माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश

माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश

Share

गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय

गण्डकीको नीति तथा कार्यक्रम प्रदेश प्रमुख भट्टद्वारा प्रस्तुत, के–के परे प्राथमिकतामा ? 02/06/2026

गण्डकीको नीति तथा कार्यक्रम प्रदेश प्रमुख भट्टद्वारा प्रस्तुत, के–के परे प्राथमिकतामा ?
- गाउँ फर्किन प्रोत्साहित गर्ने ‘रिटर्न टु भिलेज’
- अन्तरजातीय विवाहलाई प्रोत्साहन,
- धार्मिक पर्यटन सर्किट निर्माण
- डायलाइसिसमा पालो कुर्न नपर्ने

गण्डकीको नीति तथा कार्यक्रम प्रदेश प्रमुख भट्टद्वारा प्रस्तुत, के–के परे प्राथमिकतामा ? पोखरा– गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक....

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश's post 02/06/2026

माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेशसभामा आज आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
१९ जेठ २०८३, पोखरा ।

गण्डकी प्रदेश सभा दशाै‌‌ अधिवेशन चौ‌थो बैठक ( नीति तथा कार्यक्रम ) मिति २०८३/०२/१९ दिउँसो ४:00 बजे 02/06/2026

माननीयज्यूबाट नीति तथा कार्यक्रम २०८३/०८४ प्रस्तुत ।

गण्डकी प्रदेश सभा दशाै‌‌ अधिवेशन चौ‌थो बैठक ( नीति तथा कार्यक्रम ) मिति २०८३/०२/१९ दिउँसो ४:00 बजे गण्डकी प्रदेश सभा दशाै‌‌ अधिवेशन चौ‌थो बैठक ( नीति तथा कार्यक्रम ) ...

29/05/2026

गण्डकी प्रदेशमा 'गणतन्त्र दिवस २०८३ मूल समारोह'

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश's post 29/05/2026
Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश's post 29/05/2026

माननीय प्रदेश प्रमुखज्यू गण्डकी प्रदेश सरकारले आयोजना गरेको 'गणतन्त्र दिवस २०८३ मूल समारोह'मा प्रमुख अतिथिका रुपमा सरिक हुनुभयो । नेपाल प्रहरीबाट सलामी अर्पण ग्रहणका साथ प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यसम्पादनमा उत्कृष्ट कर्मचारी, सुरक्षाकर्मी, लब्ध प्रतिष्ठित व्यक्तित्व, पत्रकारलगायतलाई पुरस्कृत एवं सम्मान पनि गर्नुभयो ।

माननीयज्यूले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले जनताको संघर्षको माध्यमबाट जनताले विजय हाँसिल गरेको यो विशेष दिनमा जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा गौरवमय परिवर्तनका लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गर्नुभयो ।

१५ जेठ २०८३, पोखरा ।

29/05/2026

गणतन्त्र दिवस २०८३ को अवसरमा माननीय प्रदेश प्रमुखज्युको शुभकामना सन्देश ।

28/05/2026

इद–उल–अज्हा (बकर ईद) को अवसरमा माननीय प्रदेश प्रमुखज्यूद्वारा जारी शुभकामना सन्देश ।

Photos from माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय, गण्डकी प्रदेश's post 21/05/2026

माननीय प्रदेश प्रमुखज्यू समक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्री श्याम प्रसाद भण्डारीज्यूले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गर्नुभएको हो ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै माननीयज्यूले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो । उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिँदै बेरुजु बढ्नु सुशासनका लागि चुनौती रहेको उल्लेख गर्नुभयो ।

‘आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह जिम्मेवार हुनुपर्छ । कर्मचारीहरू जवाफदेही बन्नुपर्दछ । सार्वजनिक सम्पतिको क्षतिको वर्तमान अवस्थामा मितव्ययितातर्फ पनि उत्तिकै ध्यान दिनुपर्नेछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

उहाँले महालेखा परीक्षक कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन सशक्त भूमिका निर्वाह गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । सार्वजनिक सम्पत्तिको सदुपयोगमा सम्बन्धित निकायलाई थप सजग गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीका सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ । लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा ४ मा महालेखापरीक्षकले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्ने व्यवस्था छ । र, उपदफा ५ मा उक्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेश सभामा पेस हुने उल्लेख छ ।

७ जेठ २०८३, पोखरा ।

19/05/2026

माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Address


गण्डकी प्रदेश प्रमुखको कार्यालय
Pokhara
33700