Saptari GEN-Z A Revolution

Directions

Saptari GEN-Z A Revolution हामी युवा भष्ट्राचारीहरुलाई अन्तय गर्ने छु।

आज, भदौ २३ का दिन हामी राजविराजका युवाहरूले Gen-Z आन्दोलनका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन क...
08/09/2026

आज, भदौ २३ का दिन हामी राजविराजका युवाहरूले Gen-Z आन्दोलनका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छौँ। 🕯️🖤

देश र उज्ज्वल भविष्यको आशामा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूको त्याग, साहस र समर्पणप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ।

उहाँहरूको बलिदान कहिल्यै व्यर्थ जानेछैन। हामी सधैँ उहाँहरूको सपना, संघर्ष र बलिदानलाई सम्झिरहनेछौँ।

भदौ २३ — हामी कहिल्यै बिर्सने छैनौँ। 🙏🇳🇵

🕯️ भदौ २३ — हामी कहिल्यै बिर्सने छैनौँ।आज Gen-Z आन्दोलनको एक वर्ष पूरा भएको छ। देश र उज्ज्वल भविष्यको आशामा आवाज उठाउँदै...
08/09/2026

🕯️ भदौ २३ — हामी कहिल्यै बिर्सने छैनौँ।

आज Gen-Z आन्दोलनको एक वर्ष पूरा भएको छ। देश र उज्ज्वल भविष्यको आशामा आवाज उठाउँदै आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण Gen-Z सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏🖤

उहाँहरूको त्याग, साहस र बलिदान हाम्रो हृदयमा सधैँ अमिट रहनेछ। इतिहासले उहाँहरूको योगदानलाई सधैँ सम्मानका साथ सम्झिरहनेछ।

यसै अवसरमा आज बेलुका ६:०० बजे राजविराजको त्रिभुवन चोकमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

सम्पूर्ण Gen-Z युवा, नागरिक समाज तथा न्याय, परिवर्तन र सहिदहरूको सम्मानमा विश्वास राख्ने सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गर्दछौँ।

🕯️ भदौ २३ — हामी कहिल्यै बिर्सने छैनौँ।
अमर रहून् सम्पूर्ण Gen-Z सहिदहरू। 🇳🇵🖤

चुनाव जित्ने बेलासम्म युवाको साथ चाहिने, जितेपछि युवालाई बिर्सिने राजनीति कहिलेसम्म?सप्तरीका सांसदहरूले चुनावको समयमा GE...
24/07/2026

चुनाव जित्ने बेलासम्म युवाको साथ चाहिने, जितेपछि युवालाई बिर्सिने राजनीति कहिलेसम्म?

सप्तरीका सांसदहरूले चुनावको समयमा GEN-Z युवाको साथ, मेहनत र विश्वास लिए। तर जितेपछि धेरै युवाहरू आज पनि सडकमा छन्, अवसरबाट वञ्चित छन्। अर्कोतर्फ, आफन्तवाद र परिवारवादले प्राथमिकता पाइरहेको देखिन्छ।

युवालाई केवल चुनाव जित्ने माध्यम होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्नुपर्छ। क्षमता, इमानदारी र योगदानका आधारमा अवसर दिने संस्कृति विकास भए मात्र परिवर्तन सम्भव छ।

प्रश्न यही हो— यो देशका युवाहरू कहिलेसम्म केवल प्रयोग हुने? अब युवालाई प्रयोग गर्ने होइन, नेतृत्व र निर्णय प्रक्रियामा सम्मानजनक स्थान दिने समय आएको छ।

26/03/2026
शीर्षक: ७२+ सहिदको रगतको हिसाब चाहिन्छ — कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर! ✊🇳🇵अझै कतिन्जेल सत्यलाई दराजमा थुनेर राख्...
22/03/2026

शीर्षक: ७२+ सहिदको रगतको हिसाब चाहिन्छ — कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर! ✊🇳🇵
अझै कतिन्जेल सत्यलाई दराजमा थुनेर राख्ने? ७२ भन्दा बढी नेपाली आमाका छोराछोरीले 'जेन-जी आन्दोलन' (GenZ Andolan) मा आफ्नो ज्यान दिए। तिनीहरूको बलिदान कुनै सरकारी दराजमा धुलो जम्नका लागि थिएन।

