गनेस पौडेल - सचिवालय

गनेस पौडेल - सचिवालय

Share

सुझाव, गुनासो तथा भेटघाटको लागि : 9847305618
सचिवालय

29/05/2026

संविधानसभाको पहिलो बैठकले नेपाललाई 'गणतन्त्र' घोषणा गर्दै जनताको अधिकार स्थापित गरेको दिन (वि.सं. २०६५ जेठ १५) को सम्झनामा मनाइने गणतन्त्र दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !🇳🇵

#जेठ१५
***n

28/05/2026

It was a pleasure to attend the opening ceremony of the 23rd Kathmandu International Mountain Film Festival (KIMFF) and watch the Nepal premiere of *Shape of Momo*. The film powerfully reflects the emotional and cultural realities of Himalayan life, along with the balance between tradition and personal freedom.

I sincerely appreciate the KIMFF team for creating such an important platform that promotes cinema, culture, mountain heritage, and global dialogue. Festivals like KIMFF help showcase Nepal’s stories, creativity, and identity to the world.

I also enjoyed staying through the ceremony and sharing my thoughts with filmmakers, artists, and cinema lovers. I wish this year’s festival great success and hope it continues to support Nepal’s film and tourism sectors through art and cultural exchange.


***n

28/05/2026

त्याग, विश्वास, मानवता र आपसी सद्भावको पवित्र सन्देश बोकेको बकर ईद (ईद-उल-अजहा) को शुभ अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरू सहित समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस महान पर्वले विविधताभित्रको हाम्रो राष्ट्रिय एकता, सहिष्णुता, सामाजिक सद्भाव र मानवीय प्रेमलाई अझ प्रगाढ बनाउँदै शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणतर्फ सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।

जय होस्।

***n

Photos from गनेस पौडेल - सचिवालय's post 17/05/2026

खुसीको कुरा !

विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे संसारको सर्वोच्च शिखर सगरमाथाको ३२ औं पटक सफल आरोहण गरी आफ्नै विश्वकिर्तिमानलाई पुनः तोडेका छन्। सोलुखुम्बु थामेमा सन् १९७० मा जन्मिएका कामी रिताले यस उपलब्धिबाट नेपाललाई पुनः गौरवान्वित बनाएका छन्।

त्यसैगरी, "माउन्टेन क्विन" उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकिर्तिमान कायम गरेकी छन्। सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी छन्।

आजै नेपालको पर्वतारोहणमा कायम हुन गएका यी दुई ऐतिहासिक उपलब्धीबाट नेपालको पर्वतीय पर्यटनलाई विश्वभर अझै विशिष्ट र गौरवपूर्ण बनाउन योगदान पुर्‍याउने विश्वास छ।

15/05/2026

इच्छुक सबैमा अनुरोध।

01/05/2026

२५७० औँ बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

शान्ति, करुणा, मैत्री, सहिष्णुता र अहिंसाको मार्गदर्शन दिने भगवान गौतम बुद्धका अमूल्य उपदेशहरूले मानव समाजलाई सदैव सत्य, नैतिकता र मानवताको बाटोमा अग्रसर गराइरहेका छन्।

यस पावन अवसरले आपसी सद्भाव, सहअस्तित्व र विश्वशान्तिको भावना अझ सुदृढ बनाउँदै सम्पूर्ण मानव जातिमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने मंगलकामना व्यक्त गर्दछु।

बुद्ध जयन्तीको हार्दिक शुभकामना।

जय घण्टी🔔
जय परिवर्तन 🇳🇵


***n ***nshah

01/05/2026

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा श्रम, पसिना र समर्पणद्वारा समाज तथा राष्ट्र निर्माणमा अमूल्य योगदान पुर्‍याउनु हुने सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु।

श्रमको गरिमा, श्रमिकको अधिकार र सम्मानित जीवन सुनिश्चित हुनु नै समृद्ध राष्ट्र निर्माणको आधार हो।
मेहनत गर्ने प्रत्येक हात सुरक्षित, सम्मानित र सशक्त बनोस् भन्ने कामना सहित अन्तर्राष्ट्रिय मजदूर दिवसको शुभकामना।

