Bibek Devkota

Directions Contact the organization

Bibek Devkota लक्ष्य पछ्याउँदै गरेको यात्री

थाहा छ सबै थाहा छनजान्ने त कुरै छ‌ैनयत्ति हो, तपाई के सोच्नुहुन्छम जान्दिन् , म के सोच्दै छुमलाई थाहा छ ।ब्यर्थैचोक चौता...
25/09/2026

थाहा छ

सबै थाहा छ
नजान्ने त कुरै छ‌ैन
यत्ति हो, तपाई के सोच्नुहुन्छ
म जान्दिन् , म के सोच्दै छु
मलाई थाहा छ ।

ब्यर्थै
चोक चौतारी कुरा किन काट्नुहुन्छ कामरेड
कहीँ च्यातिएकै छैन
त्यसै सिउनुपर्यो भन्दै नकराउनु न
च्यातिदा सिउनुपर्छ मलाई थाहा छ ।

ए ! कामरेड
तिन-चार चोटी चलाइसकेको छु
चलाउन जान्ने मै हुँ
गियर कहाँ झार्ने, ब्रेक कहाँ मार्ने बिर्सेकै छैन
यत्ति हो , गाडी अर्कैले लग्यो मलाई थाहा छ ।

त्यसैले
ढुक्क हुनु , भैइन्जेल म छु
परेको व्यहोर्छु , बँचेको सोहोर्छु
केही नभइन्जेल केही हुन्न
जोडघटाउ जानेकै छु, हिसाब मलाई थाहा छ ।
धन्यवाद dai Matrika Poudel

ढुक्क हुनु , भैइन्जेल म छु परेको व्यहोर्छु , बँचेको सोहोर्छु केही नभइन्जेल केही हुन्न जोडघटाउ जानेकै छु, हिसाब मला.....

रूपान्तरण , रूपान्तरण रूपान्तरण
21/09/2026

रूपान्तरण , रूपान्तरण रूपान्तरण

कास्की एमालेका युवा नेता बिबेक देबकोटा लेख्छन-
एमाले पार्टी , इतिहासकै गम्भीर मोडमा उभिएको छ । निर्वाचन पछाडि हुनुपर्ने केन्द्रीय कमिटीको बैठक बल्ल यति बेला हुदैछ । बैठकका लागि जिल्ला -जिल्ला बाट कमरेडहरू काठमाडौं पुग्नुभाछ । पार्टी रूपान्तरण को बहस जताततै छ । तर निकास निकाल्ने चित्तबुझ्दो बाटो कसैले समातेको छैन । भुँइमा काम गर्ने कमरेडहरू र निर्सत भोट हाल्ने शुभचिन्तकहरू को चाहाना बुझ्ने कोसिस नगरि आ-आफ्ना दन्तेबझान गर्ने प्रवृत्तिले तलका मान्छेलाई झनै निरास बनाएको छ ।

कसैलाई ओलि कमरेड अध्यक्ष मै नबचाइ भएकै छैन। भने कसैलाई नफाली भाछैन । खासमा हेर्ने त आवश्यकता होला नि ? अहिले समयले के आवश्यक ठानेको छ । त्यता कसैको ध्यान छ ? समय घर्कियो देशको राष्ट्रिय राजनीति माथि भएको बिदेशी हस्तक्षेपको हिसाव पछि गर्ने हो ।

अहिले के चाहिएको छ । त्यता लागौं । के साँच्चै केपी कमरेड नै अध्यक्ष मा रहिराखेर नयाँपन दिन सक्छौं ? अलि गम्भीर भएर सोचौं न ! केपी कमरेडको योगदानको सम्मान अध्यक्ष मै राखेर हुन्छ भन्ने भ्रान्तीमा फस्नु हुदैन ।
मैले खास सुझाव केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने बैठकका सदस्यहरू लाई दिन खोजेको हुँ , तपाईंहरू बास्तबिकता मा उभिनुस् । केन्द्रीय कमिटी बैठकबाट ओली कमरेडलाई बिदा गरेर , महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरेर , सक्दा सम्म मध्यमार्गी व्यक्ति खोजी निति तथा नेतृत्व महाधिवेशन आयोजक केन्द्रीय समिति तयार गर्नुस् ।

