12/11/2026
*****यात्रु बाहक EV हाईस गाडी दुर्घटना सम्बन्धी*****
मिति २०८३।०७।२६ गते अं.०५:४५ बजेको समयमा जि.मकवानपुर भिमफेदी गा.पा.०६ चिसपानी गढी स्थित भिमफेदी कुलेखानी काठमाण्डौ सडकखण्डमा काठमान्डौबाट सर्लाहीको लागी आउदै गरेको म.प्र.०३-००१ ज ०८८० नं.को यात्रु बाहक EV हाईस गाडी सडकबाट अं .५०० मिटर भिरमा खसेर दुर्घटना भएको उक्त गाडीमा चालक सहित १५/१६ जना यात्रुहरु सवार रहेको उक्त स्थानमा इ.प्र.का.भिमफेदी मकवानपुर,स.प्र.बल नेपाल कारागार सुरक्षा बेस भिमफेदी,श्री बहु उदेश्यिय प्लाष्टिक उधोग भिमफेदीमा खटीएको नेपाली सेना,जि.प्र.का. मकवानपुर र बागमती प्रदेश बिपत ब्याबस्थापन गुल्म थानाभर्याङ हेटौडाबाट खटिएको संयुक्त टोलीले घटनास्थलबाट निम्न नाम थर वतन भएका मानिसहरुको उद्धार गरि हेटौडा अस्पतालमा ल्याई उपचार भईरहेको ।
निम्न:-
१.जिल्ला सर्लाही चक्रघट्टा गा.पा. ४ सुन्दरपुरटोल बस्ने वर्ष अं. ३३ को मुकेश यादव (९८००८४२०२०) को टाउको र ढाडमा चोट, अवस्था सामान्य ।
२.ऐ.ऐ. बस्ने गुड्डु यादवको छोरा वर्ष अं. ५ को सक्षम कुमार यादवको शरिरमा भित्री चोट, अवस्था सामान्य ।
३.निज गुड्डु यादवकै छोरा वर्ष अं. ३ को सुदन यादवको टाउको र मुखमा चोट, अवस्था मध्यम ।
प्राय मानिसहरु सर्लाही गा.वि.स. वडा नं. ३/४ का वासिन्दाहरु रहेको भन्ने बुझिएको उक्त घटनामा ५ महिला (३ बालिका) र ५ जना पुरुष गरी १० जनाको घटनास्थलमा शव भेटिएको व्यहोरा जानकारी गराइन्छ ।
साथै प्राय मानिसहरु सर्लाही गा.वि.स. वडा नं. ३/४ का वासिन्दाहरु रहेका भन्ने बुझिएको उक्त घटना सम्बन्धमा केही कुरा बुझ्नु वा जानकारी दिनु परेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (मो. ९८५५०९०३१५) अथवा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (मो. ९८५४०५६२२२) मा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ ।