27/05/2026
बागचौर नगरपालिका
Official page Managed by Bagchaur Municipality Bagchaur is a municipality and is also known as Nagarpalika in the Nepali Language.
Bagchaur Municipality, Salyan (बागचौर नगरपालिका, सल्यान) was established in 2015 (2072 BS) as a local government of Nepal. The headquarters of the Bagchaur Nagarpalika is located in Bagchaur, Salyan district, Karnali Province of Nepal. Bagchaur municipality, located in the Karnali region of Nepal, is considered to be an important municipality of natural and religious and geographical structure and
27/05/2026
26/05/2026
सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना !
22/05/2026
शिशु जागरण माविमा निःशुल्क पोसाक वितरण
बागचौर नगरपालिका वडा नं. ९ स्थित श्री शिशु जागरण माध्यमिक विद्यालयमा बागचौर नगरपालिकाको निःशुल्क पोसाक वितरण कार्यक्रम अन्तर्गत कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतम, शिक्षा शाखा प्रमुख नरेन्द्र प्रसाद भट्ट, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउँदै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको मनोबल वृद्धि गर्ने उद्देश्य नगरपालिकाले लिएको छ ।
-२०८३ जेठ ०८
-बागचौर नगरपालिका सल्यान ।
बागचौर–सिद्धकुमाखको संयुक्त साझेदारीमा धार्मिक पर्यटन पूर्वाधार निर्माण कार्यको शिलान्यास
21/05/2026
बागचौर–सिद्धकुमाखको संयुक्त साझेदारीमा धार्मिक पर्यटन पूर्वाधार निर्माण कार्यको शिलान्यास
बागचौर नगरपालिका र सिद्धकुमाख गाउँपालिकाको संयुक्त साझेदारीमा मोखलास्थित शिव गुफा तथा कैलाश डाँडा क्षेत्रमा धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण कार्यको शिलान्यास गरिएको छ ।
धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रमा पदमार्ग निर्माण, पर्यटक विश्रामस्थल तथा आवश्यक पर्यटन पूर्वाधार विकासका लागि दुवै स्थानीय तहले रु १०/१० लाखका दरले कुल २० लाख बजेट सुनिश्चित गरेका हुन् ।
योजनाको शिलान्यास बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरि तथा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले संयुक्त रूपमा गर्नुभएको हो ।
शिलान्यास तथा स्थलगत अनुगमन कार्यक्रममा सिद्धकुमाख गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष जिवराज बोहरा, वडा नं. ४ का वडा अध्यक्ष खर्कबिर रोका, वडा नं. ५ का वडा अध्यक्ष चुडामणि रेउले, बागचौर नगरपालिका कार्यपालिका सदस्य टिकाराम बि.क लगायत जनप्रतिनिधि, प्राविधिकसहितको टोली तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले कैलाश डाँडा तथा मोखला शिव गुफा क्षेत्र धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना बोकेको स्थान भएकाले पर्यटन पूर्वाधार विकासमार्फत स्थानीय आर्थिक गतिविधि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बागचौर नगरपालिकाले पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेको बताउनुभयो ।
त्यसैगरी सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरिले दुई स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको योजना समग्र सल्यान जिल्लाकै पर्यटन विकासका लागि महत्वपूर्ण बन्ने उल्लेख गर्दै कैलाश डाँडा क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न निरन्तर सहकार्य गरिने बताउनुभयो ।
योजना सम्पन्न भएपछि मोखला शिव गुफा तथा कैलाश डाँडा क्षेत्र धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले समेत योजनाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि, रोजगारी तथा क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
-२०८३ जेठ ०७
19/05/2026
श्री कालिका माध्यमिक विद्यालय, बागचौर नगरपालिका वडा नं. ८ को ५१औँ वार्षिक उत्सव तथा स्वर्ण स्मारिका विमोचन, सम्मान एवं विद्यार्थीलाई पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतम रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपप्रमुख सुम्निमा डी.सी वली तथा पूर्व जिल्ला पंचायत सभापति भरत पुरीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको स्वर्ण स्मारिका विमोचन गर्नुका साथै ५०औँ वार्षिकोत्सव तथा स्वर्णजयन्तीको अवसरमा पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगीदाताहरूको नाम समेटिएको शिलालेख अनावरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापकले शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा विभिन्न सहयोगीदाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने अक्षयकोष पुरस्कारसमेत प्रदान गरिएको थियो । साथै नगरपालिकाले उपलब्ध गराएको विद्यालय पोशाक विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।
प्रमुख अतिथि जनकराज गौतमले विद्यालयले ग्रामीण क्षेत्रमा शिक्षा विकासमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई अनुशासित, मेहनती र जिम्मेवार बन्न आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष शुसिलजङ्ग चन्द, कार्यपालिका सदस्यहरू, वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, सहयोगीदाता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समापनका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल न्यौपानेले विद्यालयको विकासमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-२०८३ जेठ ०५
-बागचौर नगरपालिका सल्यान ।
19/05/2026
बागचौरमा खेल पूर्वाधार विस्तार, ब्याडमिन्टन कबड हल शिलान्यास
बागचौर नगरपालिका वडा नं. २ बागचौरमा निर्माण हुने ब्याडमिन्टन कबड हलको शिलान्यास गरिएको छ ।
खेल पूर्वाधार विकास तथा खेल गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त हलको शिलान्यास मंगलबार कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भिम प्रकाश शर्मा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि.सी वली, लगायत विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
शिलान्यास कार्यक्रममा बागचौर नगरपालिका नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दिपेश डि.सी, वडा नं. ६ का वडा अध्यक्ष ज्ञान बहादुर वली, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, सामाजिक विकास कार्यालय सल्यान का प्रमुख कृष्णप्रसाद अधिकारी, प्राविधिक कर्मचारी, निर्माण व्यवसायी, खेलाडी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ४५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त कबड हलको निर्माणको जिम्मा यरिङका निर्माण सेवाले पाएको छ ।
निर्माण सम्पन्न भएपछि बागचौर क्षेत्रमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
-२०८३ जेठ ०५
-बागचौर नगरपालिका सल्यान ।
16/05/2026
टिम बागचाैर नगरपालिका
15/05/2026
बागचौर नगरपालिका मा राष्ट्रिय सरसफाइ सप्ताह–२०८३ को अवसरमा विभिन्न स्थानहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वच्छ, सफा र स्वस्थ नगर निर्माण गर्ने उद्देश्यले आयोजित सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत बजार क्षेत्र, सार्वजनिक स्थल, सडक किनारा तथा कार्यालय परिसरमा सरसफाइ गरिएको थियो । वातावरण संरक्षण तथा सरसफाइप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।
-२०८३ जेष्ठ ०१,
-बागचौर नगरपालिका, सल्यान ।
14/05/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Bagchaur
Salyan
22211
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
