Anadu Taalpari: The Living Heritage of Phewa

Anadu Taalpari: The Living Heritage of Phewa

Share

"Building stronger, healthier community together."

Photos from Anadu Taalpari: The Living Heritage of Phewa's post 01/06/2026

मितिः २०८३ जेठ १८,
फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा पोखराको फेवातालमा रोमाञ्चक डुंगा दौड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा कडा प्रतिस्पर्धाका बीच निम्नलिखित टोलीहरू विजयी हुन सफल भएका छन्:

🥇 प्रथम स्थान: सोनी गुरुङ्ग, दिलसुब्बा गुरुङ्ग र सीता श्रेष्ठको समूह
🥈 द्वितीय स्थान: उषा गुरुङ्ग, निर्मला गुरुङ्ग र अस्मिता मगरको समूह

विजेता तथा उपविजेता सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी यात्राको लागि शुभकामना! 💐💐

Photos from Anadu Taalpari: The Living Heritage of Phewa's post 16/05/2026

मिति: २०८३ जेठ ०२ गते,
यस तालपारी अनदुँ गुरुङ्ग समाजका सदस्य सुक बहादुर गुरुङ्ग ज्यू द्वारा यस तालपारी अनदुँ गुरुङ्ग समाज लाई रु १०,०००/- र अनदुँ आधारभुत विद्यालयको लागि रु १०,०००/- सहयोग स्वरुप प्राप्त भएको जानकारी गर्दै वहाँ को परिवारमा दिर्घायु एवं सुस्वास्थ्य लाभको कामना गर्दै धन्यवाद ग्यापन गर्न चाहन्छौ।
- तालपारी अनदुँ गुरुङ्ग समाज
- अनदुँ आधारभुत विद्यालय व्यवस्थापन समिति

14/05/2026
07/05/2026

के अनदुँको अस्तित्व केवल स्मृतिमा सीमित हुने हो?

"सुख शान्ति मुस्कुराउँछ यहाँ सधैँ भरि,
लुकामारी खेल्छ जून यहाँ रातै भरि...
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर!"

यी हरफहरू केवल एउटा गीतका शब्द मात्र होइनन्, यो त हाम्रो तालपारी अनदुँ को जीवित इतिहास हो। विक्रम संवत २०२३ सालमा रिलिज भएको नेपालको तेस्रो ऐतिहासिक चलचित्र 'माइतीघर' मा कैद भएका यी दृश्यहरूले प्रमाण दिन्छन् कि— जब पोखरा आधुनिक सहर बनेकै थिएन, तब यो किनारमा एउटा जीवन्त सभ्यता मुस्कुराइरहेको थियो।

'माइतीघर'— एउटी चेलीको लागि संसारकै सबैभन्दा सुरक्षित र प्यारो ठाउँ। तर आज विडम्वना! आज त्यही 'माइतीघर' अर्थात् हाम्रो पुस्तौंदेखिको थातथलो 'विस्थापित' हुने संघारमा छ।

हाम्रो प्रश्न:
के संरक्षणको अर्थ विनाश मात्रै हो? के ६००‌‌+ वर्षदेखि ताललाई आफ्नो सन्तान झैँ जोगाउँदै आएका आदिवासी तमु (गुरुङ्ग) समुदायलाई उखेलेर फ्याँक्नु नै वास्तविक संरक्षण हो?

हाम्रो यथार्थ:
> यो गाउँ २०२३ सालको फिल्ममा देखिनु भन्दा धेरै अघिदेखि यहाँ छ।
> ताललाई ६५ मिटरको घरले होइन, सहरको ढल र हर्पनको गेग्रानले पुरिरहेको छ।
> हामी संरक्षणको विरोधी होइनौं, तर 'माइतीघर' खोसेर गरिने संरक्षणको पक्षमा पनि छैनौं।

प्रकृति र संस्कृति सँगसँगै बाँच्नुपर्छ। तालपारी अनदुँ केवल एउटा गाऊँ मात्र होइन, यो फेवातालको ६०० वर्ष भंदा अघिको पुरानो 'अभिभावक' हो।

Credits:
🎵 गीत: बसन्त नै बस्न खोज्छ यहाँ
🎤 स्वर: आशा भोस्ले
✍️ शब्द: किरण खरेल
🎼 संगीत: जयदेव
🎬 चलचित्र रिलिज मिति: १६ डिसेम्बर १९६६ (वि.सं. २०२३)
🎥 भिडियो सौजन्य: HiTechEntertainment (YouTube)

07/05/2026
Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


Anadu, Taalpari
Pokhara
33700