Lalbandi,Sarlahi

Call Directions Website Contact the organization

Lalbandi,Sarlahi • Wellcome To Sarlahi🙏❤️

• If you would like to advertise, please contact us. ❤️‍🩹

05/10/2026

लालबन्दी नगरपालिका–१४ मा एक घर जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
Video: @उत्तर गुर्माछान

04/10/2026

Parwanipur,Chisapani Bridge ❤️

सर्लाहीको बागमती नगरपालिका–४ स्थित बरम बाबा सामुदायिक वननजिकै स्थानीयले लगाएको परबर खेतमा आइतबार बिहान जङ्गली हात्ती मृत...
04/10/2026

सर्लाहीको बागमती नगरपालिका–४ स्थित बरम बाबा सामुदायिक वननजिकै स्थानीयले लगाएको परबर खेतमा आइतबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ।

लालबन्दी-७ मा बागमती प्रदेश ०१-०२९-च ०१२६ नम्बरको कार र मधेश प्रदेश ०३-०३५ प २७१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घ...
03/10/2026

लालबन्दी-७ मा बागमती प्रदेश ०१-०२९-च ०१२६ नम्बरको कार र मधेश प्रदेश ०३-०३५ प २७१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बागमती नगरपालिका वड़ा नं. ३ का ४७ वर्षीय वडाध्यक्ष तिलक मोक्तान ज्यूको असामयिक निधन भएको छ।।उहाँको दिवंगत आत्माको सम्मान...
02/10/2026

बागमती नगरपालिका वड़ा नं. ३ का ४७ वर्षीय वडाध्यक्ष तिलक मोक्तान ज्यूको असामयिक निधन भएको छ।।
उहाँको दिवंगत आत्माको सम्मान गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ र साथै उहाँको आत्मा स्वर्गमा बास होस भन्ने कामना गर्दछौ !

🛒 लालबन्दीमा गरियो खाद्यान्न पसल अनुगमनसर्लाहीको लालबन्दीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मलङ्गवाको अ...
01/10/2026

🛒 लालबन्दीमा गरियो खाद्यान्न पसल अनुगमन

सर्लाहीको लालबन्दीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मलङ्गवाको अगुवाइमा उद्योग वाणिज्य संघ, लालबन्दी तथा लालबन्दी नगरपालिकाको सहकार्यमा खाद्यान्न पसलहरूको अनुगमन गरिएको छ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्य सामग्रीहरू नष्ट गरिएको छ। कार्यक्रममा उद्योग वाणिज्य संघ, लालबन्दीका उपाध्यक्ष श्री राजकुमार चौधरीज्यू, इलाका प्रहरी कार्यालय नवलपुर तथा नगर प्रहरीको समेत सहभागिता रहेको थियो।
उद्योग वाणिज्य संघ, लालबन्दीले सम्पूर्ण व्यवसायीहरूलाई म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण नगर्न, खाद्य वस्तुको म्याद र लेबल नियमित रूपमा जाँच गर्न तथा उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकता दिन आग्रह गर्दछ।

लालबन्दी–७ स्थित लर्ड बुद्ध स्किल एन्ड ट्रेनिङ सेन्टरबाट चोरी भएको ल्यापटप नवलपुरको एक मोबाइल पसलमा बेच्न खोजेको अवस्थाम...
30/09/2026

लालबन्दी–७ स्थित लर्ड बुद्ध स्किल एन्ड ट्रेनिङ सेन्टरबाट चोरी भएको ल्यापटप नवलपुरको एक मोबाइल पसलमा बेच्न खोजेको अवस्थामा फेला परेको छ।
मोबाइल पसल सञ्चालकले मण्डेला इन्स्टिच्युटलाई खबर गरेपछि ल्यापटप जाँच गर्दा लर्ड बुद्ध स्किल एन्ड ट्रेनिङ सेन्टरकै भएको पुष्टि भएको हो। चोरीमा संलग्न व्यक्तिले नवलपुर क्षेत्रमा अन्य ठाउँमा समेत चोरी गरेको खुलेपछि उनलाई इलाका प्रहरी कार्यालय नवलपुरको जिम्मा लगाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

29/09/2026

❤️

लालबन्दीमा चाडपर्व नजिकिएसँगै चोरहरुको पनि बिगबिगी बढ्न थालेको छ।।सबैजनाले आफ्नो घर सामान सुरक्षित पारेर राख्नुहोला ।।
27/09/2026

लालबन्दीमा चाडपर्व नजिकिएसँगै चोरहरुको पनि बिगबिगी बढ्न थालेको छ।।
सबैजनाले आफ्नो घर सामान सुरक्षित पारेर राख्नुहोला ।।

अब लालबन्दी नगर भित्रका नागरिकले आफ्नो Licence नगरमै लिन पाउने।।यस लालबन्दी नगरका नगर प्रमुख श्री वासुदेव अधिकारीज्यू तथ...
27/09/2026

अब लालबन्दी नगर भित्रका नागरिकले आफ्नो Licence नगरमै लिन पाउने।।

यस लालबन्दी नगरका नगर प्रमुख श्री वासुदेव अधिकारीज्यू तथा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलज्यू को पहलमा श्री यातायात व्यवस्था कार्यालय वर्दिवास, महोत्तरीसँग समन्वय गरी लालबन्दी नगरभित्रका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले यस लालबन्दी नगरपालिका ठेगाना भएका नागरिकहरुको मिति २०८३ आषाढ मसान्तसम्म जारी तथा नवीकरण भइ छपाई भएर आएका स्मार्ट सवारी चालक अनुमतीपत्र (Licence) वितरण नगरपालिकाबाटै हुने भएकोले संलग्न सुचीमा नाम उल्लेख भएका व्यक्तिहरु ले आफ्नो प्रमाण खुल्ने कागजात पेश गरी सवारी चालक अनुमति पत्र बुझिलिनु हुन अनुरोध छ। नामावली हेर्न लिंक खोल्नुहोला । 👇👇 https://drive.google.com/file/d/1iXnlEZyV2TgCfPjOr4MjB9_hLvXBETtD/view?usp=sharing

Address

Lalbandi
Patharkot
4001

Alerts

Be the first to know and let us send you an email when Lalbandi,Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lalbandi,Sarlahi:

Shortcuts

Share