बडा दशै तथा शुभ दिपावली २०८२ को हार्दिक शुभकामना ।
Devi Jung Gurung
मादी गाउँपालिका वडा नं १ अध्यक्ष ।
ल्होसारै आशिमाला सबै जनालाई ।
18/12/2024
कालो हिमाल ( कविता )
बिहान उठ्ने बित्तिकै हिमालतिर हेरे
हिमालको हिउँमा आगो बलिरहेको देखे
लाग्यो घामको किरणले त्यस्तो देखेको होला
आँखा मिच्दै फेरि हेरे,
ओहो, हिमालमा साँच्चिकै डढेलो नै लागेछ
नपत्याए हेर्नुस त हरेक बिहान
त्यो सेतो हिमाल डढेर कालो भएको छ ।
जव खोलामा पुगे
ओहो,
कमिलाहरू ताती लाउदै खोलामै कबड्डी खेल्दै रहेछन्
माछाहरू तड्पिदै फोक्सो फुलाई मर्दै रहेछन्
जे होस कमिलाले मादी तर्न सकेको छ
नपत्याए हेर्नुहोस त हरेक बिहान
त्यो ठुलो मादी सुकेर खहरे भएको छ ।
जब हिउँद लाग्छ,
रूखहरूलाई ठाउँ सरेर भागौं झै लाग्छ रे
जीव जनावरलाई मान्छे जसरी चिच्याऊ झै लाग्छ रे
यहाँ आफ्नै घर जलाएर आगो ताप्नेहरू छन्
यहाँ आफ्नै बन जलाएर मन मान्नेहरू छन्
नपत्याए हेर्नुहोस त हरेक विहान
गाउँमाथिको हरियो वन धुवाले कालो भएको छ ।
जब वर्खा लाग्छ,
रूख, ढुङ्गा,माटो र पहाडले मतियार खोज्दै आउछ
आफ्नो काटिएका रूखका ठुटा
फुटाएका ढुङ्गाका टुक्रा
र
खनेका माटोको डल्लो लिई
हालिदिन्छन् त्यो मतियारको वस्तीमा ठुलो पहिरो
नपत्याए हेर्नुहोस त हरेक बिहान
परको बाक्लो बस्तीलाई पहिरोले पुरेको छ
जव सांझ पर्छ,
शिकारी दाई बन्दुक भिर्दै जंगल छिर्यो
कोइलीले विरही गीत गाउन थाल्यो
लाटोकोसेरोले भेला गर्न थाले
जंगली पन्छी र जनावरहरूलाई एक ठाउमा
आज शिकारीकै शिकारको लागि पाशु थाप्दैछ
बन्दुकको डोङ्गा आवाजसंगै शिकारी शिकारमा पर्यो
आज उसको हातमा हतकडी छ
नपत्याए हेर्नुहोस त हरेक थुनामा
शिकारी दाईहरू पछुताउदै जेलमा बसेको छ ।
हो
म सपना देख्छु,
म कल्पना गर्छु,
हिमालमा सेताम्मै हिउँ नै होस्
मादीमा कलकल सुसेल्दै पानी बगोस्
जंगलमा रूखहरू नडराई निर्धक्क ठडियोस्
शिकारीको हातमा बन्दुक होइन संरक्षणका कितावहरू होस्
बनचरीको बिहेमा हामीलाई पनि निम्तो गरोस्
अनि
डमरूको न्वारान गर्न बाघले हाम्रो पण्डितलाई बोलाईयोस ।
जय संरक्षण ।।
देवीजंग गुरुङ
मिति: २०८१/०८/२२ गते
तस्बिर : सामाजिक सञ्जालबाट
14/12/2024
जन्मदिनको यो सुखद संयोगमा आज मेरो शब्द लेखनको नयाँ गुरुङ गीत " रेगो रेगो आयादो " कोसेली स्वरूप तपाईंहरू माझ पस्काउने जमर्को गरेको छु । यस गीत र भिडियो टिमका सबै साथीहरूलाई बधाई एवम् धन्यवाद । कृपया हेरेर माया गरिदिनुहोला ।
Devi Jung Gurung
Regho Regho Aayado | ह्रेगो ह्रेगो आयादो | Bhakti Gurung | Thaman Gurung Regho Regho Aayado | ह्रेगो ह्रेगो आयादो | Bhakti Gurung | Thaman Gurungशब्द: देवीजंग गुरुङ्संगीत: केश बहादुर गुरुङएरेन्ज: तेजेन्द्र गुरुङस्वोर:...
