02/02/2024
यस पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रमा उद्दार गरी राखिएको घाइते चितुवा, पूर्ण रूपमा स्वस्थ भएपश्चात हिजो मिति २०८०/१०/१८ गते, चितवन राष्ट्रिय निकुञ्जको चुरे पहाड नजिकै पर्ने कोर क्षेत्रमा लगि छाडिएको छ।
यस कार्यमा सहयोग तथा समन्वय गर्नुहुने डिभिजन वन कार्यालय कास्की तथा चितवन राष्ट्रिय निकुञ्जका कार्मचारीलाइ विशेष धन्यवाद!
12/01/2024
आज मिति २०८० साल पाैष महिनाकाे २७ गते, चायापानी चिसाकुना सामुदायिक वन, पोखरा ३० बाट निर बिरालो मृत अवस्थामा फेला परेको भनि खबर प्रप्त गरे पश्चात पचभैया वन्यजन्तु उद्दार केन्द्रका कर्मचारी गइ, बुझिलिइ, उद्दार केन्द्र परिसरमा गहिरो खाडल खनि गाडियो।
उक्त क्रममा कैद गरिएका केहि तस्विरहरू
03/01/2024
आज मिति २०८० साल पाैष महिनाकाे १८ गते, लिमिठाना, फलेबास नगरपालिका, पर्वतमा बाख्राकाे खाेरमा चितुवा पसेकाे भनि डिभिजन वन कार्यालय पर्वतबाट जानकारी प्राप्त भए पश्चात, डिभिजन वन कार्यालय कास्की, एवम पचभैया वन्यजन्तु उद्दार केन्द्रका कर्मचारी गइ उक्त चितुवाकाे उद्दार गरी, सुरक्षित तथा मानव वस्ती देखि टाढा जङ्गलमा लगि छाडियाे ।
उद्दारका क्रममा कैद गरिएका केहि तस्विरहरू
15/12/2022
वन्यजन्तु उद्धर केन्द्र पचभैयामा दुई दिने वन्यजन्तु डार्टिङ तथा स्थानान्तरण तालिम सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल बनाउनको निम्ति आयोजक डिभिजन वन कार्यालय कास्की र समन्वयको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष लाई हार्दिक धन्यवाद।