‍‍‍‍‍‍‍‍‍‍=======================================३० असोज...
16/10/2026

“ ७१ औं प्रहरी दिवस-२०८३ ” को अवसरमा विविध कार्यक्रम गरी सम्पन्न
‍‍‍‍‍‍‍‍‍‍=======================================
३० असोज २०८३, लमजुङ ।
“विपद्‌मा सारथी, संकटमा छहारी: प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूल नाराका साथ “ ७१ औँ प्रहरी दिवस-२०८३” को अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा वीर अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण लगायतको कार्यक्रम सम्पन्न भयो, लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, पूर्व प्रहरी संगठनका अध्यक्ष तथा पूर्व प्रहरी कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी, वीर अमर प्रहरीका परिवारजन तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्र र नागरिकको सेवामा आफ्नो अमूल्य जीवन उत्सर्ग गरी वीरगति प्राप्त गर्नुभएका वीर अमर प्रहरी सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो भने तत्पश्चात प्रमुख अतिथिज्यू लगायत उपस्थित महानुभावहरूले वीर अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी‌ निरीक्षक श्री नेत्र बहादुर थापाज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो, यसै क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद खनालज्यूबाट पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा ईलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक धुर्व प्रसाद शर्माज्यूले उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरूमा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू बाट प्राप्त प्रहरी दिवसको शुभकामना सन्देश वाचन गरी धन्यवाद ज्ञापन गर्दै नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ-दीपावली, छठ‌ तथा ल्होसार पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Address

Lamjung
33600

Alerts

Be the first to know and let us send you an email when District Police Office Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Lamjung:

Shortcuts

Share