Pokhara Academy of Health Sciences, Pokhara

Pokhara Academy of Health Sciences, Pokhara

Share

It is the Government, tertiary level, General Hospital located in Pokhara,Nepal. Government general Hospital also known as Gandaki Hospital.

23/05/2026

यस वर्षको भारी वर्षाको मौसम ⛈️ आउन अगाडी सतर्क रहौँ - झाडापखाला, हैजा र अन्य पानीजन्य रोगहरु बारे जानौं र सुरक्षित रहौँ ।
Source:National Health Education Information and Communication Centre

Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
Ministry of Health and Population-Nepal
District Administration Office, Kaski
World Health Organization Nepal
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal

23/05/2026

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏
Source:World Health Organization Nepal
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
Ministry of Health and Population-Nepal

National Health Education Information and Communication Centre
District Administration Office, Kaski
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal
Epidemiology and Disease Control Division, Nepal

23/05/2026

स्क्रब टाइफस (Scrub Typhus)
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi) भन्ने जिवाणुबाट लाग्दछ ।माइट प्राय: जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सदैन ।
स्क्रब टाइफसका लक्षणहरु
धेरै जवरो आउनु (काम ज्वरो समेत आउन सक्छ)
धेरै ठाउको दुख्नु
पसिना धेरै आउनु
आँखा रातो हुनु
झाडापखाला लाग्नु
किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
खेतवारीमा काम गर्दा वनजंगल / झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने
घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछयाएर बस्ने
सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
सकेसम्म घाँसवारी र चउरमा नबस्ने
चउरमा वारी झाडी धाँस तथा घुरान बदल नदिने
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ I
Source:National Health Education Information and Communication Centre

Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
Ministry of Health and Population-Nepal
District Administration Office, Kaski
World Health Organization Nepal
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal

Photos from Pokhara Academy of Health Sciences, Pokhara's post 18/05/2026

अस्पतालमा सेवा लिन आउने बिरामी तथा बिरामीका आफन्तहरुलाई सहज होस भनेर बिभिन्न विभाग, वार्ड, परिक्षण गर्ने ठाउँ आदिको सङ्केत तथा दिशा निर्देश गर्ने सम्बन्धमा भएका केहि थप प्रयासहरू

Ministry of Health and Population-Nepal
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
National Health Education Information and Communication Centre
District Administration Office, Kaski
World Health Organization Nepal
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal

17/05/2026

Pokhara Academy of Health Sciences, Pokhara

Photos from Pokhara Academy of Health Sciences, Pokhara's post 17/05/2026

विश्व उच्च रक्तचाप दिवस २०२६
आज जेठ ३ गते (१७ मे) “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारक” भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। कुनै स्पष्ट लक्षण नदेखिने भएकाले यसलाई "Silent Killer" भनिन्छ। नेपालका करिब २४.५% वयस्क यसबाट प्रभावित छन्।
स्वस्थ रहनको लागि अपनाउनुपर्ने कुराहरु
• ३० वर्षमाथिका सबैले वर्षमा कम्तीमा एक पटक रक्तचाप जाँच गराऔँ।
• खानामा नुन र चिल्लो घटाई ताजा फलफूल तथा तरकारी बढी खाऔँ।
• दैनिक ३०–४५ मिनेट व्यायाम गरौँ र धूम्रपान/मद्यपानबाट टाढा रहौँ।
• उच्च रक्तचाप भएकाहरूले चिकित्सकको सल्लाह बिना औषधि बन्द नगरौँ।
आजैदेखि आफ्नो जीवनशैली सुधारौँ र नियमित रक्तचाप जाँच गरौँ!

@topfansyMinistry of Health and Population-NepallNational Health Education Information and Communication Centre Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालयtDistrict Administration Office, KaskieWorld Health Organization Nepal्स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशealth Organization (WHO)
Radio Nepal

17/05/2026

अस्पतालमा सेवा लिन आउने बिरामी तथा बिरामीका आफन्तहरुलाई सहज होस भनेर बिभिन्न विभाग, वार्ड, परिक्षण गर्ने ठाउँ आदिको सङ्केत तथा दिशा निर्देश गर्ने सम्बन्धमा भएका केहि प्रयासहरू

17/05/2026
Photos from Pokhara Academy of Health Sciences, Pokhara's post 17/05/2026

अस्पतालमा सेवा लिन आउने बिरामी तथा बिरामीका आफन्तहरुलाई सहज होस भनेर बिभिन्न विभाग, वार्ड, परिक्षण गर्ने ठाउँ आदिको सङ्केत तथा दिशा निर्देश गर्ने सम्बन्धमा भएका केहि प्रयासहरू
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशDistrict Administration Office, KaskiPokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालयWorld Health Organization NepalWorld Health Organization (WHO)Pokhara Academy of Health Sciences, Pokhara

15/05/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एकैदिन सातवटा एन्जियोप्लाष्टी सम्पन्न भएको छ। सोहि सन्दर्भमा एकैपरिवारका आमा र छोराको एउटै समयमा भएको ह्रदयघातको सफलतापूर्वक एन्जियोप्लाष्टी सम्पन्न भएको थियो । स्वास्थ्य सेवामा अतिनै सम्वेदनशील मानिने मुटु रोगको उपचार आफैंमा जटिल हुन्छ, यस जटिल कार्यमा खटिई मानव जीवन रक्षा गर्नुहुने अस्पतालमा कार्यरत सम्पूर्ण मुटुरोग विशेषज्ञ चिकित्सक सहित क्याथल्याव परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय World Health Organization Nepal World Health Organization (WHO) District Administration Office, Kaski स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ramghat
Pokhara
00977