Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय

Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय

Share

Official Page Of Pokhara Metropolitan City, the Tourism Capital Of Nepal

पोखरा-लेखनाथ महानगरपालिका वि. सं. २०७३ फाल्गुन २७ गते घाेषणा भएको हो । यसको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ । यो महानगरपालिकामा कुल जनसंख्या ४,०२,९९५ को बसोवास छ | यस महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै हो | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ ।

04/06/2026

धनगढी उप–महानगरपालिकाका प्रमुख गोपी हमालले सिकाइका हिसाबले पोखरा विश्वविद्यालयका रूपमा स्थापित भइसकेको बताउनुभएको छ । पूर्वाधार विकास, सामाजिक तथा मानव संसाधन विकास, पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पोखरा विश्वविद्यालयका रूपमा स्थापित भइसकेको बताउनुभएको हो ।

पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा सिकाई आदानप्रदानका लागि पोखरा आउनु भएका नगर प्रमुख हमालले यो एक नमुना परियोजनाका रूपमा आफूले अनुभूत गरेको बताउनुभयो । उहाँ नेतृत्वको टोलीले नयाँबजार स्थित निर्माणाधीन जिभिजेड सेन्टरको समेत अवलोकन गर्नुभएको छ ।

करिब ३ हजार बढी हरित रोजगारी सृजना गर्ने लक्ष्य राखिएको उक्त सेन्टरलाई , अपसाइकल र रिसाइकल ज्ञान तथा सीपको आदानप्रदान सहित एक महत्त्वपूर्ण सिकाई केन्द्रका रूपमा विकास गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरामा सञ्चालित परियोजनाहरू मध्येको यो एक महत्त्वपूर्ण योजनाका रूपमा रहेको उहाँले बताउनुभयो ।

Photos from Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय's post 04/06/2026

पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा सिकाई आदानप्रदानका लागि पोखरा आउनु भएका धनगढी उप–महानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित निर्माणाधीन जिभिजेड सेन्टरको अवलोकन गर्नुभएको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना निर्माण भइरहेको छ ।

परियोजना पुन प्रयोग गर्न सकिने सामाग्रीहरू मार्फत निर्माण हुने आरयु उत्पादनहरूका सन्दर्भमा महत्त्वपूर्ण कोशेढुंगा साबित हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । परियोजनाले ३ हजार बढी हरित रोजगारी सृजना गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

04/06/2026

विश्व वातावरण दिवसमा अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले पोखरा १५ स्थित एसोएस स्कुलमा निर्मित पार्कमा वृक्षारोपण गर्नुभएको छ ।

सो अवसरमा नगर प्रमुख आचार्यले महानगरपालिकाले यसअघि नै सुरुवात गरेको मेगा वृक्षारोपण अभियानको निरन्तरता अनुरूप वृक्षारोपण गरिएको बताउनुभयो । पोखरामा विभिन्न प्रजातिका २ लाख २६ हजार वृक्षारोपणको अभियान जारी छ ।

Photos from Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय's post 04/06/2026

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले पोखरा १५ स्थित एसोएस स्कुलमा निर्मित पार्कमा वृक्षारोपण गर्नुभएको छ । विश्व वातावरण दिवसमा अवसरमा उहाँहरूले संयुक्त रूपमा वृक्षारोपण गर्नुभएको हो ।

Photos from Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय's post 04/06/2026

पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा सिकाई आदानप्रदानका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा आइपुगेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना निर्माण भइरहेको छ ।

परियोजना मार्फत झन्डै १० मिलियन अमेरिकी डलरको लगानी र ३ हजारभन्दा बढी रोजगारी सिर्जना हुनेछ । फोहोरबाट कोसेली बनाएर बेच्ने गरी यो घरको निर्माण थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ । परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यको भनाइ छ । फोहोरलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण गरिने उहाँले बताउनुभयो ।

धनगढीका प्रमुख हमालले पोखरा महानगरपालिकाले अवलम्बन गरेको असल अभ्यासहरूको सिकाइका लागि आफूहरू पोखरा आएको बताउनुभएको छ । पोखरा महानगरपालिकाले अवलम्बन गरेका हरेक प्रकारका असल अभ्यासहरू धनगढीका लागि महत्त्वपूर्ण सिकाई हुने उहाँले बताउनुभयो । आफूहरूका लागि पोखरा आफैमा विश्वविद्यालय जस्तो रहेको उहाँले बताउनुभयो ।

पोखरामा निर्माणाधीन परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।

नगर प्रमुख हमाल सहितको टोलीले पोखरामा सञ्चालित आरयु उद्यमसँग सम्बन्धित उद्यमहरूको अवलोकन गर्नेछ ।

03/06/2026

फिर्केखोलाको खोलाघर सफाइका सन्दर्भमा पोखरा महानगरपालिकाको
अत्यन्त जरुरी सूचना तथा अनुरोध !

