Ghachok

Directions

Ghachok THIS PAGE ABOUT GHACHOK VILLAGE

07/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिना गुरुङले कास्की जिल्ला कारागारको अनुगमनका क्रममा कारागारमा आमासँग बस्न बाध्य पाँच वर्षमुनिका बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले संविधान र कारागार ऐनले ती बालबालिकाको शिक्षा, स्वास्थ्य, हेरचाह तथा समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्।

उनले बालबालिका राष्ट्रका भविष्य भएकाले कारागारमा रहेका निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद गुरुङले कास्की जिल्ला कारागारमा चार सय २० जनाको क्षमता भए पनि हाल करिब सात सय २० जना कैदीबन्दी रहेको जानकारी दिँदै अत्यधिक चापका कारण स्वास्थ्य तथा सुरक्षासम्बन्धी चुनौती बढेको बताइन्।

उनले कारागारमा खानेपानीको समस्या रहेको भन्दै त्यसको शीघ्र समाधान गर्न र आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।

06/08/2026

मर्दी पदयात्रामा गई सम्पर्कविहीन हुनुभएका तीन जना पदयात्रीहरू छोमरोङको पिंधस्थित मोदी खोलाको पारीपट्टि सकुशल भेटिनुभएको छ। उहाँहरूले हिजो र अस्ति ओढारमा रात बिताउनुभएको थियो।
मोदी खोलामा पानीको अत्यधिक बहाव रहेका कारण हिजो साँझ तत्काल उद्धार गर्न सम्भव हुन सकेन। उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माण गर्ने प्रयाससमेत सफल हुन सकेन। उक्त स्थानसम्म पुग्ने पारी अर्थात मर्दीपट्टीको भागमा असाध्यै भिरालो, अग्लो र कठिन भीर रहेको हुनाले उताबाट प्रयास गर्दा अझ ढिलो हुनसक्ने ठानिएको हो ।
उक्त स्थानमा केही दिनदेखि लगातार पानी परिरहेको छ । सुरक्षित उद्धारका लागि आज बिहानैदेखि थप प्रयासहरू भइरहेको छ। भूगोल र मौसमको अवस्था हेरी हेलिकोप्टर मार्फत उद्दार गर्ने प्रयास पनि हुनेछ ।
यसबीच, उहाँहरूका लागि हलुका तथा तत्काल उपभोग गर्न मिल्ने खानेकुराहरू खोलापारिबाट हुत्याएर पुर्‍याइएको छ।
आफ्नो परिचय तथा ठेगाना बताउन अनिच्छा देखाउनुभएको हुनाले उहाँहरूको बारेमा थप जानकारी भने प्राप्त हुन सकेको छैन ।

मर्दी पदमार्ग क्षेत्रमा बाटो बिराएका पर्यटकसँग उद्धारकर्मीको प्रत्यक्ष सम्पर्क भएको छ। उद्धार टोली र बाटो बिराएका दुवै स...
05/08/2026

मर्दी पदमार्ग क्षेत्रमा बाटो बिराएका पर्यटकसँग उद्धारकर्मीको प्रत्यक्ष सम्पर्क भएको छ। उद्धार टोली र बाटो बिराएका दुवै समूह एकअर्कालाई देख्न तथा बोल्न सक्ने अवस्थामा पुगेका छन्।

मर्दी हिमाल पदयात्रामा निस्किएका पाेखराका तीन युवा माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ सम्पर्क विहिन भएपछि खाेजी तीव्र पारिएको थियो ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले उद्धार कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्ष समन्वयमा रहेको बताउँदै आवश्यक सहयोग भइरहेको जानकारी दिएका छन्।
वडाध्यक्ष राजेन्द्रका अनुसार उक्त टोली मंगलबार दिउँसो करिब ३ बजेदेखि बाटो बिराएर घान्द्रुकतर्फको भेगमा पुगेको भए पनि उनीहरू निरन्तर सम्बन्धित निकायसँग सम्पर्कमै थिए। मंगलबार राति उनीहरूले जंगलको एउटा ओडारमा बसेर रात बिताएका थिए।

