14/04/2026
नेपालगन्जमा सृजना बुढा मगरको जली मृ*त्यु घटनाका फरार २ जना प्रतिवादीहरु पक्राउ ।
Banke
14/04/2026
नेपालगन्जमा सृजना बुढा मगरको जली मृ*त्यु घटनाका फरार २ जना प्रतिवादीहरु पक्राउ ।
09/04/2026
पार्टीको सिफारिस अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेको जानकारी गराएका छन्।
08/04/2026
सीप परीक्षण मूल्याङकनकर्ता (Skill Test Assessor) तालिम सहभागी आवेदन आह्वान सम्बन्धी सूचना !
08/04/2026
नेपालगन्जमा जिउदै ज लाएर ह त्या गरिएको घटनामा संसदमा खगेन्द्र सुनारले भने प्रहरिले गम्भीरतापुर्बक नलिदा उक्त घटना घट्यो :
नेपालगन्जमा चैत १४ गते २३ बर्सिया सिर्जना बुढाको प्रेमिले जिउदै ज लाएर ह त्या गरिएको भनिएको घटनामा बाँके -३ का संासदमा खगेन्द्र सुनारले संसदमा उक्त घटनालाई गम्भिरता पुर्बक लिन ध्यानाकर्षण गराएका छ्न साथै उनले मृतक महिलाले घटना पहिला प्रहरिमा उजुरी गरेकी र प्रहरिले गम्भीरतापुर्बक नलिदा घटना घटेको भन्दै प्रहरिमाथी आरोप लगाएका छ्न ।
उक्त महिलाले घटनाको अघिल्लो दिन १३ गते प्रेमिले कुटपिट गरेको भनेपछी प्रहरिले प्रेमि मो.आरिफ ढपालिलाई नियन्त्रणमा लिएको र घटनाको दिन १४ गते सहमतिको छोडेको थियो । हालसम्म प्रहरिले प्रेमि सहित ३ जनालाई नियन्त्रण मा लिएको छ ।
07/04/2026
भयानक दुर्घटना, तीन युवकको जलेरै मृत्यू ।
SEE परीक्षा दिएर फर्किंदै गर्दा जलेश्वर–बर्दिबास सडकमा टक्कर! ३ जना जलेर मृत्यु, ३ जना घाइते
महोत्तरी । जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा र बखरीचोकको बीचमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भीषण दुर्घटना भएको छ। दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई ३ जनाको जलेर मृत्यु भएको छ। साथै अन्य ३ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई प्रारम्भिक उपचारपछि अंचल अस्पताल जनकपुर रेफर गरिएको प्रहरीले जनाएको छ।
07/04/2026
विद्यालय स्वास्थ्यकर्मी पदको लागि आवेदन दिने सम्बन्धी सामाजिक विकास डिभिजन कार्यालय बाकेको सूचना ।
07/04/2026
एउटै विद्यालयमा एकपटक भर्ना भए पश्चात् पटकपटक विद्यार्थीको भर्ना शुल्क लिन नपाइने । लिएमा कारबाही हुने ।
07/04/2026
२०८२-०३-३२ गते नेपालगञ्ज उप महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको विज्ञप्ति
06/04/2026
लुम्बिनी प्रदेशमा २०८३ सालका लागि थप सार्वजनिक बिदा स्वीकृत
06/04/2026
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन गरेर राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम बनाएछ
नेपाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै चैत्र २३ गते देखि सरकारी कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम भएको छ ।😮
PS. शुक्रवार पनि कार्यलय समय ९-५ नै हुनेछ!
05/04/2026
दाङ घट्ना: प्रेमिकाका दुई केटाबीचको खेलमा साथी गएका १७ वर्षीय स्मितको निर्मम ह*त्या । उनी घरका एक्ला छोरा थिए 😢
दाङको राप्ती गाउँपालिका–२ स्थित दोलाई खोलामा १७ वर्षीय स्मित प्रधानको खुकु'री प्रहा!रबाट ज्यान गएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यो घ'टना प्रेम सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्मित आफ्ना साथी १६ वर्षीय आयुशमान थापासँगै गएका थिए। थापालाई एक केटी साथीले फेसबुकबाट बोलाएकी थिइन्। सोही विश्वासमा दुवै जना त्यहाँ पुगेका थिए। तर त्यही भेट नै स्मितको जीवनको अन्तिम क्षण बन्यो…
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा त्यहाँ अन्य दुई युवक पनि रहेका थिए—२० वर्षीय सन्दिप वली र १८ वर्षीय निश्चल चौधरी। अनुसन्धानमा ती केटीसँग सन्दीपसँग पनि सम्बन्ध रहेको खुलेको छ। यसलाई प्रहरीले “डबल खेल” को रूपमा हेरिरहेको छ। सामान्य भेटघाटको क्रममा वि'वाद बढ्दै जाँदा खु'कुरी प्र'हार भएको र स्मितको ज्यान गएको बताइएको छ।
स्मित घरका एक्ला छोरा थिए। उनी केही दिनअघि मात्रै पोखराबाट घर फर्किएका थिए र ब्रिटिस आर्मीको तयारी गरिरहेका थिए।
घ'टनामा घाइते भएका आयुशमान थापाको हाल उपचार भइरहेको छ। उनको शरीरका विभिन्न भागमा गम्भीर चो'ट लागेको छ।
प्रहरीले घट'नामा संलग्न रहेको आ'रोपमा सन्दिप वली, निश्चल चौधरी र एक किशोरीलाई पक्राउ गरिसकेको छ।
मायाको नाममा खेलिएको यस्तो खेलले फेरि एउटा निर्दोष जीवन लियो… एउटा परिवारको उज्यालो निभायो ।