07/09/2022
ตอนนี้ดูความสัมพันธ์ของคนรักของคุณ เล่นฟรีและดูผลลัพธ์ 💙💚🧡
สเกลเปอร์เซ็นต์ความรัก - Linkfly รู้เปอร์เซ็นต์ความรักของคู่ของคุณ
The HOPE is the team of Energetic Youth having a ONE GOAL,HAPPY SOUL to support people in NEED. Our simple support can bring a big spotlight in anyone's LIFE
07/09/2022
ตอนนี้ดูความสัมพันธ์ของคนรักของคุณ เล่นฟรีและดูผลลัพธ์ 💙💚🧡
สเกลเปอร์เซ็นต์ความรัก - Linkfly รู้เปอร์เซ็นต์ความรักของคู่ของคุณ
07/09/2022
💚🎮เลือกสิ่งที่เหมาะกับคุณที่สุดจากกลุ่มใหม่ของเรา 💖🎮🖤👇
07/09/2022
💚🚨เลือกสิ่งที่เหมาะกับคุณที่สุดจากกลุ่มใหม่ของเรา 💖🚨🖤👇
विनम्र अनुरोध 🙏
तुरुन्त ( Urgent Blood ) रगत चाहियो !
Blood group : AB+
स्थान : भेरी अस्पताल ,नेपालगन्ज
सम्पर्क :9800548111 / 9860116845
यस हाम्रो ग्रुप तथा अन्य साथी मित्रहरुमा कोहि इच्छुक मन भएकाहरुमा कसैले माथी उल्लेखित रगत दिन चाहनु हुन्छ भने कृपया सहयोग गरिदिनु होला !
जो कसैले दिन सक्नु हुन्छ !
" सेवा नै धर्म हो "
धन्यवाद
हामी अझ धेरै गर्न चाहन्छौं
तपाईंहरुको सल्लाह, सहयोग ,साथ हामिलाई चाहिएको छ !
"One Goal, Happy Soul" -The HOPE
आजको कार्यक्रमको झलक...
18/06/2022
कार्यक्रम सफल रुपमा सम्पन्न भएको छ ।
पुर्व निर्धारित समय अनुसार द होप (The HOPE) क्लबको सहयोग र सहकार्यमा आज सनिवारका दिन यसै क्लबका सम्योजक श्री चन्दनराज दास ज्यु को सम्योजक्त्वमा नेपालगन्ज उपमहानगर पालिका वडा न-२० को सुधार टोलमा बसोबास गर्दै आएका आर्थिक रूपमा निकै बिपन्न र सारिरिक रुपमा अशक्त रहेका श्री सुकाई अहिरको परिवारलाई निम्नलिखित सामान सहयोग स्वरुप हस्तान्तरण गरिएको छ !
१. ह्यान्ड पम्प - १ सेट / थान
२.जस्ता -२ बन्डल (१६ थान ,रंगिन , ९ फुट )
कार्यक्रमका सम्योजकले फेरि पनि यस्तै सामाजिक क्रियाकलाप तथा नयाँ नयाँ योजनाहरु विभिन्न बडा ,समाजमा गर्दै जाने वाचा र प्रतिबद्धता जनाउनु भएको छ !
उक्त कार्यक्रममा २० नम्बर वडाका सदस्य श्री चक्र बहादुर बुढाले क्लब र कार्यक्रमलाई प्रभाबकारी बनाउन आफ्नो पनि साथ र सहयोग रहने बताउनु भएको छ ।
त्यहाका स्थानीय बासिन्दाहरुले यसरी नै युवाले सामाजिक कार्य गरेको देख्दा आफुहरु निकै खुशी भएको बताएका छन ।
वास्तविक सहयोग पाउने परिवारले हामिबाट मिलेको सहयोगले दुखमा केहि राहत मिलेको बताएका छन !
यसै क्लबका Core Team Members, सक्रिय सदस्यहरु, स्थानीय सामाजसेवि तथा अगुवाहरुको उपस्तिथिमा हौसला र खुशीका साथ कार्यक्रम सम्पन्न भएको छ !
प्रत्येक्ष-अप्रत्यक्ष रूपमा हामिलाई आर्थिक ,सामाजिक ,भावनात्मक रूपमा सहयोग गर्ने सम्पुर्ण महानुभावलाई हामी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं !
हाम्रो यो सुरुवात हो ! सहयोग सानो होस या ठुलो होस -सहयोग सहयोग नै हो ।
"One Goal,Happy Soul"- The Hope Group
17/06/2022
"सेवा नै धर्म हो "
यहीँ विचार र उदेश्यका साथ हाम्रो The Hope Group टिमले
भोलि सनिवार अर्थात मिति २०७९/३/४ गतेका दिन नेपालगन्ज उपमहानगर पालिका वडा न-२० को सुधार टोलमा बसोबास गर्दै आएका श्री सुकाई अहिरको परिवार निकै नै आर्थिक रूपमा अति बिपन्न तथा सारिरिक रुपमा अशक्त भेटिएकोले सामाग्री सहित आर्थिक सहयोग गर्ने अन्तिम निर्णय गरेका छौ !
यो निर्णय लिनुभन्दा अगाडि वास्तविक परिस्थितिको पहिचान यस ग्रुपका सम्योजक श्री चन्दन राज दास ,Survey Team का leader श्री प्रदिप कुमार हरिजनको अध्यक्षता भएको थियो | उक्त टोलमा उहाँ भन्दा कम्जोर परिस्थिति भएको ब्यक्ति ,परिवार सिफारिसको क्रम Survey गर्दा भेटेनौ !
यस परिवारको सत्यतथ्यलाई अन्तिम रुप दिन त्यहाँका स्थानीय बासिन्दा संगपनि बहस ,छलफल गरेका थियौ !
यहीँ कुरालाई Core Team भित्र पनि लामो छलफल गरेपछि भोलि नै उदेश्य र वाचा सहित सहयोग गर्ने जमर्को गरेका छौ !
उक्त कार्यक्रमलाई सफल बनाउन भोलि हाम्रो टिमका सम्पुर्ण सदस्यहरु ,सहयोगि मन तथा इच्छुक महानुभावहरुको महत्त्वपूर्ण उपस्थिति जनाइ हातेमालो गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं !
स्थान : बडा न : २० (सुधार टोल ) , राझा, ने उ प मा
समय : भोलि बिहान ८ बजे
मिति : २०७९/०३/४
सम्पर्क : ९८६०११६८४५
"One Goal,Happy Soul"- The HOPE
आज मिति २०७९/०२/३० गते बेलुका ५ बजे THE HOPE क्लब को मिटिङ बस्ने भएकोले सबैजना समयमा उपस्थित भैदिनहुन अनुरोध गर्दछौं। हाम्रो उदेश्य अनुसार यहीँ महिनामा हाम्रो प्रयासले कुनै परिवारको समयमै सहयोग गर्न सकिने भएकालेे छलफलका लागी Core Team लगायत सबै सदस्यहरु उपस्थित भैदिनहुन अनुरोध गर्दछौं।
समय -५:०० बजे बेलुका
स्थान : नेपालगन्ज उपमहानगरपालिकाको परिसर
"One Goal,Happy Soul"- The Hope