Kohalpur Gallery

Kohalpur Gallery

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kohalpur Gallery, Public Service, Kohalpur-2, Banke, Nepalganj.

06/04/2026

एउटै बिद्यालय , एउटै विद्यार्थी
तर हरेक वर्ष Admission Fee किन ?

29/03/2026

के नेपालगञ्ज अब अपराधीहरूको अखडा बनेको हो? 😡🔥
​आज नेपालगञ्जको सडकमै एक महिलालाई जिउँदै जलाइएको खबरले रगत उम्लिएर आएको छ। यो कुन युग हो? जहाँ एउटी महिलालाई सडकको बीचमा समूहले जलाउँदा पनि हाम्रो समाज र प्रशासन मुकदर्शक बन्छ?
​यो अपराध मात्र होइन, यो त राज्यको सुरक्षा व्यवस्थामाथिको नाङ्गो नाच हो।
‼️ हाम्रो माग स्पष्ट छ: ‼️
१. अपराधीहरूलाई २४ घण्टाभित्र सार्वजनिक गरियोस्!
२. यस्ता 'राक्षस' हरूलाई हदैसम्मको कानुनी कारबाही होस्!
​यदि आज हामी बोलेनौं भने भोलि हाम्रै घरको ढोकासम्म यो आगो आइपुग्नेछ। चुप नबसौं, उठौं र यो बर्बरताको विरुद्ध गर्जौं! ✊🦁

Photo: AI बाट तयार गरिएको हो । सांकेतिकको लागि मात्र

28/03/2026

रवि लामिछानेले सुधन गुरुङलाई 'चेसको प्याधा' जस्तै अघि सारेर राजनीतिमा एउटा चलाखीपूर्ण चाल चलेका छन्। गुरुङलाई अगाडि देखाए पनि मुख्य योजनाकारको रूपमा रवि, विश्वराज पोखरेल र गोविन्द पन्थीले काम गर्ने देखिन्छ। यो नयाँ समीकरणले देशमा साँच्चै सुशासन ल्याउला त? भन्ने प्रश्न भने कायमै छ।

25/03/2026

कानुन कार्वाही गरि देश निकाला गरिओस ।

22/03/2026

सूचना।।। सूचना।।।। सूचना।।।।
तिलगंगा आँखा अस्पताल र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षणका लागि वडा बासीहरूलाई तपसिलकाे समय र स्थानमा उपस्थित भई सेवा लिन हार्दिक अनुरोध गर्दछाैं।
> स्क्रिनिङ (आँखा परीक्षण): २०८२ चैत ९ गते।
> समय:-बिहान १० बजे देखि ३:००बजे सम्म।
> स्थान: आधारभुत स्वास्थ केन्द्र काेहलपुर २,बाँके।

10/03/2026

कास्कीबाट चुनाब जितेका रा स्व पा सांसद गनेस पौडेलले अबको ५ बर्ष आफूले नगर्ने कामको सुची तयार पारेका छन् । धेरैले गर्ने कामको सुची तयार पार्दा उनले भने आफूले कदापि नगर्ने कामको सुची तयार पारेर फरक ढंगले प्रस्तुत भएका छन । उनी लेख्छन् :

१. आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला । म गर्दिनँ ।

२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला । म गर्दिनँ ।

३. ट्राफिक नियम उ'ल्लङ्घन गरेपछि का'र'बा\हीबाट बच्न सोर्स–फोर्स लगाइदिन नभन्नु होला । म गर्दिनँ ।

४. ला'गूऔ'षध ओसारपसार, ठ'गी, जा'लसा'जी, कु'टपि'ट, चो'री–त'स्करी जस्ता कुनै पनि के'समा भ'नसुन वा त्यस्तै, कुनै पनि प्रकारको ज'रिवाना वा का'नुनी का'रबा'हीबाट ब'चाइदिन पनि नभन्नु होला । मान्दिनँ ।

५. महिला, दलित, यौ'निक अल्पसंख्यक, आ'ङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिं'सा वा ज्या'दतीको के'स थामथुम पार्न सहयोग नमाग्नु होला ।
म उल्टै खनिन्छु ।

६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गै'रकानु'नी के'स मिलाइदिन नभन्नु होला । म गर्दिनँ ।

७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला । यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।

