15/04/2026
प्राङ्गारिक मल प्रबर्द्धन कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
माटो तथा मल परिक्षण शाखा,
प्रदेश कृषि प्रयाेगशाला, गण्डकी प्रदेश।
15/04/2026
प्राङ्गारिक मल प्रबर्द्धन कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
#माटाे_नमुना_संकलन_सम्बन्धी_जानकारी_मूलक
कृषि विषय अध्ययनरत विद्यार्थीहरुलाई प्राविधिक ज्ञान र सीप प्रदान गर्नको लागि माटोको नमुना सङ्कलन र माेबाइल भ्यानबाट गरिने परीक्षण बारे प्रदेश कृषि प्रयोगशाला, पोखराका माटाे विज्ञ मार्फत गर्दै सिकाउँदै।
साथै भिडियो सम्पादनको लागि NAMP लमजुङ मा Internship गर्ने विद्यार्थीहरुलाई हार्दिक धन्यवाद!
03/04/2026
प्रदेश कृषि प्रयोगशालाको आयोजना, राष्ट्रिय कृषि आधुनकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, बागलुङ सँगको सहकार्यमा २०८२-१२-१६ देखि १८ गतेसम्म ताराखोला गाउँपालिकामा मोबाईल भ्यान मार्फत घुम्ती माटो परीक्षण शिविर सम्पन्न गरिएको छ।
उक्त शिविरमा ताराखोला गाउँपालिकाको विभिन्न वडाहरुको कुल ११७ नमूना परीक्षण गरिएको थियो ।
22/03/2026
प्रदेश कृषि प्रयोगशाला, पोखराको आयोजनामा मिति २०८२-१२-०५ देखि २०८२-१२-०८ सम्म पोखरा मा सञ्चालन गरिएको "माटो जाँच तथा व्यवस्थापन सम्बन्धी प्रा.स./ ना.प्रा.स. स्तरीय क्षमता अभिवृद्धि तालिम"
काे मिति २०८२-१२-०८ गते कार्यालय प्रमुख सुनिल पाण्डे ज्यू को अध्यक्षता तथा कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव श्री वासुदेव रेग्मी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो। तालिममा गण्डकी प्रदेश भित्रको विभिन्न कृषि विकास कार्यालय, कृषि तथा पशु विकास कार्यालय साथै स्थानीय तहहरुको कृषि शाखामा कार्यरत २५ जना कृषि प्राविधिक हरुको सहभागिता रहेको थियो ।
उक्त तालिम कार्यक्रम का केही झलकहरु...
19/03/2026
प्रदेश कृषि प्रयोगशाला, पोखरा को आयोजना मा २०८२-१२-०३ देखि ०४ गतेसम्म महाशिला गाउँपालिका, पर्वतमा निःशुल्क माटो परीक्षण शिविर शिविर सञ्चालन गरियो।
उक्त शिविरमा सो गाउँपालिका को १-६ वार्ड सम्मका कुल १८६ माटोको नमुना जाँच गरियो। उक्त नमुनाको पि.एच. जाँच गर्दा ६५% माटो अम्लीय, ३३% तटस्थ र २% क्षारीय देखियो। त्यस्तै मुख्य खाद्यतत्वहरु नाइट्रोजन, फस्फोरस र पोटास जाँच गरिएको थियो जसमा त्यहाँको माटोमा नाइट्रोजन: १९% कम, २५% मध्यम, ५६% अधिक; फस्फोरस: ५५% कम, ३५% मध्यम, १०% अधिक; पोटासियम ६५% कम, १८% मध्यम, १७% अधिक रहेको पाइयो। माटो जाँच पश्चात् कृषि चुन र मलखादको सन्तुलित प्रयोगको निम्ति माटो जाँच तथा मलखाद सिफारिस पत्र प्रदान गरियो।
05/12/2025
'स्वस्थ माटो, स्वस्थ गाउँ सहर’ भन्ने मूल नाराकासाथ यसपालीको 12 औ विश्व माटो दिवस भव्यताका साथ सुसम्पन्न भएको छ।
13/10/2025
कृषि चुन प्राप्त गर्नको लागि उपभोक्ताको तर्फबाट योगदान गर्नुपर्ने २५% रकम जम्मा गर्ने सम्बन्धी सूचना!!
02/09/2025
माटो परीक्षणका आधारमा कृषि चुन प्राप्त गर्न प्रस्ताव पेश गर्ने सूचना
14/05/2025
माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराको आर्थिक सहयोगमा बिहादी गाउँपालिका-०५, पर्वत मा सञ्चालित "शिवजी खोला आई. पि. एन्. एस्. (IPNS) कृषक पाठशाला" को यस कार्यालयका कार्यालय प्रमुखको टोली सहितको अवलोकन, अनुगमन साथै उक्त पाठशालामा निःशुल्क माटो शिविर समेत सञ्चालन।
मिति २०८२/०१/२७-२८ गते ।
10/05/2025
माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराको आयोजनामा मिति २०८२/०१/२२ देखि २०८२/०१/२५ सम्म सञ्चालित प्रा.स./ ना.प्रा.स.
स्तरीय "माटो जाँच तथा व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम"
गण्डकी प्रदेशका ११ ओटै जिल्लाका प्राविधिक हरुको उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न।
साथै तालिमको समापन कार्यक्रम यसै प्रयोगशालाका कार्यालय प्रमुख सुनिल पाण्डे ज्यूको अध्यक्षता र गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रदेश सचिव वासुदेव रेग्मी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।।
25/03/2025
कृषि ज्ञान केन्द्र, गोरखामा मिनिल्याब सञ्चालनको लागि माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराद्वारा प्राविधिक सहजीकरण
२०८१-१२-१२
18/03/2025
माटो जोगाऔँ
Let's come together to protect our soil and ensure a sustainable tomorrow.
Mato Mato Mato Nepali Mato Song_ATC_माटो गीत Join us in this important initiative to raise awareness about the crucial role of soil in our ecosystem. This song is dedicated to highlighting the significa...