१. पोखरा महानगरपालिका वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी गरी १६० संरचनाहरू हटाउने कार्य भएको र त्यस्ता संरचना हटाउने कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु हुने सबै महानगरवासीहरु प्रति पोखरा महानगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।
२. खोलाघरमा परेका आंशिक रूपमा हटाइएका तर पूर्ण रूपमा हटाउन बाँकी संरचनाहरू आफै भत्काउन लिखित प्रतिबद्धता जनाएका सबै व्यक्ति÷संस्थाहरुले तोकेको समयमा नै आफै हटाई सहयोग गर्नुहुन महानगरपालिका सम्बद्ध सबैमा आव्हान गर्दछ ।
३. फिर्केखोलाको खोलाघर भित्रका संरचना हटाउँदा निस्केका भग्नावशेष सफाइ कार्यका लागि एक्साभेटर/जेसिबी सहितको प्राविधिक र महानगरीय प्रहरी बल परिचालन गरिएकोले महानगरपालिका विगतमा जस्तै महानगरवासीहरूबाट साथ र सहयोगको अपेक्षा गर्दछ ।
४. कतिपय व्यक्तिहरूले सोझै फिर्केखोलामा ढल बिर्सजन गरेको पाइएकोले १० दिन भित्र मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी खोलामा भएको ढल बिसर्जन कार्य तुरुन्त बन्द गर्नु/गराउनुहुन महानगरपालिका अनुरोध गर्दछ । अन्यथा कानुन बमोजिम कारबाहीको प्रकृया अगाडि बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ ।
५. नगरवासीहरूको हितलाई ध्यानमा राखी महानगरपालिकाले भवन तथा पूर्वाधार निर्माण मापदण्ड, २०८० तर्जुमा गरी फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको ब्यहोरा सहर्ष जानकारी गराउँदै ६ मिटर मापदण्ड भित्र कुनै पनि संरचना निर्माण नगर्नु÷नगराउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
६. फिर्केखोलाको मापदण्ड भित्र निर्माण भएका संरचनाहरूको सन्दर्भ तथा फिर्केखोला कोरिडोर निर्माण परियोजना बारे अथासिघ्र जानकारी गराइनेछ ।

मिति २०८३।०२।२०

- पोखरा महानगरपालिका

Photos from Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय's post 02/06/2026

सार्वजनिक जग्गा संरक्षणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू भत्काएपछि अहिले त्यसको भग्नावशेष व्यवस्थापनको काम गरिरहेको छ ।

Photos from Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय's post 02/06/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास (Adrian Lukasz) सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ ।

लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूको सूक्ष्म अध्ययन भएको टोलीले बताएको छ ।

निरीक्षण पश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि विशेष भेटघाट गरेको छ । भाइस प्रेसिडेन्ट लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । विमानस्थलको पूर्वाधार र तयारीले आफू निकै प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्न इच्छुक रहेको बताउनुभयो ।

“हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण ग¥यौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबिच दैनिक उडान सुरु गर्न इच्छुक छौँ” लुकासले भन्नुभयो । भाइस प्रेसिडेन्ट लुकासले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन र उडान मार्ग सहज बनाउन मेयर आचार्यले खेल्नुभएको समन्वयकारी भूमिका र निरन्तरको पहलकदमीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो। । फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै इमिरेट्सको वैश्विक सञ्जालसँग जोडिनेछ । यसबाट पोखरा संसारका ३०० भन्दा बढी प्रमुख सहरहरूसँग सिधा पहुँचमा पुग्नेछ । जसले गर्दा युरोप, अमेरिका, र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सहजै पोखरा आउन सक्नेछन् ।

यस उडानलाई मूर्त रूप दिनका लागि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबई एयरलाइन्स कम्पनीका उच्च अधिकारीहरू र उक्त कम्पनीका नेपाली प्रतिनिधिहरू सहित पोखरा महानगरका प्रमुख आचार्यको उपस्थितिमा पटक–पटक उच्च स्तरीय बैठकहरू सम्पन्न भइसकेका छन् ।

लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टा लामो प्राविधिक निरीक्षण र सरोकारवालाहरू बिचको गहन छलफलपछि अब छिट्टै नियमित उडानको मिति सार्वजनिक गर्ने तहमा पुगिएको मेयर आचार्यले जानकारी दिनुभयो । पोखरा महानगरका प्रमुख आचार्यले फ्लाई दुबईको यो चासो र अहिलेसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताउनुभयो ।

पोखरालाई विश्व बजारसँग सिधा जोड्न फ्लाई दुबईको दैनिक उडान कोसे ढुङ्गा साबित हुने प्रमुख आचार्यले उल्लेख गर्नुभयो । यो उडान सुचारु भएमा गण्डकी प्रदेशका नागरिकहरूलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भने मध्यपूर्वी देशहरू र संसारभरबाट सिधै पर्यटकहरू पोखरा भित्रिने बाटो खुल्ने विश्वास गरिएको छ ।

02/06/2026

सार्वजनिक जग्गा संरक्षणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू भत्काएपछि अहिले त्यसको भग्नावशेष व्यवस्थापनको काम गरिरहेको छ ।

उक्त स्थान हुँदै नयाँबजार र पृथ्वीचोक निस्कने दुईतर्फी सुविधायुक्त सडक विस्तार गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभएको छ । पृथ्वीचोकमा बढ्दो ट्राफिक चापलाई कम गर्ने गरी वैकल्पिक मार्गका रूपमा यसको स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

संरचना हटाउने कार्यमा सहजीकरण गर्ने सम्बद्ध सङ्घसंस्थाहरू, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू लगायत सरोकारवालाहरूमा उहाँले आभार प्रकट गर्नुभएको छ । थप विकासको कार्यमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00