८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्र'लो'भनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।
त्यसले झन् उल्टो असर गर्छ ।

९. सरकारी सेवा छिटो गराइदिन द'बाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला । म गर्दिनँ ।

१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला । म गर्दिनँ ।

११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला । विकासको वितरण समानुपातिक र योजनाबद्ध हुनुपर्छ।

१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, द'बाब दिन वा बद'ला लिन सहयोग नमाग्नु होला ।
म त्यस्तो राजनीतिमा छैन ।

१३. “मैले तपाईंलाई भो'ट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा नबोलाउनु होल । म भ्याउँदिनँ । अन्य दुःख वा मर'ण परेको बेला भने भ्याएसम्म आफैँ आउँछु, बोलाउन पर्दैन ।

08/03/2026

पुरानो पुस्तालाई सन्तानको सन्देश: "हामीलाई झन्डा बोक्ने कार्यकर्ता होइन, पढ्ने अवसर दिने नेता चाहियो!" 🔔🔥
​कर्णालीका ती १९ वर्षीय युवाको अनुभवले भन्छ— काठमाडौँका ठुला कलेजमा ५ लाख खर्च गरेर पढ्न अब नेताको घर दैलो धाउनु पर्दैन। बालेन शाहले ल्याएको छात्रवृत्ति प्रणालीले ५२,२८२ गरिबका छोराछोरीलाई कक्षा ११ र १२ मा २ अर्ब २५ करोडको राहत दिएको छ।
​त्यसैले त:
​न भनसुन, न सोर्सफोर्स!
​बा-आमाको पुरानो पार्टी चटक्कै छोडेर घण्टी मा भोट! 🗳️
​अन्धभक्त हुनुभन्दा भविष्य खोज्नु ठुलो कुरा!
​यो 'घण्टी' को लहर होइन, यो त काम गर्नेलाई सम्मान र नगर्नेलाई बिदाइ गर्ने जनताको फैसला हो। अब पालो देशैभरि यस्तै सिस्टम बसाल्ने! 🚀🇳🇵

06/03/2026

बहुमत हुँदा र दुई तिहाई हुँदाकाे तुलना !!
अनि
मत परिणाम आउनु अघि नै विजयी यी अनुहारहरु साधुभाव ! अनि चुनावमा सहभागी सबै १ कराेड ८८ लाख लाई बधाई तथा शुभकामना !

08/02/2026

नेपाली सिने जगतका वरिष्ठ कलाकार सुनिल थापाको निधनले स्तब्ध बनाएको छ । उहाँको योगदान उहाँको अभिनय सधै जिवन्त रहनेछ ।
#भावपुर्ण_श्रद्धाञ्जली

Photos from Kohalpur Gallery's post 06/02/2026

#दया_होइन, #सामर्थ्य_रोजौँ: किन #महावीर_पुन नै #म्याग्दीको_विकल्प?
जब काठमाडौँ र पोखरा जस्ता सहरका मानिसहरू 'इन्टरनेट' शब्दसँग अपरिचित थिए, त्यतिबेलै म्याग्दीका भिर-पाखाहरूमा तारबिनाको प्रविधि (Wireless) पुर्‍याएर विश्वलाई चकित पार्ने व्यक्ति महावीर पुन हुन्। उनलाई 'लाटो' वा 'सोझो' सम्झनु हाम्रो बुझाइको कमजोरी हो ।
जुन समयमा घरकै आँगनको स्कुल जान डराउने चेतना थियो, त्यो कठिन कालखण्डमा आँट गरेर अमेरिकाको विश्वविद्यालयलाई चिठी लेख्ने र छात्रवृत्ति पाउने उनी साहसी विद्रोही हुन्।

#किन_दिने_पुनलाई_भोट?

