03/04/2026
माग पद संख्या थप गरिएको सूचना
जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०)
#नेपालप्रहरी
Police training center of Gandaki Province Nepal
03/04/2026
माग पद संख्या थप गरिएको सूचना
जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०)
#नेपालप्रहरी
22/03/2026
यस गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा संन्चालन हुने प्रहरी सहायक निरिक्षक पदको प्रारम्भिक स्वस्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षा तालिका सम्बन्धि सुचना।
22/02/2026
मिति २०८२ साल फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई लक्षित गरी निर्वाचनसम्बन्धी सचेतना तथा सुरक्षा अभिमुखीकरण कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरामा मतदान स्थलको नमूना निर्माण गरी मतदान प्रक्रियाको व्यवहारिक प्रदर्शन तथा अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा यस केन्द्रका समादेशकज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू तथा यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू र तालिमरत प्रशिक्षार्थीहरूको सक्रिय तथा प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रममा मतदान कार्यको प्रक्रिया, सुरक्षा व्यवस्थापन, भूमिकाको स्पष्टता तथा समन्वय सम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो।
कार्यक्रमका क्रममा खिचिएका केही तस्बिरहरूः
16/02/2026
मिति २०८२/११/०४ गते गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई केन्द्रका समादेशक प्र.ब.उ. श्री जनार्दन जि.सी ज्यूबाट निर्वाचन सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरी आवश्यक निर्देशन तथा जानकारी प्रदान गर्नुभयो।
28/01/2026
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
*******************************************
आज मिति २०८२/१०/१४ गते गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख, श्रद्देय श्रीमान् प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी.ज्यूको विशेष उपस्थितिमा यस गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत प्र.ना.म.नि. श्री दिपेन्द्र जि.सीज्यूले सम्पूर्ण प्रशासनिक व्यवस्था, प्रशिक्षण गतिविधिहरू, केन्द्र परिसरमा निर्माण सम्पन्न भइसकेका एवं निर्माणाधीन भौतिक संरचनाहरू, व्यारेक, मेस क्यान्टिन तथा आन्तरिक शाखाहरूको स्थलगत निरीक्षण गर्नुका साथै श्रीमानज्यूले यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरू, सेवाकालीन तालिममा सहभागी तथा आधारभूत तालिममा रहेका प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन एवं मार्गदर्शन प्रदान गर्नुभई कार्यक्रम सम्पन्न भयो ।
25/01/2026
सूचना ! सूचना !! सूचना !!!
नेपाल प्रहरीको प्रहरी जवान पदको लिखित परीक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धमा ।
04/01/2026
नेपाल प्रहरी प्रहरी जवान पदको गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरामा सञ्चालन भएको विस्तृत स्वास्थ्य परिक्षणको नतिजा प्रकाशन सम्बन्धी सुचना( मिति २०८२/०९/२०)
26/12/2025
प्रहरी जवान आधारभुत तालिम ७-०५ औं समुहको दीक्षान्त समारोह सम्पन्न
===========================================
मिति २०८२/०९/११गते ।
यस गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा मिति २०८१ माघ २७ गतेबाट संचालन भएको प्रहरी जवान आधारभूत तालिम ७-०५ औँ समुहको आज मिति २०८२ पुष ११ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
दीक्षित भई कार्यक्षेत्र जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि लाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षकज्यूले दीक्षान्त कवाजको निरीक्षण गर्नुभयो ।
दीक्षित भई जानलाग्नुभएका प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सी. ज्यूले शब्दोच्चारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रमुख अतिथि ज्यूले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण पश्चात दीक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधनको क्रममा गौरवशाली इतिहाँस बोकेको यस प्रहरी संगठनको नव प्रवेशी सदस्यको रुपमा हार्दिक स्वागत गर्दै एक सक्षम, सबल, निपुर्ण र परिपक्व प्रहरी कर्मचारीको हैसियतले तालिम सम्पन्न गरी देश र जनताको सेवामा नयाँ जोश र जाँगरका साथ कार्यक्षेत्रमा जान लाग्नु भएकोमा पूर्ण सफलता मिलोस् भनी शुभकामना दिदै तालिममा सिकेका सैद्दान्तिक एवं व्यवहारिक पक्षलाई सहि रुपमा अवलम्बन गर्न सकेमा मात्र तालिमको उपदेयता पुरा हुने कुरा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस केन्द्रका समादेशक जनार्दन जि.सी.ज्यूले प्रमुख अतिथि श्रीमान् प्रहरी नायव महानिरीक्षकज्यूमा कृतज्ञताको चिनो प्रदान गर्दै दीक्षान्त कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्वीकार गरि पाल्नु भएका प्रमुख अतिथि, आमन्त्रित विशिष्ट अतिथि ज्युहरु, अतिथि ज्युहरु र सम्पुर्ण अभिभावक ज्युहरु दीक्षान्त समारोहको तयारीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिनु हुने तथा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरू,आन्तरिक तथा वाह्य प्रशिक्षक ज्यूहरु समेतलाई हार्दिक धन्यवाद व्यक्त गर्दै दीक्षित भई जाने सम्पूर्ण प्रहरी जवानहरुको भावी व्यवसायिक तथा व्यक्तिगत जीवन सफल तथा सुखमय रहोस् भन्ने कामना गर्दै, हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै यस केन्द्रमा प्रतिवेदन गर्न आएका २०७ जना प्रशिक्षार्थीहरु सक्रिय रुपमा तालिममा सहभागी भई सफलता पुर्वक तालिम सम्पन्न गरेकोमा १७७ जना “क” श्रेणी र ३० जना “ख” श्रेणीमा गरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तिर्ण भएको व्यहोरा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजकुमार बि.क र प्र.स.नि. दिक्षा आलेज्यूले गर्नु भएको थियो ।
दीक्षीत सम्पुर्ण प्रशिक्षार्थीहरुको सफल व्यावसायीक तथा व्यक्तिगत जीवनको शुभकामना !!!
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा परिवार ।
27/11/2025
प्रहरी जवान (जनपद) र कार्यालय सहयोगीको शारिरीक तन्दुरुस्ती सम्बन्धी सुचना (२०८२।०८।११
07/11/2025
प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०७-२१)
26/09/2025