Pyuthan Hospital

Call Directions Contact the organization

Pyuthan Hospital प्युठान अस्पताल

24/09/2026
लुम्बिनी प्रदेश लोकसेवाबाट सिफारिस भइ २०८३/०५/३० गते प्युठान अस्पतालमा पदस्थापन भइ आउनुभएका कन्सल्टेन्ट जनरल फिजिसियन डा...
15/09/2026

लुम्बिनी प्रदेश लोकसेवाबाट सिफारिस भइ २०८३/०५/३० गते प्युठान अस्पतालमा पदस्थापन भइ आउनुभएका कन्सल्टेन्ट जनरल फिजिसियन डा.सुमन आचार्य, छात्रवृत्ति करार सेवामा प्युठान अस्पताललाइ कार्यक्षेत्रको रुपमा छनौट गरी आउनु भएका जनरल फिजिसियन डा.सशाङ्क प्रजु , हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.बिनोद चौधरी, मेडिकल अधिकृत डा.पिन्टु यादव, मेडिकल अधिकृत डा.राजेश कुमार यादव र मेडिकल अधिकृत डा.मो.जियाउल हकलाइ प्युठान अस्पतालमा स्वागत गरिएको छ । आगन्तुक विशेषज्ञ चिकित्सक तथा मेडिकल अधिकृतहरुको ज्ञान, सीप र अनुभवले अस्पतालको सेवा प्रवाहलाइ अझ प्रभावकारी र जनमुखी बनाउन महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छौं ।
यहाँहरुको सफल, सुखद र उपलब्धिमुलक कार्यकालको शुभकामना ।
साथै प्युठान अस्पतालबाट सरुवा भइ जानुभएका डेण्टल हाइजिनिष्ट विष्णु दुरा पौडेल, अ.न.मी. रुबी कुमारी यादव र अ.न.मी. मनिषा के‍.सी‍.लाइ आगामी कार्यकालको शुभकामना दिँदै विदाइ गरियो ।

प्युठान अस्पतालमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक डा‍.विनोद चौधरीको  आगमनसँगै जिल्लाका हाडजोर्नी सम्बन्धि विशेषज्...
31/08/2026

प्युठान अस्पतालमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक डा‍.विनोद चौधरीको आगमनसँगै जिल्लाका हाडजोर्नी सम्बन्धि विशेषज्ञ स्वास्थ्य सेवा प्युठान जिल्ला अस्पताल मै सहज रुपमा प्रदान गरिने गरी मिति २०८३/०५/१४ गते देखि हाडजोर्नी शल्यक्रिया पुर्ण रुपमा सुचारु भएको सम्पुर्णमा जानकारी
गराइन्छ । साथै विशेषज्ञ जनरल फिजिसियन डा.सशा‌ङ्क प्रजुद्वारा मेडिसिन सम्बन्धि सेवा प्रदान गर्दै आएको समेत सबैमा जानकारी गराइन्छ ।

मौजुदा सूचि दर्ता गर्ने सम्वन्धी सूचना
20/07/2026

मौजुदा सूचि दर्ता गर्ने सम्वन्धी सूचना

सुचना ! सुचना !! सुचना !!!
01/07/2026

सुचना ! सुचना !! सुचना !!!

मिति २०८३/०२/०४ गते प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष श्री कृष्ण प्रसाद बसेल ज्युलाई हार्दिक स्वागत तथा सफ...
19/05/2026

मिति २०८३/०२/०४ गते प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष श्री कृष्ण प्रसाद बसेल ज्युलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
आयोजित स्वागत कार्यक्रममा अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा अध्यक्षज्यूलाई स्वागत गरिएको हो। उहाँको नेतृत्वमा प्यूठान अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री बन्ने विश्वास लिएका छौं।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” बमो...
14/05/2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” बमोजिम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत प्युठान अस्पतालमा नर्सिङ प्रमुख श्री चित्रा खनालज्यूको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुवास पौडेलज्यू, अस्पतालका चिकित्सकहरू, नर्सिङ कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत अस्पताल परिसर तथा सेवा प्रवाह क्षेत्रको सरसफाइ गरी स्वच्छ, स्वस्थ, सुरक्षित तथा व्यवस्थित अस्पताल वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ

प्रेस बिज्ञप्ती
28/04/2026

प्रेस बिज्ञप्ती

प्युठान अस्पतालमा SNCU तथा हेमोडायलाइसिस सेवाको समुद्घाटन कार्यक्रम मिति २०८२/१२/२३ गते प्युठान अस्पताल विकास समितिका अध...
07/04/2026

प्युठान अस्पतालमा SNCU तथा हेमोडायलाइसिस सेवाको समुद्घाटन कार्यक्रम मिति २०८२/१२/२३ गते प्युठान अस्पताल विकास समितिका अध्यक्ष श्री बिजय विराज विष्ट ज्यूको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननिय खेम बहादुर सारुज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभासद् माननिय तुल्सीराम शर्मा, माननिय धनलक्ष्मी श्रेष्ठ, समन्वय प्रमुख, प्युठान जिल्लाका पालिका प्रमुखहरु, सरोकारवाला कार्यालय तथा स‍ंघसंस्था प्रमुखहरुको उपस्थितिमा सम्पन्न गरियो ।

प्यूठान अस्पतालको सेवा प्रवाह तथा सुदृढीकरणमा बिगत १३ बर्ष देखि निक साइमन्स इन्स्टिच्युटले पुर्याउदै आएको निरन्तर, निस्व...
31/03/2026

प्यूठान अस्पतालको सेवा प्रवाह तथा सुदृढीकरणमा बिगत १३ बर्ष देखि निक साइमन्स इन्स्टिच्युटले पुर्याउदै आएको निरन्तर, निस्वार्थ र अतुलनिय सहयोगको उच्च कदर गर्दै, गुणस्तरीय स्वास्थ्य सेवा दक्ष जनशक्ति, आपतकालीन तथा शल्य सेवा सुधार, मातृ तथा नवजात शिशु सेवाको सुदृढीकरण, क्षमता अभिवृद्धि तथा अस्पताल व्यवस्थापन, आवश्यक मेडिकल उपकरण उपलब्धता र स्वास्थ्य योजना निर्माणका क्षेत्रमा पुऱ्याएको योगदान अत्यन्तै विशेष, स्मरणीय र प्रशंसनीय रहेको छ। साथै, मिति २०८३ आषाढ मसान्त पश्चात औपचारिक रूपमा सम्पन्न हुन गइरहेको हालको सम्झौता अवधिको समापनका सन्दर्भमा, उक्त अवधिभर निक साइमन्स इन्स्टिच्युटले देखाएको संस्थागत प्रतिबद्धता, व्यावसायिक दक्षता र सहकार्यको भावनाले यस अस्पतालको सेवा प्रणालीलाई दिगो र सकारात्मक परिवर्तन स्थापित गरेको छ। यस सहकार्यप्रति हामी आभारी छौं र भविष्यमा पनि निरन्तर सहकार्यको अझ प्रगाढ रहिरहने विश्वास व्यक्त गर्दै संस्थाको उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

BIJUWAR PYUTHAN
Pyuthan
60056

Telephone

+97786590111

Website

Alerts

Be the first to know and let us send you an email when Pyuthan Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pyuthan Hospital:

Shortcuts

Share