जय घण्टी🔔
जय परिवर्तन 🇳🇵


***n ***nshah

24/04/2026

लोकतन्त्र केवल एउटा शासन पद्धति होइन, यो त नागरिक चेतना र संघर्षको उच्चतम उपलब्धि हो। जनताको आवाजलाई थिचेर कुनै पनि सत्ता दीर्घकालीन हुन सक्दैन। तर, लोकतन्त्रको वास्तविक परीक्षा व्यवस्था परिवर्तनमा होइन, राज्यको चरित्रमा हुने पारदर्शिता, सामाजिक न्याय र नागरिकको मर्यादामा हुन्छ।

सत्ता परिवर्तन हुँदैमा लोकतन्त्र पूर्ण हुँदैन; यसको सार्थकता तब मात्र झल्किन्छ जब एउटा सामान्य नागरिकको जीवनमा राज्यको उपस्थितिले न्याय र सुरक्षाको अनुभूति दिलाउँछ। आजको दिन ती वीर सहिद र योद्धाहरूको सपनालाई आत्मसात् गर्दै सत्तालाई प्रश्न गर्ने र उत्तरदायी बनाउने संकल्प गर्ने अवसर हो।

लोकतन्त्रको गहिराइ यही हो— यो केवल नेता फेर्ने प्रक्रिया होइन, बरु नागरिकलाई 'प्रजा' बाट 'सम्मानित सदस्य' मा रूपान्तरण गर्ने चेतना हो। लोकतन्त्र तब मात्र बाँच्छ, जब नागरिक समाज केवल दर्शक नभई व्यवस्थाको सक्रिय पहरेदार बन्छ।

जय नेपाल🇳🇵
जय घण्टी 🔔


***n

22/04/2026

हामी प्रायः पृथ्वीलाई एउटा उपभोग्य वस्तु मान्छौँ, तर दार्शनिक रूपमा यो हाम्रो अस्तित्वको एकमात्र आधार हो। पृथ्वी बचाउनु भनेको कुनै बाह्य वस्तुको संरक्षण गर्नु होइन, बरु आफ्नै जीवन र भावी पुस्ताको भविष्य सुनिश्चित गर्नु हो। प्लास्टिकजन्य बस्तुको न्युनतम उपयोग र जलस्रोतको जगेर्ना,वृक्षारोपण जस्ता स-साना लाग्ने व्यवहारहरू वास्तवमा एउटा ठूलो अस्तित्वगत क्रान्तिका प्रस्थानविन्दु हुन्।
हामीले बुझ्नुपर्छ—हामी प्रकृतिका मालिक होइनौँ, केवल अंशियार हौँ। जबसम्म हामी उपभोगको मोहभन्दा माथि उठेर प्रकृतिको संरक्षक बन्न सक्दैनौँ, तबसम्म हाम्रो प्रगति र विकासका सबै दाबीहरू अर्थहीन रहनेछन्। पृथ्वी सुरक्षित रहे मात्र जीवनको लय सम्भव छ।

पृथ्वी बचाउनु भनेको आफ्नै जीवन, स्वास्थ्य र भावी पुस्ताको भविष्य जोगाउनु हो।
पृथ्वी बचाऔँ, सुरक्षित भविष्य बनाऔँ।




***n

18/04/2026

आज विश्व सम्पदा दिवस (World Heritage Day) को अवसरमा, हाम्रो देशको समृद्ध सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाप्रति गहिरो सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल विविधता र सम्पदाको धनी राष्ट्र हो। हाम्रा प्राचीन सम्पदाहरू केवल पहिचानका प्रतीक मात्र नभई भावी पुस्ताका लागि अमूल्य धरोहर पनि हुन्। यी सम्पदाहरूको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापन गर्नु हाम्रो साझा दायित्व हो।

यस महत्वपूर्ण दिनले हामी सबैलाई आफ्ना मौलिक सम्पदाप्रति अझ सजग, जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरित गरोस् भन्ने कामना गर्दछु।
— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री


***n

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Majheri Patan
Pokhara
33700