10/05/2022
आदरणीय सुर्खेत बासी आमा बुवा दाजुभाइ दिदी बहिनी तथा अग्रज सम्पुर्ण सुर्खेती मतदाता ज्युहरुमा मेरो नमस्कार म मुकुन्द श्याम गिरि राप्रपा नेपालको केन्द्रिय उपाध्यक्ष तथा सुर्खेत नगर प्रमुख पदको उम्मेदवार आशा छ यहि बैशाख ३० गते हुने स्थानियतहको निर्वाचन मा राप्रपा को चुनाव चिन्ह हलोमा मतदान गरि नगर प्रमुख पदमा मलाइ उच्च मतले बिजय गराउनु हुनेछ भन्ने पुर्ण बिश्वास राखेको छु ! तपाईहरुले दिनु भएको मत म कहि कतै खेर जान दिने छैन ! घरदैलो कार्यक्रममा प्रत्यक्ष रुपमा तपाईहरु सामु आउन सकिन होला कहि कतै छुटेपनि मलाई क्षमा गरिदिनु हुनेछ ! मलाइ ब्यक्तिगत पदको कुनै लोभ छैन बरु आफ्नो ठाउँ बनाउनका निम्ति म नगर प्रमुखको उम्मेदवार बनेको हु मैले नगर प्रमुख हुँदा प्राप्त गर्ने हरेक सुबिधालाई जनताको नाममा समर्पित गर्ने कुरा मेरो घोषणपत्र बाट नै अवगत गराएको छु ! सुर्खेत मेरो जननी हो मेरो प्रिय पुन्य भुमी हो यस्लाइ स्वर्ग जस्तो बनाएर छाड्ने मेरो एक मात्र लक्ष्य हो! मेरो ब्यक्तिगत कुनै लोभ लालच पदका लागि होइन मात्र आफ्नो जन्मभुमि लाई केही दिएर यो संसार बाट जानू पर्छ भन्ने मेरो स्वार्थ हो ! मलाइ तपाई सुर्खेती जनताको सेवा गर्ने मात्र एउटा लोभ हो बाकी मेरा कुनै स्वार्थ यो पदमा छैन ! मेरो यहि एउटा स्वार्थ पूरा गर्नका लागि म तपाईं हरुको साथको खोजिमा छु मलाइ एक पट्क सबै मेरा बिरेन्द्रनगर बासिले हलो चिन्हमा मतदान गरि उच्च मतका साथ तपाईं सबै नगरबासीको सेवा गर्ने मौका दिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद नमस्कार जय रास्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🙏🙏

05/05/2022
05/05/2022
03/05/2022
03/05/2022