हिजोको सचिवालय बैठकले गरेको प्रतिनिधि परिषद् बैठक गर्ने भन्ने निर्णय गलत हो । भुँइमा ति प्रतिनिधि छनोट भएका मान्छेहरू प्रति कार्यकर्ताको विश्वास छैन । सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित पद छाड्न तयार हुनुपर्छ । पार्टी कति कुन हद सम्म भुत्ते भाछ भन्ने भ्याउ पाउनुस् । एमालेले निति र नेतृत्वको महाधिवेशन नगरि ग्राउन्डमा भोट माग्न जान मिल्दैन । निति महाधिवेशनबाट पार्टी पुर्नसंरचनाको बिधान तयार गर्नुपर्यो । निति महाधिवेशनबाट राष्ट्रिय राजनितीका अल्पकालीन र दिर्घकालिन एजेन्डा तयार गर्नुपर्यो । पार्टीको परिमार्जित बिधानले जे निर्धारण गर्छ , त्यसकै आधारमा नयाँ नेतृत्व छनोट हुन्छ । अहिले नै यो र उ किन भन्न जरुरी छ । त्यसो त आफ्नो स्वार्थ नहेरी रूपान्तरण को पक्षमा आँफुलाई उभ्याउनुस् ।
बिशेष गरि कास्की जिल्लाका नेता कमरेडहरू तपाईंहरू लाई कस्केली कार्यकर्ता र भोटर शुभचिन्तकहरू को सुझाव भनेको पार्टी रूपान्तरण हो । यदि तपाईंहरूले रूपान्तरणको लागि कार्यकर्ताको भावना बोक्नुभएन भने । तपाईं कसरी कास्कीको प्रतिनिधित्व गरेर नेता बन्नुहुन्छ । कार्यकर्ताले हेरिरहेका छन् ।
विवेक देवकोटा - कास्की

20/09/2026

असोज ८ देखि १२ गते सम्म हुने, भारी बर्षाको बिषयमा तथ्यगत कुरा सुनौँ र सचेतता का साथ पुर्व सुरक्षित तयारी गरौँ ।
जानकारीकर्ता : बिमल पोख्रेल ( मौसम विज्ञ)

10/09/2026

अन्नपूर्णको बिरेठाँटी,स्याउलीबजार आसपासको बाटो गत साउन- २२ गते आएको मोदी खोला बाढीले क्षेतीग्रस्त बनाएपछि । अन्नपूर्ण गाउँपालिकाको निर्माण अभियानलाई सहयोग गर्न नेकपा(एमाले) अन्नपूर्णको तर्फबाट रू.१,६८,१०० रूपैयाँ हस्तान्तरण गरिएको छ । तिब्रगतिमा निर्माण अभियान सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख Bishnu Bahadur KC लगाएत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्दछु ।
#भिडियो उपलब्ध गराउने लाई धन्यवाद । Indra Poudel

08/09/2026

अत्यन्तै जरुरी सुचना !
👉️अन्नपूर्ण गाउँपालिका, कास्की वडा नं.-११ किम्रोङखोलामा २ घण्टा देखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकोले किम्रोङखोला एवं मोदीखोला तटिय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरुलाई विशेष सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

30/07/2026

सरकारको आधिकारिक सुचना मात्रै पत्याइदिन र सामाजिक सञ्जालमा भ्रामक कुरा हुने स्विकारोक्ती सहितको बालेन सम्बोधन - २०८३/०४/१४ गते

30/07/2026

सुनसरीका हिन्दु र मुस्लिम समुदायलाई देशका अरू भुभागमा रहनुहुने हिन्दु मुस्लिम समुदायले संयुक्त सद्भाव र्यालि निकालेर पाठ पढाउनु पर्नेभो । यो साम्प्रदायिकता को आगो अन्त नसल्कियोस् ।।

28/02/2026

पुर्वाग्रहलाई छेउलगाएर सुन्नुहोस् 🙏

10/02/2026

अनुरोध 🙏

भित्र पसेर पुरै सुनेर मात्रै प्रतिक्रिया दिनुहोला .......
01/12/2025

भित्र पसेर पुरै सुनेर मात्रै प्रतिक्रिया दिनुहोला .......

#एमाले

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bibek Devkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bibek Devkota:

Shortcuts

Share

Category