08/11/2024
म आम जनतालाई यो सिकाउँदिन कि उनीहरुले पूजिपतिहरुलाई आफ्नो दुश्मन ठानुन् । म त उनीहरूलाई यो सिकाउँछु कि उनीहरू आफै आफ्ना दुश्मन हुन् ।
महात्मा गान्धी
मेरो शब्द लेखनमा छैटौं गुरुङ गीत आज रेकर्ड भएको छ ।
जसमा
शब्द : Devi Jung Gurung
संगीत : Kesh Bahadur Gurung
एरेन्ज : Tejendra Gurung
स्वर : Gurung Tha Man Grg
स्टुडियो : पुन डिजिटल रेकर्डिङ स्टुडियो पोखरा लामाचौर ।
मिति:२०८१/०७/१९ गते ।
29/10/2024
प्रिय दार्जिलिङ,
जहाँ गल्ली गल्लीभित्र म आफुलाई पाउदछु,
जहाँ चोकचोकमा म आफु उभिएको पाउछु,
कोहि ढाका टोपी,
कोहि कुर्ता, सारी लाउदै
बगाईरहेका छन् श्रमको पसिना
कोहि किनिरहेका छन् सारी, सुरूवाल अनि पस्मिना
वतासे डाडाबाट चियाउदा,
सबैभन्दा अग्लो गरि उभिएको छ भानुभक्त
सजिएको छ म्युजियम तेन्जिङ नोर्गे शेर्पाले
गोर्खाल्यान्डको बगैंचामा फुलेका छन् नेपालीभाषी फुलहरू
चिया वगानमा पलाएका छन् स्वायत्तताका मुनाहरू
प्रिय दार्जिलिङ,
टाइगर हिलमा गएर बिहानै हेरे
पारी क्षितिजबाट उदाउदै गरेको सुर्यमा धेरै आसाका किरणहरू देखे
तर
वतासेडाडामा चढ्दै गरेको रेलको इन्जिनबाट निस्किदै थियो फोहोरी राजनीतिको धुवा ।
गोर्खाल्यान्ड टेरिटोरिएल एड्मिनिस्ट्रेसन ( जिटीए ) भवनले
सायद
कसैलाई खोज्दै थियो,
कसैलाई कुर्दै थियो,
26/10/2024
दार्जिलिङको मध्यभागमा ठडिएको गोर्खाल्यान्ड टेरिटोरिएल एड्मिनिस्ट्रेसन (जिटीए) भवन । पश्चिम बंगाल प्रान्तीय सरकार अन्तर्गत रहेको यो प्रशासनिक केन्द्रलाई दार्जिलिङबासी आफ्नो नबनिसकेको छुट्टै राज्यको 'राजभवन' बराबर मान्छन् ।
19/09/2024
शुभ बिहानी
संविधान दिवसको सबैमा शुभकामना ।
16/03/2024
प्रिय मनहरू, शुभ विहानी ।
23/01/2024
सिक्लेस सिने पर्यटनसंग जोडिनुपर्छ, नेपाली सिनेमाहरूले गाउँको आवाज बोलिनुपर्छ । सिनेमा हेर्ने बिषय मात्र होइन बुझ्ने बिषय पनि भएकोले यी गाउँ ठाउँका कुराहरू बुझिने गरि पर्दामा आउनुपर्छ, तब हाम्रो अनि राम्रो चलचित्रहरू बन्नेछन् ।
तस्बिर : नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष अभिनेता भुवन केसी ज्युसंग सिक्लेस गाउँमा ।
13/01/2024
सिक्लेस माघे सक्रान्ति मेला २०८० को शुभकामना ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Address
Pokhara