बुधबार बिहान होटल व्यवसायीहरू उद्धारका लागि पुगे पनि उनीहरूले माथिल्लो उकालो बाटो नलाग्ने अडान लिँदै भिर र जंगल हुँदै मोदी नदीको किनारतर्फ झरेका थिए। यसबारे सूचना प्राप्त भएपछि उद्धार समन्वय टोलीले घान्द्रुक प्रहरी र अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्षसँग समन्वय गरी थप उद्धार प्रयास अघि बढाएको थियो।

हाल उद्धार टोली र बाटो बिराएको समूह आमनेसामने भएका छन्। तर मोदी नदीमा पानीको बहाव अत्यधिक भएकाले नदी सुरक्षित रूपमा कसरी पार गराउने भन्ने विषयमा छलफल भइरहेको छ।

यसैबीच, पोखराबाट सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष खोज तथा उद्धार टोली पनि घटनास्थलतर्फ परिचालित भइसकेको छ। उक्त टोली केही मिनेटमै घटनास्थल पुग्ने जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक सबै समन्वय भइरहेको जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका–४ मा इन्डोर जिम हल उद्घाटन, स्थानीय युवाका लागि नयाँ अवसरकास्की। माछापुच्छ्रे गाउँपालिका–४ स्थित...
05/08/2026

माछापुच्छ्रे गाउँपालिका–४ मा इन्डोर जिम हल उद्घाटन, स्थानीय युवाका लागि नयाँ अवसर
कास्की। माछापुच्छ्रे गाउँपालिका–४ स्थित समिवगर पार्कमा निर्माण गरिएको इन्डोर जिम हल एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
संघीय सरकारको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअन्तर्गत निर्माण भएको उक्त जिम हलको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, युवा क्लब, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटनपछि जिम हलको अवलोकन गरिएको थियो। आधुनिक व्यायाम उपकरणसहित सञ्चालनमा आएको यस जिमले स्थानीय युवायुवती, खेलकुदप्रेमी तथा सर्वसाधारणलाई नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै सम्बन्धित पक्षले समुदायको स्वास्थ्य प्रवर्द्धन तथा युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै आगामी दिनमा पनि यस्ता जनमुखी विकास कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
समिवगर पार्कमा सञ्चालनमा आएको इन्डोर जिम हल स्थानीय समुदायका लागि स्वास्थ्य र तन्दुरुस्ती प्रवर्द्धन गर्ने महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

मर्दी हिमाल पदयात्रामा गएका तीन युवक जंगलमा अलपत्रपोखरा — कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन...
05/08/2026

मर्दी हिमाल पदयात्रामा गएका तीन युवक जंगलमा अलपत्र

पोखरा — कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक जंगलमा अलपत्र परेका छन् । माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका उनीहरू अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीस्थित मोदी खोलापारिको क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
अलपत्र पर्नेमा पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ छन् । उनीहरू बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि मोबाइल फोन बन्द भएको प्रहरीले जनाएको छ ।
तीन युवक सम्पर्कविहीन भएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको थियो । सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित चार जनाको टोली उनीहरूको खोजीमा खटिएको थियो ।
घटनाबारे थप जानकारी लिन तथा खोजी कार्यलाई तीव्रता दिन भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा दुई प्रहरी परिचालन गरिएको थियो । उक्त टोलीले स्थानीय बासिन्दा तथा युवकका आफन्तसँग समन्वय गरी खोजी गरिरहेको थियो ।
यसै क्रममा बुधबार दिउँसो २ बजे उनीहरू अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीस्थित मोदी खोलापारिको क्षेत्रमा रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी राजेन्द्र पौडेलको नेतृत्वमा दुई जनाको टोली उद्धारका लागि परिचालन गरिएको हो ।

04/08/2026
04/08/2026

सहि लाग्याे हजुरहरू लाई कस्ताे लाग्याे कमेन्ट गर्नु हाेला ?

03/08/2026

माछापुच्छ्रे गाउँपालिकाको प्रस्तावित विश्व रेकर्ड कायम रहने,साहसिक पर्यटकिय गन्तव्य स्थलको नमुना भिडियो

Address

Ghachok
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Ghachok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share