सुचना ! सुचना !! सुचना !!!
हाम्रो यस नबदुर्गा टोल मा यसै आर्थीक बर्ष २०८२/०८३ मा समाबेश सडकहरू मध्ये स्तरोन्नती हुन बॅाकी सडक “लप्सिबोट- पयॅूपानी सडक र घडेरी खण्डको सडक“ निर्माण कार्य तुरून्त सञ्चालन गर्न बिशेष सल्लाह र निर्णय गर्नुपर्ने भएकोले मिती २०८३/०१/१४ गते सोमबारको दिन बिहान ०७ बजे नबदुर्गा मन्दिर परिसरमा अनिबार्य उपस्थित हुन सम्पुर्ण टोलबासिमा हार्दीक अनुरोध गर्दछौं !
नबदुर्गा टोल बिकास संस्था
पोखरा १३ आर्बा
नबदुर्गा टोल बिकास संस्था पोखरा -१३ आर्वा
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नबदुर्गा टोल बिकास संस्था पोखरा -१३ आर्वा, Social service, Pokhara-13, Arva, Pokhara.
05/10/2025
किशोरी हराएको सुचना
विवरण
नाम : सदिक्षा दाहाल
ठेगाना : जिल्ला कास्की पोखरा न. पा. वडा नं. १३ स्थायी वतन
हुलिया : वर्ण गहुँगोरी, उचाई ५ फिट ४ ईन्च, पातलो शरीर भएकी, कालो कपडा लगाएकी
वर्ष १९ की सदिक्षा दाहाल नाम गरेकी मिति २०८२।०६।१८ गते मामा घर जान काहुँखोला बाट बस चढि हिडेकी र हालसम्म घरमा नआएकी, आफन्त ईष्टमित्रहरुको सम्पर्कमा समेत नआएकी हुँदा उल्लेखित हुलिया भएकी बालिकालाई कहीँ कतै देख्नु हुने महानुभावले निम्न नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ ।
सम्पर्क नम्बर :9846021884
आफन्त : 9846161748
प्रहरी : १००/९८५६०१००३३
21/09/2025
हार्दीक श्रद्दाञ्जली 😢😢😢
यस नबदुर्गा टोल बिकास संस्था पोखरा -१३ आर्बा धिताल थर निवासी नबदुर्गा टोल बिकास संस्था का उपाध्यक्ष श्री अम्मर धिताल, याम बहादुर धिताल ,राम माया बराल, शिब तिमील्सीना , नारायणी कार्की , शान्ती बराल एंव बिष्णु बरालकी ममतामयी आमा ८९ बर्षीय तिलुमाया धितालको मिती २०८२/०६/०४ गते राती १० : १५ बजे भएको असामाहिक निधनले सम्पुर्ण टोलबासी अत्यन्त मर्माहित भएका छौं । यस दुःखद परिस्थितिमा सम्पुर्ण परिवारजन तथा टोलबासीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनि ईष्वरसॅग सतत प्रार्थना गर्दछौं !
साथै उहॅाको पार्थीक शब भोली मिती २०८२/०६/०६ गते सोमबार बिहान उहॅाको आफ्नै निवाीस नबदुर्गा टोलवाट ०९:३० बजे शबयात्रामा प्रस्थान गरिने र वा ११ः ०० बजे अन्तिम श्रद्दाञ्जलीको लागी रामघाटमा राखी अन्त्योष्टी गरिने जानकारी पनी यसै सुचनामार्फत जानकारी गराउॅदछौं !!!!!!!
