03/06/2026
राप्ती सोनारी गाउँपालिका वडा नं ६को आयोजनमा तथा BEE GROUP, आई.डी.ई नेपालको सहजीकरणमा राप्ती सोनारी गा.पाको वडा नं ६ स्थित सामुदायिक सहिद पार्क परिसरमा आयोजित कृषि तथा पोषण मेला प्रदर्शनी उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय समुदायमा पोषणयुक्त आहार, कृषि उत्पादन तथा स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
मेलामा गाउँपालिकाभित्रका महिला समूह, कृषक, बालबालिका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पोषणयुक्त खाद्य सामग्री, स्थानीय कृषि उत्पादन, तरकारी तथा फलफूल प्रदर्शनीका साथै पोषणसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।
03/06/2026
शिलबन्दी दर भाउ पत्र पेश गर्ने सम्बन्धमा
03/06/2026
दावी विरोध सम्बन्धी सूचना !!!
02/06/2026
दावी बिरोध सम्बन्धी सार्बजनिक सूचना !!!
01/06/2026
उम्मेदवारहरूको स्वीकृत नामावली प्रकाशन एवम लिखित परीक्षाको समयतालिका प्रकाशन गरिएको सूचना !!
30/05/2026
बाँकेको राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार तथा धम्कीपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् ।
जेठ १३ गते बुधबार दिउँसो करिब ३ बजे केही व्यक्तिहरू हुलहुज्जतसहित गाउँ कार्यपालिकाको कार्यालय, अगैयामा प्रवेश गरी कार्यालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै नियमित कामकारबाहीमा अवरोध सिर्जना गरेको घटनामा कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै आज अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
घटनापछि कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी गरिने अभद्र व्यवहार, धम्की तथा अस्वभाविक गतिविधि स्वीकार्य नहुने बताएका छन् । कानुन बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै पुगेर गरिने यस्ता गतिविधिले समग्र सार्वजनिक प्रशासन तथा सेवा प्रवाह प्रणालीमै नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ ।
कर्मचारीहरूले गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा तथा मर्यादित कार्य वातावरण कायम गर्न सबै सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेका छन् । साथै घटनामा संलग्न पक्षमाथि कानुनी तथा प्रशासनिक कारबाही गरी सुरक्षित कार्य वातावरण निर्माण गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा आवश्यक सुरक्षा तथा कार्य वातावरण सुनिश्चित नभए कर्मचारीहरू नियमित कामकाजमा फर्किन नसक्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
゚
30/05/2026
https://www.dursanchar.com/detail/8580
हुल हुज्जतसहित दुर्व्यवहार घटनाप्रति कर्मचारीको गम्भीर ध्यानाकर्षण
कर्मचारीहरूले संयुक्त रुपमा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्यालयको काम कारबाहीमा अवरोध स...
29/05/2026
राप्तीसोनारीका कर्मचारीले भने- दोषीलाई कारबाही र सुरक्षित वातावरण नभए काम गर्न सक्दैनौं
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयभित्र कर्मचारीमाथि भएको दुर्व्य.....
29/05/2026
'राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले दिए गम्भीर चेतावनी'!
बाँके । राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले जेठ १३ गते गाउँपालिका कार्यालयमा कर्मचारीमाथि भएको दुर्व्यवह...
29/05/2026
https://shakhanews.com/news/1270
गाउँपालिकाका कर्मचारीद्वारा अध्यक्षलाई ध्यानाकर्षण पत्र: कार्य वातावरण नभए कामकाजमा नफर्कन
बाँके १५ जेठ - राप्ती सोनारी गाउँपालिकाको कार्यपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूले कार्यस्थलमा भएको दुर्व....