राष्ट्रिय निकुञ्ज एरियाको फल्ट क्लियर गरी करिब 9:30 बजे कोहलपुर -सुर्खेत लाइन संचालन गरिएको छ । हाल लम्की - सुर्खेत तथा सुर्खेत - दैलेख लाइन फल्ट अवस्थामा नै रहेकोले एकतर्फि संचालन भएको लाइनबाट सम्पूर्ण फिडर संचालन गर्न कठिन हुने हुँदा लाइन अनियमित हुन् सक्ने समेत जानकारी गराइन्छ ।
नेपाल विधुत प्राधिकरण सुर्खेत
वितरण केन्द्रकाे तर्फबाट उपभाेक्ताहरूलाई सूचना तथा जानकारी दिने आधिकारीक पेज !!
33 के भी कोहलपुर -सुर्खेत लाइनमा आएको फल्ट हररे सम्म क्लियर भएको र त्यो भन्दा अगाडि लाइन नलागेको कारण लाइन सुचारु हुन सकेको छैन । कर्मचारीहरु फिल्डमा नै रहेको र फल्ट पत्ता लगाउने प्रयास जारी रहेको व्यहोरा जानकारी गराइन्छ । असुविधा प्रति क्षमाप्राथी छौं ।
हावाहुरी र वर्षाको कारण 33 के भी कोहलपुर सुर्खेत लाइन फल्ट भएकोले सम्पूर्ण लाइन अवरूद्ध भएको सम्बन्धित सबैमा जानकारिको लागी अनुरोध छ । लाइन patrolling गरी फल्ट क्लियर गर्ने प्रयास भैरहेको समेत जानकारी गराउँदछौं ।
तातोपानी फिडरको संस्टेशनमा 11 के भी केबल हेडमा समस्या आएकोले सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानहरू गणेश चोक ,मूलपानी ,तातोपानी लागायतका स्थानहरूको लाइन अबरुद्ध भएको छ । केबल हेड मर्मत गरी राति 11 बजे पश्चात लाइन सुचारु गरिने जानकारीको लागि अनुरोध छ ।
29/05/2026
हिजो आएको हावाहुरी सहितको वर्षाले लम्कि - चिसापानी खण्डको 33 के भी लाइनमा क्षति पुग्दा सो लाइनबाट हुँदै आएको विधुत आपूर्ति बन्द हुँदा लाइन अनियमित भएको छ । सो लाइन भोलि साँझ सम्म मात्र सञ्चालन हुन सक्ने बुझिन आएकोले हाल सुर्खेत जिल्लाको लाइन कोहलपुर - सुर्खेत 33 के भी लाइनबाट मात्र सञ्चालन गरिएकोले विधुत लाइन अनियमित हुन् सक्ने जानकारीको लागि अनुरोध छ ।
हावाहुरी र वर्षाको कारण 33 के भी कोहलपुर सुर्खेत तथा लम्की सुर्खेत दुवैतिरको लाइन फल्ट भएकोले सम्पूर्ण लाइन अवरूद्ध भएको सम्बन्धित सबैमा जानकारिको लागी अनुरोध छ । लाइन patrolling गरी फल्ट क्लियर गर्ने प्रयास भैरहेको समेत जानकारी गराउँदछौं ।
कोहलपुर सुर्खेत लाइनको फल्ट क्लियर गरी 33 के भी लाइन सुचारु गरिएको सम्बन्धित सबैमा जानकारिको लागी अनुरोध छ । क्रमशः लाइन सन्चालन गरिने समेत जानकारी गराइन्छ ।
कोहलपुर तथा लम्की एरियामा ठूलो हावाहुरी र वर्षा भएकोले 33 के भी कोहलपुर सुर्खेत तथा लम्की सुर्खेत दुवैतिरको लाइन फल्ट भएको र रातको समयमा जंगल एरियामा कार्य गर्न कठिन हुने भएकोले सम्भवत आज लाइन सुचारु गर्न अत्यन्त कठिन रहेको सम्बन्धित सबैमा जानकारिको लागी अनुरोध छ ।
27/05/2026
सुचना !!!
27/05/2026
कोहलपुर सुर्खेत 33 के भी लाइनको फल्ट क्लियर गरी बुदबुँदे सब स्टेशन सम्म लाइन संचालन भएको छ । 11 के भी को लाइन patrolling गरी क्रमशः लाइन संचालन गरिने जानाकारी गराइन्छ । केही समय धैर्य गरिदिनुहुन अनुरोध छ । साथै लम्की सुर्खेत 33 के भी लाइन समेत सुचारु गर्ने प्रयास भैरहेको छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Itaram
Surkhet
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 16:00 |