#दृष्टिकोण (Visionary): उनी आजको मात्र होइन, १०० वर्ष पछिको नेपाल कस्तो हुनुपर्छ भन्ने खाका कोर्न सक्ने क्षमता राख्छन्।
#निस्वार्थ_कर्म: आफ्नै टाउकोमा किताब बोकेर, सडकमा पसिना बगाउँदै 'कृषि औजार कारखाना' ब्युँताउने सपना कुनै सामान्य मानिसले देख्न सक्दैन। यो पागलपन होइन, देश निर्माणको पराकाष्ठा हो।
#क्षमतामा_आधारित_छनोट (Competence): उनलाई 'बिचरा' ठानेर दयाको भोट होइन, यो देश हाँक्न सक्ने सबैभन्दा योग्य 'मस्तिष्क' ठानेर योग्यताको भोट दिनुहोस्।

िमागले_बुझ्न_नसक्ने_महावीर_पुनको_भिजनले_नै_अब_म्याग्दीको_मुहार_फेर्नेछ।

उम्मेदवार: महावीर पुन Mahabir Pun FC®
क्षेत्र: म्याग्दी-१
चुनाव चिन्ह: △ (त्रिभुज)

05/02/2026

अनपढ महिलाले घरलाई स्वर्ग बनाउँछिन्,
पढेलेखेकी महिला कोट–कचहरी धाउँछिन्”
तितो लाग्ला, तर यसभित्र लुकेको प्रश्न गम्भीर छ**

यो वाक्यले महिलाको अपमान होइन,
आजको समाजको दिशा माथि प्रश्न उठाउँछ।
किनकि समस्या पढाइमा होइन,
समस्या सोच, संस्कार र अहंकारमा छ।

हिजोका महिलाहरू
कागजमा अनपढ थिए होलान्,
तर व्यवहारमा
इमानदार, धैर्यवान् र संस्कारी थिए।
घरलाई घरजस्तो बनाउने कला
उनीहरूलाई थाहा थियो—
बोलचाल, सहनशीलता र समझदारीले।

उनीहरूले
“म मात्र सही” भनेनन्,
“म मात्र ठूलो” भनेनन्,
घरलाई अदालत होइन,
मन्दिर बनाए।

आजको समय फरक छ।
पढाइ आफैँमा दोष होइन,
अधिकार आफैँमा गलत होइन,
स्वतन्त्रता पनि पाप होइन।
तर
अधिकारको नाममा जिम्मेवारी बिर्सिनु,
स्वतन्त्रताको नाममा परिवार च्यातिनु,
पढाइको नाममा अहंकार पलाउनु
यहीँबाट समस्या सुरु हुन्छ।

कतिपय अवस्थामा
श्रीमतीले
घरका अरू सदस्यसँग सल्लाह नगरी
“म मात्र जान्ने” को भूमिका लिन्छिन्,
श्रीमानलाई प्रतिद्वन्द्वी ठान्छिन्,
साना विषयलाई
ठूला लडाइँ बनाइन्छ।
र अन्ततः
घरभित्र समाधान खोज्नुको सट्टा
सिधै कोट–कचहरीको बाटो समातिन्छ।

यहाँ प्रश्न उठ्छ—
के हरेक समस्या अदालतले समाधान गर्छ ?
कि
संवाद, सहनशीलता र परामर्शले
धेरै घर बच्न सक्छन् ?

महिलालाई स्वतन्त्रता दिनु
गलत होइन,
तर
स्वतन्त्रतासँगै
परिवारप्रतिको उत्तरदायित्व
हरायो भने
त्यो स्वतन्त्रता
घरका लागि विष बन्न सक्छ।

त्यस्तै,
पुरुष पनि
सबै सही हुँदैनन्।
कसैको अहंकार,
कसैको लापरवाही,
कसैको अवहेलना
घर भत्किने कारण बन्छ।
तर
घर जोगाउन
दुवै पक्षले
आफ्नो “म” अलिकति
छोड्नैपर्छ।

यो लेखरचना ले सन्देश स्पष्ट पार्छ की
समस्या पढेलेखेको वा अनपढ हुनु होइन,
समस्या संस्कार र सोच हो।
घर स्वर्ग बन्न
डिग्री होइन,
दिल ठूलो हुनुपर्छ।

घर अदालत होइन,
अन्तिम विकल्प अदालत हो।
पहिलो विकल्प
संवाद, समझदारी र सहनशीलता हो।

यदि हामीले
पुरानो संस्कारको धैर्य
र आजको शिक्षाको चेतना
दुवैलाई सँगै लिएर हिँड्न सकेँ भने,
घर फेरि
स्वर्ग बन्न सक्छ।


साभार: सामाजिक संजाल

24/01/2026

को होला त भावी प्रधानमन्त्री ?🤔

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kohalpur-2, Banke
Nepalganj
21904