Routine of Farwest Nepal

Directions Website Contact the organization

Routine of Farwest Nepal Like the page and get information Rise Again

मृ'त्यु जितेर आमाको काखमा फर्किए सञ्जय ❤️🙏 नेपाली सुरक्षाकर्मीको जय होस् 🇳🇵
14/09/2026

मृ'त्यु जितेर आमाको काखमा फर्किए सञ्जय ❤️🙏
नेपाली सुरक्षाकर्मीको जय होस् 🇳🇵

शुभकामना 🙏
14/09/2026

शुभकामना 🙏

कै'दीबन्'दीहरुलाइ सरकारले श्रम र उत्पादनसंग जोड्न नयाँ कानुन ल्याउने तयारी गरेको छ। 😮  PS. नेपालमा अहिले ~२६,००० कै'दीबन...
15/08/2026

कै'दीबन्'दीहरुलाइ सरकारले श्रम र उत्पादनसंग जोड्न नयाँ कानुन ल्याउने तयारी गरेको छ। 😮

PS. नेपालमा अहिले ~२६,००० कै'दीबन्'दी छन् भने उनीहरु माथी प्रतिवर्ष ३.५१+ अर्ब खर्च भइरहेको छ।

नेपाल फर्कंदा विज्ञप्तिमार्फत ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’ भने । तर यता कांग्रेसक...
15/08/2026

नेपाल फर्कंदा विज्ञप्तिमार्फत ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’ भने । तर यता कांग्रेसको इतर समूहको कार्यालय चुनदेवीमा सभापतिको नेमप्लेटमा उहाँकै नाम देखियो । यो कस्तो विरोधाभाष हो ?

सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले सामान खरिदमा अनियमितताको प्रश्न उठाउँदै छानबिन माग गरेपछि गृहमन्त्री सुदन ...
15/08/2026

सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले सामान खरिदमा अनियमितताको प्रश्न उठाउँदै छानबिन माग गरेपछि गृहमन्त्री सुदन गुरुङले असन्तुष्टि जनाएका छन्। आफ्नो अनुपस्थितिमा प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रीले भने, "त्यसप्रति हामी खुसी छैनौं~वि आर नट ह्याप्पी।"

Important: काठमाडौंमा ग्याँस सिलिण्डरहरू बिक्री वितरण बारे जानकारी - बिहान १० बजेदेखि साँझ ६ बजेसम्म। 🙏Location: निगमको ...
15/08/2026

Important: काठमाडौंमा ग्याँस सिलिण्डरहरू बिक्री वितरण बारे जानकारी - बिहान १० बजेदेखि साँझ ६ बजेसम्म। 🙏

Location: निगमको टेकु परिसर
Gas: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल

Location: यातायात कार्यालय परिसर, चावहिल
Gas: नेपाल र एचपी

Location: राधा-स्वामी, कीर्तिपुर परिसर
Gas: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम

Location: राधा-स्वामी, बुढानिलकण्ठ परिसर
Gas: नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम

Location: पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल
Gas: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, STC, लोकप्रिया र सूर्य

महेश बस्नेत भन्नु हुन्छ -: उपसभामुख पदकै बेइज्जत हुने अवस्था आउनु दुःखद हो। कस्तालाई कस्तो पद सुहाउँछ भन्ने विवेक र मापद...
15/08/2026

महेश बस्नेत भन्नु हुन्छ -: उपसभामुख पदकै बेइज्जत हुने अवस्था आउनु दुःखद हो। कस्तालाई कस्तो पद सुहाउँछ भन्ने विवेक र मापदण्ड नहुँदा नयाँपनको नाममा हुने यस्तै हो—लज्जाशरणम्!

