16/10/2026
थोक्पेचम्मा कृषक समूहको अध्यक्षमा दुर्गाहाङ लावती निर्वाचित
मिक्लाजुङ, असोज ३०। थोक्पेचम्मा कृषक समूहको दशौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट दुर्गाहाङ लावतीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तेजिन्द्र प्रसाद लावती, सचिवमा नरेश लावती, सहसचिवमा सुबिन राई र कोषाध्यक्षमा रेशम माया लावती चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा भीमबहादुर योङहाङ, धनकुमार लावती, सन्तकुमार लावती, निमा राई लावती, चमर सिंह राई र जसु राई योङहाङ निर्वाचित भएका छन्।
मिक्लाजुङ गाउँपालिका–५ का वडा सदस्य हस्तबिर राईको प्रमुख आतिथ्य तथा गुराँसे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनकुमार लावतीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। समूहका सभापति दिल्लीबहादुर लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दुर्गाहाङ लावतीले गरेका थिए भने स्वागत मन्तव्य अनिता नेम्वाङ राईले राखेकी थिइन्।
नवनिर्वाचित कार्यसमितिले कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन वृद्धि, व्यावसायिक खेतीको विकास तथा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा जोड दिने अपेक्षा गरिएको छ।