Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke

Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke

Share

Official page of Nepal Police Province Office Forensic Science Unit, Nepalgunj, Banke

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 30/04/2026

आज मिति २०८३।०१।१७ गते तालुक नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी, काठमाण्डौबाट निरीक्षण भ्रमणको सिलसिलामा पाल्नु भएका प्र.उ. श्री उदय जंग बहादुर राणा ज्यूले प्रयोगशालाबाट भईरहेका कार्यहरु सम्बन्धी स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भई सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भयो । उक्त निरिक्षण कार्यक्रमका तस्वीरहरु-

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 23/02/2026

आज मिति २०८२।११।११ गते यस कार्यालयका कार्यालय प्रमुख ज्यूबाट प्रतिनिधि सभा निर्वाचन २०८२ मा खटिनुपूर्व सम्पूर्ण प्र.क.हरुको निरीक्षण एवं ब्रिफिङ तथा शुभकामना समेत दिनु भएको । उक्त निरीक्षण, ब्रिफिङका केही तस्विरहरुः-

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 22/02/2026

आज मिति २०८२।११।१० गते यस कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु र केही ट्राफिक प्रहरीहरु समेतलाई जि.प्र.का.बाँकेबाट खटिनु भएका प्र.नि. रमेश विष्ट ज्यूले आसन्न प्रतिनिधी सभा निर्वाचन लक्षित अनुशिक्षण तालिम प्रदान गर्नु भएका केही झलकहरु ।

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 03/02/2026

आज मिति २०८२।१०।२० गते तालुक नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी, काठमाण्डौबाट निरीक्षण भ्रमणको सिलसिलामा पाल्नु भएका प्र.उ. श्री पुष्कर राज भट्ट ज्यूले प्रयोगशालाबाट भईरहेका कार्यहरु सम्बन्थी स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भई सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भयो । उक्त निरिक्षण कार्यक्रमका केही झलकहरुः-

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 10/07/2025

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम ।
------------------------------------
मिति २०८२/०३/२६ गते तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं. ८०६१ मिति २०८२।०३/२३ गतेको पत्रले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा/पदोन्नती भई नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई नेपालगंजमा कार्यरत प्रहरी हवल्दार अब्दुल मुहिन खाँलाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र कुइँकेल ज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 16/06/2025

आज मिति २०८२।०३।०२ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) मा संचालन भई रहेको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ब.ह.-प्र.ज.) तालिम ८० औं समुहमा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई यस इकाईद्वारा प्रयोगशालाको अवलोकन गराउनुका साथै सम्बन्धित बिषयमा प्रशिक्षण समेत प्रदान गरिएको ।

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 28/03/2025

मिति २०८१/१२/१३ गते तालुक नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाण्डौबाट यस कार्यालयमा काज सरुवा भई आउनु भएका प्र.नि.सुरेन्द्र कुइँकेल ज्युलाई यस कार्यालयका कार्यालय प्रमुख ज्यू लगायत सम्पुर्ण प्र.क.हरुबाट स्वागत कार्यक्रम गरिएका केही तस्वीर हरु ।

Photos from Nepal Police Forensic Science Laboratory, Nepalgunj, Banke's post 10/03/2025

मिति २०८१।११।२५ गते तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की ज्यू सहितको टोलीले यस नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई नेपालगंजको भ्रमण गर्नु भई प्रयोगशालाको बर्तमान अवस्था, समस्या तथा भावी कार्ययोजनाको बारेमा जानकारी लिनु हुँदाका केही झलकहरु ।

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Address


Nepalgunj
Nepalganj
21900