नबदुर्गा टोल बिकास संस्था
पोखरा १३ आर्बा
14/09/2025
हालै भएको आन्दोलनको क्रममा पोखरामहानगरपालिका वडा नं - १३ को कार्यालय, कॅुडहरमा भएको अकल्पनीय क्षति को कुरुप अवस्था हटाउनका लागी सर-सफाई कार्यक्रम आयोजना गरिएको हॅुदा वडा नं १३ बाट सम्पुर्ण टोल बिकास संस्थालाई प्रत्यक घरधुरिबाट कम्तिमा पनि एक जना सदस्य अनिवार्य उपस्थित हुन अनुरोध गरिएको हुनाले यस अभियानमा नबदुर्गा टोल बिकास संस्थाका सम्पुर्ण सदस्यलाई पनि निम्न मिती, समय र स्थान मा अनिवार्य सहभागि भईदिनु हुन सादर अनुरोध गर्दछौं !!
मिती - २०८२/०५/ ३० गते सोमबार
समय - बिहान ०८ बजे
स्थान - पोखरा महानगरपालिरा वडा नं १३ को कार्यालय
कॅुडहर
नबदुर्गा टोल बिकास संस्था
पोखरा - १३ आर्वा
मोटरसाईकल फेला परेको बारे सुचना !
आज बिहान मिती २०८२/०५/०४ गते नबदुर्गा टोल बिकास संस्थाको पेजबाट प्रकाशित सुचना अनुसारको हराएको मोटरसाईकल फेला परेको सम्पुर्णमा जानकारी गराउदछौं । यस सुचना बिभीन्न ढंगवाट public गरि सहयोग गर्नुहुने सम्पुर्ण मा हार्दीक नमन !
नबदुर्गा टोल बिकास संस्था
पोखरा १३ आर्बा
सुचना सुचना सुचना !
सम्पुर्ण टोलबासीहरूलाई हार्दीक अनुरोध !
आफ्नो टोल सधैं सफा राखौं भन्ने मुल नारालाई आत्मसाथ गर्दै भोली शनिबार २०८२/०२/ १० गते बिहान ०७ बजे काउखोला मौजा मुल सडक अन्तर्गत यस टोल बिकास संस्थाको कार्य क्षेत्र भित्र पर्ने सडकको नाला एंव सडक सरसफाई गर्ने निर्णय भएको हुदा प्रत्यक घरबाट कम्तिमा एक जना सदस्य औजार सहित ज्युमारे ( राम्चेडॅाडा ) मा उपस्थित भईदिनुहुन सम्पुर्ण टोल बिकास संस्थाका सदस्यहरू, यूवा कल्व तथा आमासमुह हरूलाई नबदुर्गा टोल बिकास संस्था हार्दिक अनुरोध गर्दछ ।
नबदुर्गा टोल बिकास संस्था
पोखरा -१३ आर्वा
11/04/2025
सम्पुर्णमा नमस्कार !
नबदुर्गा टोल बिकास संस्था र नबदुर्गा यूवा कल्बले आयोजना गरेको तेस्रो भलिबल कप तयारीको हामी अन्तिम चरणमा छौं । यस भव्य कार्यक्रमको सभ्य तरबरले सम्पन्न गर्नको लागी नबदुर्गा टोल बिकास संस्था का सम्पुर्ण सदस्य, नबदुर्गा युवा कल्व का सदस्य, नबदुर्गा महिला समुह एंब पोखरा १३ बासी यूवा कल्ब टोल बिकास संस्था एंब आमा समुहहरूलाई लाई हार्दीक अनुरोध गर्दै भोली हुने उद्घघाटन समारोहको लागि नबदुर्गा टोल स्थित पोखरा १३ आर्बा को सबैभन्दा पुरानो प्राचिन ऐतिहासीक मन्दिर नबदुर्गा मन्दिरको प्राङ्गण मा भोली मिती २०८१/१२/३० गते बिहान १०:०० बजे उपस्थित भई पञ्चेबाजा सहित मन्दिर परिक्रमा गरि कार्यक्रम स्थल रतनपाण्डे मा बि को खेलकुद मैदानमा प्रबेश गर्ने ब्यहोरा जानकारी गराउदै सम्पुर्ण पोखरा १३ तथा पोखरा महानगरबासीमा उक्त समय र स्थानमा नबदुर्गा मन्दिर परिसरमा उपस्थित भईदिनुहुन सबिनय अनुरोध गर्दछौं !
