04/07/2022
जनगुनासोलाई द्रुतरुपमा सम्बोधन गर्ने Rapid Response मोडेल अन्तर्गतको अनुगमन निरीक्षण गर्ने क्रममा आज नेपालगञ्ज बजारको चोक चोकमा जारको पानी खुल्ला रुपमा वितरण गर्दै आइरहेको पानी पसलका दुईवटा विक्रि केन्द्रमा निरीक्षण गरियो ।
त्यहाँ पाइएका लेबल, नेक शिल नभएका फोहोर,कुरूप, एमशिल लगाएर टालेका, फुटेका जारलाई नियन्त्रणमा लिइयो, साथै अब आइन्दा बिना लेबल र लेबलमा उत्पादन मिति, ब्याच नं., उपभोग्य मिति, उत्पादकको पूरा ठेगाना नभएका जार नराख्नका साथै पानी भण्डारन गर्ने ट्याङ्कलाई सफा गर्ने र पसल व्यवस्थापन गरी खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइयो ।
उपभोक्ता ज्यूहरुलाई पनि हैजाको महामारी चल्ने जोखिम रहेको यो बेलामा सही विधिले फिल्टर गरेको, प्रशोधित वा उमालेर सेलाएको पानी मात्र पिउन र खानपानमा प्रयोग गर्न अनुरोध गर्दछौँ । यसरी वितरण केन्द्रमा पानी लिँदा सफा बोत्तल मात्र प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।
Matina Joshi Vaidya
01/07/2022
आज २०७९ /०३/१७ गते बाँके जिल्लामा यस खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मंच, बाँके, औषधि व्यवस्था कार्यालय, नेपालगंज, जिल्ला प्रशासन कार्यालय, बाँके तथा अनुगमन भएका स्थानको स्थानीय तहको प्रतिनिधी सहितको टोलीले बजार अनुगमन निर्देशिका २०७९ले निर्दिष्ट गरेको अधिकार प्रयोग गरी संयुक्त बजार अनुगमन गरेको छ l
अनुगमनको क्रममा पसलमा भेटिएका म्याद गुज्रेका खाद्य वस्तुहरु नष्ट गरिएको छ भने खाद्यान्न बिक्रि- वितरण सम्बन्धि असल अभ्यासको लागि आवश्यक निर्देशन पनि दिईएको छ l Matina Joshi Vaidya
28/06/2022
खानेपानीको जार/बोत्तलमा खाद्यको लेवल नम्बर नभएमा प्रयोग नगर्न विभागको अनुरोध
काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा प्रयोग हुने खानेपानी जार वा बोत्तलको लेवलमा विभाग....
28/06/2022
खाद्यले भन्यो : डीएफटीक्यूसी जार/बोत्तलको पानी मात्रै प्रयोग गर्नू
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको बोत्तल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर म.....
28/06/2022
फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न आग्रह
१४ असार, काठमाडौं । फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई खाद्य प्रविधि तथा ग...
23/06/2022
नेपालगंजका फलफुल बजार, भण्डारण-गोदाममा
अनुगमनलाई निरन्तरता दिदै.... Matina Joshi Vaidya
21/06/2022
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि खाद्य नियमावली ( नियम १९ - घ ) विपरित, केरा, आँप लगायतका फलफूल कृतिम रुपमा पकाउन, भण्डारण /कोल्ड स्टोरमा कार्बाईड ( एसीटाईलीन ) रसायन पदार्थ प्रयोग भए-नभएको कुराको लागि यस खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन गरेको छ l अनुगमनको क्रममा कानुन विपरित मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कार्बाइड प्रयोग नभएको पाइएको छ l यद्दपी अनुगमनको क्रम निरन्तर जारि रहने छ l
Matina Joshi Vaidya
15/06/2022
खाद्यबस्तु किन्न अघि सचेत बनौ, ठगिएला नि ! - Nepalgunj News
अहिले बजारमा रंङ्गीबिरङ्गी फलफल अनि लेवल नभएका गुणस्तरमा आशंका लाग्ने खाद्य बस्तु छ्यापछ्याप्ती आउन थालेका छन्...
11/06/2022
बरिष्ठ खाद्य अनुसन्धन अधिकृत, श्री ज्ञानेन्द्र प्रसाद मण्डल सर सेवा निवृत हुदा गरिएको बिदाई समारोह !
२०५४ बैशाख १२ गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष सम्म सेवारत रहि निष्ठापुर्ण र प्रभावकारी रुपमा सेवाप्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने क्रममा मिति २०७६ पुष १६ गते बाट यस कार्यालय को कार्यालय प्रमुख का रुपमा एक अभिभावक भएर कार्यालय संचालन गरी मिति २०७९ जेठ १५ गते बाट उमेर हदका कारण सेवा निवृत हुनु भएकाले मिति २०७९ जेठ २७ गते आयोजना गरिएको विदाई समारोह का केही झलकहरू !
वहाको सेवा निवृत जिवनमा थप क्रियाशिलता तथा सु-स्वास्थ को कामना गर्दछौ ।
विदाई कार्यक्रममा यस कार्यालय का सबै कर्मचारी साथै खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय , नेपालगंज , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी, कर्मचारी मिलन केन्द्र , बाँके , खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड , नेपालगंज का कार्यालय प्रमुख , अध्यक्ष तथा अन्य कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो ।
07/06/2022
विश्व खाद्य स्वच्छता दिवस को मिडिया कभरेज
सप्ताहव्यापी विश्व खाद्य दिवस नेपालगन्जले भब्य रुपमा मनायो । - कस्तुरी खबर
बाँके। ‘’स्वच्छ, सन्तुलित आहार, सन्तुलित जीवनको आधार”भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्या...
07/06/2022
विश्व खाद्य स्वच्छता दिवस-२०२२ को अवसरमा २०७९ ज्येष्ठ २४ गते आयोजित प्रभातफेरी कायक्रम। सहभागी हुनुहुने सबै महानुभावहरुलाई धन्यवाद।