District Police Office, Siraha

District Police Office, Siraha

Share

जिल्ला प्रहरी कार्यालय सिरहा

01/06/2026

“ ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ (दुई) जना मानिस पक्राउ ”
*******************************************************************

01/06/2026

"बैकिङ्ग कसुर मुद्दाका १ (एक) जना फरार प्रतिवादी पक्राउ"
*****************************************************

01/06/2026

समाजमा शान्ति भङ्ग गर्न खोज्ने २५ जना युवा २१ थान मोटरसाइकल सहित पक्राउ
#नेपालप्रहरी

Photos from District Police Office, Siraha's post 31/05/2026

विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने व्यक्तिहरू पक्राउ।
***********************************************************************
King of Balan, King of Bhagwanpur, King of Lahan, Killers Brother जस्ता ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गरी बिना हेल्मेट, कागजपत्र साथमा नभएको तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाईकलमा ३/४ जना सवार युवाहरू ट्राफिक नियमको उल्लङ्घन गर्दै राजमार्गमा हो-हल्ला तथा सामाजिक शान्ति भङ्ग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचमा फेला परेका जिल्ला सप्तरी,बलान बिहुल गाउँपालिकाका १२ जना र जिल्ला सिरहा, लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरूलाई २१ थान मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको।

Photos from District Police Office, Siraha's post 29/05/2026

सरसफाई कार्यक्रम सम्पन्न ।
***************************
मिती २०८३।०२।१५ गते गणतन्त्र दिवस २०८३ को उपलक्षमा जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १२ स्थित रहेका सारस्वर मन्दिरको प्राङगणमा यस जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा स्थानिय जनप्रतिनिधी, बिभिन्न संघ-संस्थाका प्रतिनिधी, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानिय बासिन्दाहरु समेतको उपस्थितीमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरीएको ।

Photos from District Police Office, Siraha's post 29/05/2026

सेवा निवृत्त प्रहरी कर्मचारीको विदाई कार्यक्रम सम्पन्न ।
*************************************************
नेपाल प्रहरी संगठनमा मिति २०५३/०९/०१ गते जनपद प्रहरी समुह तर्फ प्रहरी जवान पदमा सेवा प्रवेश गरी ५१ बर्ष उमेर पुरा भई उमेर हदको आधारमा आज मिति २०८३/०२/१५ गते सेवा निवृत्त हुनुभएका पूर्व प्रहरी नायव निरीक्षक बिशेश्‍वर खंगलाई यस जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकज्यूको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यु लगाय यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा अविर, खादा, माला लगाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुको साथै प्रमुख अतिथीज्युद्वारा निज पूर्व प्रहरी नायव निरीक्षक बिशेश्‍वर खंगलाई सेवा निवृत्त जीवनको सफलता र उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नु भई सेवा अवधिभर आर्जन गर्नुभएको व्यावसायिक अनुभव, ज्ञान तथा जीवन उपयोगी सीप आगामी दिनहरूमा समेत समाज, राष्ट्र तथा परिवारको हितमा उपयोगी रहने विश्वास व्यक्त गर्नुभयो ।

29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !

Photos from District Police Office, Siraha's post 28/05/2026

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
----------------------------------------------
मिति २०८३।०२।१४ गते तालुक मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया ज्यु र यस जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठक ज्युद्धारा यस कार्यालयको मातहत प्रहरी इकाई इलाका प्रहरी कार्यालय लहान सिरहाको अपराध अनुसन्धान तथा नियन्त्रण शाखा,उजुरी छानविन शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र हिरासत समेतको अभिलेख निरीक्षण गर्नु भई सेवारत प्रहरी कर्मचारीहरूलाई उच्च व्यवसायिकता प्रदर्शन गर्दै समयानुकूल अझ प्रभावकारी जनमैत्री प्रहरी कार्य सम्पादन गर्न, प्रहरी संगठन, जनता र देशलाई सर्वोपरी राखेर काम गर्न, प्रहरी सेवालाई पेशा भन्दा सेवा भाव राखि काम गर्न, शारीरिक, मानसिक स्वास्थ्यको ख्याल गर्न, तोकिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न, आचरण र व्यवहार राम्रो बनाइ चरित्रवान प्रहरी बन्न लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

25/05/2026

मुख्य राजमार्ग अवरोध (मिति: २०८३।०२।११ गते १०:३० बजे सम्म)
नोट: बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि:
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Siraha
SIRAHA