मल्लिक आयोगदेखि रायमाझी आयोगसम्म, र लाल आयोगदेखि अहिलेको कार्की आयोगसम्म— राज्यले छानबिनको नाममा जनतालाई अल्मल्याउने र दोषीलाई जोगाउने खेल खेलिरहेको छ। सप्तरी GenZ अब यो अन्याय टुलुटुलु हेरेर बस्दैन।

हाम्रो स्पष्ट माग:
१. कार्की आयोगको पूर्ण प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।
२. आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिने 'माथिल्लो तह' का दोषीहरूलाई कानुनी कठघरामा ल्याइयोस्।
३. प्रतिवेदनको "गोप्य अध्ययन" भन्दै समय गुजार्ने प्रपञ्च बन्द गरियोस्।

प्रधानमन्त्रीज्यू, ७२+ सहिदको रगतको टाटो अझै मेटिएको छैन। यदि यो प्रतिवेदन पनि विगतका प्रतिवेदन जस्तै गुपचुप राखियो भने, सिंहदरबारले फेरि अर्को युवा विद्रोहको सामना गर्नुपर्नेछ।

हामीलाई "सारांश" होइन, पूर्ण सत्य चाहिन्छ!

#कार्की_प्रतिवेदन_सार्वजनिक_गर #प्रतिवेदन_खै

निर्वाचित सांसदहरूलाई बधाई तथा जनउत्तरदायित्वप्रति ध्यानाकर्षण!
14/03/2026

निर्वाचित सांसदहरूलाई बधाई तथा जनउत्तरदायित्वप्रति ध्यानाकर्षण!

07/03/2026

सप्तरी जिल्लाको सबै जनता र GEN-Z युवाहरुलाई जति धन्यवाद दिए पनि कमै हुन्छ।
🙏धन्यवाद 🙏

21/01/2026

Now day Gen-Z
balen YouthForNation NepalPolitics YouthForChange youthsaganistcorruptions

भोलि मिति २०८२/१०/०२ गते, शुक्रबारका दिनGEN-Z तर्फबाट बनेका खेलकुद मन्त्री आदरणीय दाजु बब्लु गुप्ता ज्यू राजबिराजमा आगमन...
15/01/2026

भोलि मिति २०८२/१०/०२ गते, शुक्रबारका दिन
GEN-Z तर्फबाट बनेका खेलकुद मन्त्री आदरणीय दाजु बब्लु गुप्ता ज्यू राजबिराजमा आगमन हुँदै हुनुहुन्छ।
उहाँको सम्मान तथा स्वागत कार्यक्रममा
राजबिराजस्थित Grand Ashram Hotel मा आयोजना गरिएको भेटघाट कार्यक्रममा
सबै युवा साथीहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।
यस भेटघाटले युवा सशक्तिकरण, खेलकुद विकास र आगामी योजनाहरूबारे
सिधा संवाद गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
🕘 समय: बिहान ११:०० बजे
📍 स्थान: Grand Ashram Hotel, राजबिराज

सप्तरीका GEN-Z युवाहरू काठमाडौंमा निर्वाचन नियन्त्रण र सुधारका विषयमा छलफलमा जुटेका छन्।यसपटकको निर्वाचनमा सप्तरीमा युवा...
30/12/2025

सप्तरीका GEN-Z युवाहरू काठमाडौंमा निर्वाचन नियन्त्रण र सुधारका विषयमा छलफलमा जुटेका छन्।
यसपटकको निर्वाचनमा सप्तरीमा युवाहरू सचेत, संगठित र जिम्मेवार रूपमा जाग्नै पर्छ।
स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण चुनावका लागि युवाको भूमिका निर्णायक हुन्छ।
अब परिवर्तनको नेतृत्व युवाले नै गर्नुपर्छ, अनि सप्तरीबाट नै उदाहरण स्थापित गर्नुपर्छ।

Address

Rajbiraj
56400

Website

Alerts

Be the first to know and let us send you an email when Saptari GEN-Z A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category