ढिला जन्मिनु वा नयाँ पुस्ताको हुनु मात्र योग्यता होइन। अनुभव, क्षमता, परिपक्वता, मर्यादा र जिम्मेवारीबोधबिनाका व्यक्तिहरू राज्यका उच्च तहमा पुग्नु नेपालीकै बेइज्जती र मुलुककै दुर्भाग्य हो।

"जनतामा देखिएका निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । - शेरबहादुर देउवा
15/08/2026

"जनतामा देखिएका निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । - शेरबहादुर देउवा

"सुनील खत्री ले लेखेको जस्ता को त्यतै"💔 बुढी, आज म तिमीसँग टुटेको मन लिएर कुरा गर्दैछु… 😔पुलिसमा छौ भन्दैमा आफ्नै श्रीमा...
15/08/2026

"सुनील खत्री ले लेखेको जस्ता को त्यतै"

💔 बुढी, आज म तिमीसँग टुटेको मन लिएर कुरा गर्दैछु… 😔

पुलिसमा छौ भन्दैमा आफ्नै श्रीमान्लाई यति धेरै पीडा दिन त मिल्दैन नि। अझ बच्चालाई लिएर डराउने कुरा सुन्दा मेरो मन कति टुट्छ, त्यो शब्दमा भन्न सक्दिनँ। एउटा आमाको मनमा आफ्नो बच्चाप्रति कति माया हुन्छ होला भन्ने सोच्थेँ, त्यसैले यस्तो कुरा सुन्दा म झन् भित्रैदेखि भाँचिन्छु। 💔

तिमीलाई म रोएको पनि नाटक जस्तो लाग्न सक्छ। तर म त्यस्तो मान्छे होइन। म भावुक मान्छे हुँ, जसले आफ्नो सम्बन्धलाई साँचो मानेर माया गरेको छ। मेरो आँसु नाटक होइन, मेरो मनको पीडा हो। 😢

एकपटक मलाई नै भन—हाम्रो सम्बन्ध बचाउन मैले के गरेनँ?

तिम्रो परिवारसँग कुरा गरेँ। समस्या समाधान होस् भनेर धेरै कुरा सहें। आफूले सकेसम्म सम्झाएँ। तिमीलाई मनाउन कति पटक झुकेँ, कति पटक “अब यस्तो नगर, हामी राम्रोसँग बसौँ” भनेर बिन्ती गरेँ। यहाँसम्म कि तिम्रो अगाडि हात जोडेर “अबदेखि यस्तो नगर्नु, म पूरा जीवन तिमीसँग बिताउन चाहन्छु” भनेँ। 🥺

तर मेरो माया, मेरो प्रयास र मेरो आँसुको कुनै मूल्य रहेन जस्तो लाग्यो।

यदि आफ्नो मान्छेको कदर गर्न सकिँदैन भने बिहे किन गर्ने?
बिहे भनेको केवल फोटो खिच्नु वा समाजलाई देखाउनु होइन। बिहे भनेको एउटा मान्छेको हात समाएर उसको सुखमा हाँस्नु र दुःखमा साथ दिनु हो। ❤️‍🩹

मसँग पनि सपना थिए बुढी।
मैले पनि सोच्थेँ—तिमीसँग घर बनाउनेछु, घुम्नेछु, तिमीलाई खुसी राख्नेछु, हरेक दुःखमा तिम्रो साथ दिनेछु। राति थाकेर आए पनि तिमीसँग दुई मिनेट कुरा गरेर मेरो दिन पूरा हुनेछ। यी सपना मैले अरू कसैसँग होइन, तिमीसँग विवाह गरेर देखेको थिएँ। 💔

तर बिहेको एक महिनामै तिम्रो बोली, व्यवहार र मप्रतिको दृष्टिकोण परिवर्तन भएको महसुस भयो। हाम्रो फोटो र भिडियोहरू delete गरिँदा सायद तिम्रो लागि ती सामान्य फोटो र भिडियो थिए होलान्, तर मेरो लागि ती हाम्रो जीवनका सम्झना थिए, हाम्रो सम्बन्धका निशानी थिए।

विश्वास गर, म अब आफैंलाई सम्हाल्न गाह्रो भइरहेको अवस्थामा छु। धेरै कुरा मनभित्र थुपारेर बसेको छु। आज बोल्न थालेँ भने धेरै कुरा निस्किन्छन्, किनकि लामो समयदेखि म चुप बसेको छु। 💔

तिमीले मलाई “अर्को बिहे गर, केटी खोजिदिन्छु” भन्दा मेरो मन कति मरेको थियो होला, कहिल्यै सोच्यौ?
बिहे गरेको मान्छेलाई आफ्नै श्रीमतीले यस्तो कुरा भन्दा त्यो मान्छेको मनमा के बित्छ होला? Bimala Bhat

Address

Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Routine of Farwest Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of Farwest Nepal:

Shortcuts

Share

Category