15/08/2023
देश बिदेशमा रहनु भएका सम्पुर्ण साथीभाइ, आफन्त, इस्टमित्रहरुमा हार्दिक अनुरोध । जुम्लाकी चेली Lalkura Yogi बिगत १ वर्षबाट ब्लड क्यान्सर पिडित भै हाल पाटन अस्पतालमा उपचाररथ छिन, उपचारको क्रममा आर्थिक अभाव भै रहेकोले सहयोगको याचना गर्दै छिन । तसर्थ सकेजती सहयोग गरौ, सिघ्र स्वास्थ लाभको कामना गरौ । तपाइँ हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो महत्त्व राक्छ ।
सहयोगी मनहरुको निम्ति बिरामिका
श्रीमान : खुम्बिलाल कुवर
बैंक :नेपाल बैंक लि. शाखा जुम्ला
खाता नम्बर :२०००१००७४९८०२६०००००१
13/04/2021
यो नयाँ वर्ष २०७८ मा बिगत झै राजनीति किचलो नहोस, स्थिर सरकार बनोस, मिचिएका सिमानाहरु नियमित बनुन, आत्मनिर्भर अर्थतन्त्रको जग बसोस, शिक्षा, स्वास्थ र रोजगार सबैले पाउन, बिदेश बाट हरेक दिन भित्रने काठका बाकसहरु बन्द होउन, खेत वारि बाजो राखेर कुनै युवाले पासपोर्टमा भिसा लगाउन नपरोस, धुलाम्मे शहर र हिलाम्मे सडकहरु सुधार होउन् , अझै सम्म बन्न नसकेका पुल पुलेसाहरु बनुन, वर्सौ देखिका अलपत्र योजनाहरु सम्पन्न होउन, शक्तिको आडमा हुने लुटपाट र भ्रष्टाचार बन्द होवस, ऋण र अनुदानका नाममा हजारौंको ऋण हाम्रा टाउकामा नआओस, MCC जस्तो सम्झौता खारेज होवस, बलात्कारीलै मृत्युुडण्ड होस, हत्या र बलात्कारको समाचार फेरि सुन्न नपरोस, जिर्ण सडक र लापरबाहीका कारण हुने भयानक दुर्घटनाहरु नहुन, सबैका धारामा शुद्ध पिउने पानी आओस् , महङ्गी, कृतिम अभाव र सिन्डिकेटको अन्त्य होस् , उखु किसानले भुक्तानी पाउन, भुकम्प पीडितले नयाँघरमा बस्न पाउन, बाडी, पहिरो, हिमपात र हावाहुरीले जनधनको क्षेती नहोस, कोरोना महामारीले मुक्ति पाओस यहि नयाँ वर्षको हार्दिक शुभकामना । 💐💐💐💐
26/12/2020
राप्ती बगर सरसफाइका बारे क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका अभियन्ता के भन्छन एक पटक सुन्नु हाेस।।।
राप्ती बगर सरसफाइका बारे क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका अभियन्ता के भन्छन एक पटक सुन्नु ह
राप्ती बगर सरसफाइ अभियान ः क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज भाग २
16/12/2020
Narainapur Hulaki Rajmarg
नरैनापुर हुलाकी राजमार्ग
13/06/2020
नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेतको नया नक्सा बमोजिमको निशान छाप परिमार्जित गर्न 'संविधान संसोधन विधेयक' सर्वसम्मत रुपमा पारित भएको यो ऐतिहासिक दिनलाई सबैले स्वागत गरौ । यसरी नै राष्ट्रियता, लोकतन्त्र, न्यायीक स्वतन्त्रता र मानवाधिकार का लागि सधै राष्ट्रिय एकता कायम हुन सकोस ।
#धन्यवाद
#नेपाल_सरकार
#सम्पुर्ण_राजनैतिक_दलहरू
#हामी_नेपाली_जनताहरु
🙏🇳🇵🙏
01/06/2020
नेपालगन्ज उप-महानगरपालिकाकी उपमेयर आदरणीय उमा थापामगर ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ ।
01/06/2020
#बुद्धदय_युवा_क्लब मार्फत बाकेको सिमानामा भारतबाट आउने नेपाली यात्रुहरूलाई मास्क, जीवनजल र ग्लोब्स लगायतका मेडिकल सामाग्रीहरु वितरण गर्दै आउनु भएका नेपालगन्जका युवा समाजसेवीहरु #डा_विजय_प्रधान र #विमल_प्रधान मार्फत #बुद्वदय_युवा_क्लब द्वारा खाना खुवाउने अभियानका निम्ति सहयोग पुर्याउने उदेश्यले आज बिहान क्लबलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।
सहयोगको निम्ति प्रधान दाजुभाइलाई हार्दिक धन्यवाद !
28/05/2020
आज मिति २०७७ जेठ १५ गते बुद्ध दय युवा क्लबको अथक प्रयासमा तथा नेपालगन्ज २ का अध्यक्ष सुनिल सिह हमालको पहलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा ज्युको बुद्ध टोल अबलोकन भ्रमण भयो ।
उहाको भ्रमणले बुद्ध टोलको बिकास निर्माण सङ सम्बन्धित बाटो, नाला, बिधुत, खानेपानि लगायतका विषयहरु स्थानियले आफ्नै घर आगनमै आफ्ना जनप्रतिनिधिलाई राख्ने मौका पाए । सो क्रममा मेयर डा. राणाबाट आगामी बजेटमा बुद्ध टोलका बाटाहरुको स्तरउन्नती गरिने र क्रमस आफ्नै कार्यकालमा नै टोलका सबै बाटाहरु PPC ढलान गरिने प्रतिबद्धता व्याक्त गर्नु भयो ।
अबलोकन, समय र प्रतिबद्धताको निम्ति मेयर डाक्टर धवल शम्सेर राणा ज्युलाई बुद्ध दय युवा क्लबको तर्फ बाट हार्दिक धन्यवाद ।
26/05/2020
बुद्वदय युवा क्लबको सहकार्य तथा २ नम्बर वडाका अध्यक्ष श्री सुनिल सिंह हमाल ज्युको अध्यक्षतामा नेपालगन्ज उप-महानगरपालिका न्युरोड स्थित बौद्वनगरमा श्री जयकरण रोकायको नेतृत्वमा ७ सदस्यीय बौद्व पार्क निर्माण उपभोक्ता समिति सर्वसम्वत गठन गरियो ।