🙏🙏🙏🙏🙏🙏पोखरा महानगरपालिका वार्ड नं.13आर्बा मा अबस्थित यस अमलाचौर चापडाँडा टोल विकास संस्था र युवाहरूको समन्वयमा "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथै हाम्रो ठाउँ आर्बाको पहिचान र प्रबर्द्धनका र गरिएको प्रथम भेट्रान्स भलिबल कप (2081/11/29देखि 2081/12/2 सम्म हुने भलिबल प्रतियोगिताको लागि खेलाडीको हौसला र कार्यक्रमको शोभा बढाइदिनुहुन सम्पूर्ण वडा नम्बर १३ टोलबासी आमा समूह तथा समाजसेवी बुद्धिजीवी दाजुभाई तथा दिदीबहिनीहरू हाम्रो यही निमन्त्रणालाई स्वीकारेर कार्यक्रम स्थलमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
स्थान=पोखरा महानगरपालिका वडा नम्बर १३ आर्वा अवस्थित श्री अमर ज्योति विद्यालयको खेल मैदान आर्बा मिति =2081/11/29बिहान10बजे उदघाटन समारोहमा सबै पाल्नुहाेला 🙏🙏🙏🙏🙏🙏
बाटो बन्द हुने बारे अत्यन्त जरूरी सुचना :-
आज मिती २०८१/०८/२१ गते शुक्रबार बाट अर्को सुचना नआउदासम्मको लागी पोखरा १३ काउॅखोला मौजा मुल सडक अन्तरगत नबदुर्गा टोल स्थित दाद्रो मा सडक स्तरोन्नती क्रममा ढलानको कार्य भईरहेको हॅुदा सम्पुर्ण आर्बा बासीलाई आवतजावत गर्न पोखरा १३ साझा हुदै कुलायनमार्ग मणिदीप सहायक शाखा सडक वा कसेरी मणिदीप शाखा सडक प्रयोग गर्न तथा बिजयपुर तथा मौजा बासिलाई भने मुल सडकबाट नै यात्रा गर्न नबदुर्गा टोल बिकास संस्था अनुरोध गर्दछ।
माईक्रो बस सन्चालन सम्बन्धी जरूरी सुचना !!!
हिजो मिती २०८१/०६/०७ गते भएको नबदुर्गा टोल बिकास संस्था र पोखरा यातायात प्रा. लि बिच भएको सहमती अनुसार आज मिती २०८१/०६/०८ गते देखी माईक्रोबस संचालन निम्न समय र स्थानबाट हुने व्यवहरा जानकारी गराईन्छ ।
बिहान ०८ः ५० बजे हल्लनचोकबाट ०९ः२० मा महेन्द्रपुल
०९ः२० बजे महेन्द्रपुलबाट ०९ः४५ मा काउखोला
०९ः४५ बजे काउखोला बाट नबदुर्गा टोल हुदै
छापोको चौतारा
बेलुका ०४ः३० बजे महेन्द्रपुलबाट ०५ बजे काउखोला
०५ः०० बजे काउखोलाबाट नबदुर्गा टोल हुदै
छापाको चौतारा !
नबदुर्गा टोल बिकास संस्था
पोखरा १३ आर्बा
सुचना ! सुचना !! सुचना !!!
यसै नबदुर्गा टोल पोखरा १३ आर्वा मा स्थापित “ श्री प्रभुधाम हरियाली कृषी सहकारी संस्था” को जनकल्याण समिती पोखरा १३ आर्वा मा हुन गहिरहेको छैटौं साधारण सभामा मिती २०८१/०५/२८ शुक्रवार बिहान १० बजे उपस्थीत हुन यसै टोल तथा सम्पुर्ण प्रभुधाम हरियाली सहकारी संस्था का शेयर सदस्यहरूलाई सुचित गरिन्छ !
नबदुर्गा टोल बिकास संस्था
पोखरा १३ आर्वा
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara-13, Arva
Pokhara
