06/11/2026
लागू औषध सेवन गरी सवारी चलाउने चालकहरू पक्राउः
चाडपर्व लाई सुरक्षित बनाउने उद्देश्यका साथ मिति २०८३।०७।२० गते जिल्ला सिन्धुली, कमलामाइ नगरपालिका वडा नं.६ माझिटार चेकपोष्टमा ट्राफिक सहितको प्रहरी टोली र जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएको स्वास्थ्यकर्मी सहितको संयुक्त टोलीले वि.पि. राजमार्ग सडक खण्डमा आवत जावत गर्ने यात्रुवाहक सवारी साधनहरुलाई रोकी सवारी साधनका चालकहरुलाई THC Rapid Test Cassette (Urine) द्वारा परिक्षण गर्दा ५ जना चालकहरूले लागुऔषध सेवन गरेको सकारात्मक (Positive) देखिएको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको व्यहोरा जानकारी गराइन्छ ।